राख संवाददाता
झुम्का, पुष २ । रामधुनी नगरको भासि स्वास्थ्य चौकीमा कोभिड बिरुद्ध खोप लिनेको भिड बढेको छ । स्वास्थ्य चौकीमा खोप लगाउन सुक्रवार(आज) विहान ७ बजे देखी लामबद्ध भएर उभिएका छन् । अहिले दिउँसो भिड बढ्दा प्रहरी खटाएर खोप लगाउने प्रकृयालाई सहज बनाएको स्वास्थ्य चौकी प्रमुख चकेन्द्र थापाले जानकारी दिए ।
खोप १८ बर्ष भन्दा माथीकालाई पहिलो डोजकालागी भेरोसेल खोप लगाउँदै छन् । रामधुनी नगरको प्रत्येक वडाकोे स्वास्थ्य चौकीहरुमा भेरोसेले खोप लगाउने कार्यक्रम रहेको नगर स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले जानकारी दिए । खोप विहिवार र सुक्रवार दुई दिन लगाउने रहेकोहुदा भिड बढेको पौडेलले बताए । भिडभाडले छुट्न सक्ने भएकोले खोपकालागी समय बढाउन सकिने पौडेलले जानकारी दिए ।
खोप पहिलो दिन विहिवार रामधुनी नगरभरीमा ३६०० सय जनालाई दिएको जानकारी दिए । भासि स्वास्थ्य चौकीमा आज एक हजार भन्दा बढी खोप लिनकालागी लामबद्ध रहेका छन् ।
