मिति : २०८३ साउन १३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

गोल्डेन ब्रिज कलेज रामधुनीले शतप्रतिसत नतिजा प्राप्त गर्दैै बिद्यार्थीमा स्वागत एवं बिदाई

by By: रामधुनी खबर
पुष ९, २०७८
732

राख संवाददता
झुम्का, पुष १० । रामधुनी नगरपालिका वडा नं. ५ लगुना चोकमा संचालित गोल्डेन ब्रिज कलेजले सुक्रवार एक भब्य कार्यक्रमका साथ नवआगन्तुक बिद्यार्थीलाई स्वागत तथा अध्ययन पूरा गरेका बिद्यार्थीलाई बिदाई गरिएको छ । कक्षा १२ मा अध्ययन सकेका बिद्यार्थीलाई उच्च शिक्षा हासिलकालागि शुभकामना दिदै बिदाई गरिएको छ भने, कक्षा ११ मा अध्ययनकालागी आएका बिद्यार्थीहरुलाई स्वागत गरेको हो ।
कक्षा ११ र १२ मा शतप्रतिसत उत्कृष्ट नतिजा प्राप्त गरेको कलेजका अध्यक्ष घगेन्द्र श्रेष्ठले बताए । अध्ययन सकेका बिद्यार्थीहरुलाई उज्जवल भविषयको कामना गर्दै उच्च शिक्षामा प्रोत्साहनकालागि कार्यक्रमगरी बिदाई गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएको हो । शिप र नैतिक शिक्षाको उधेश्य लिएर संचालित यस कलेजले वर्तमान चाहना अनुसार अभिभाव र बिद्यार्थी अनुरुप लक्षित रहेको कार्यक्रमका प्रमुख अतिथी रामधुनी नगर उपप्रमुख सविना चौधरीले धारणा ब्यक्त गरिन् । कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले किशोर किशोरी अवस्थामै सचेत हुन सके जिवनमा आउन सक्ने चुनौतीको सामनागरी समाजमा एक सफल जिवन निर्वाह गर्न सक्ने उपप्रमुख चौधरीले बिद्यार्थीहरुलाइ सुझाव दिइन् ।
बिद्यार्थीहरुमा समाजका विभिन्न कुसंस्कारलाई हटाउन सक्ने क्षमता रहेकोले उच्च शिक्षा संगै थप जिम्मेवार बनेर अगाडि बढ्नु पर्ने बताइन् । बालविवाह यथास्थीतिमा बृद्धिहुदै गएको र यसमा फस्ने जुन सुकै बिद्यार्थीको जिवन बर्वाद बनाउने भएकोले आफु पनि बच्ने र अरुलाइ पनि बचाउन सक्नु पर्ने कर्तव्यमा पनि ध्यान दिन बिद्यार्थी र अभिभावकलाइ सचेत गरिन् । नयाँ प्रविधिको दुरुपयोगले अपराधका घटना घटिरहदा बिद्यार्थीहरुले सदुपयोगमा ध्यान दिनुपर्नेमा समेत उपप्रमुख चौधरीले सुझाव दिइन् ।
कार्यक्रममा बोल्दै शिक्षा शाखा रामधुनीका प्रमुख राजन गेलालले यस्ता कार्यक्रमले बिद्यार्थीलाई रचनात्मक बनाउने र आपसी सद्भाव समेत अभिबृद्धि गर्ने विश्वास व्यक्त गरे । त्यस अवसरमा कलेजका उपाध्यक्ष रमेश कार्कीले चैत्र सम्ममा थप सुबिधा सम्मपन्न भवनमा संचालन गर्ने जानकारी दिए । कार्यक्रममा रामधुनी प्यावसन अध्यक्ष अच्युत ढकाल, हरी सापकोटा, कलेज कोडिनेटर कृष्ण अधिकारीले मन्तब्य राखेका थिए । कार्यक्रमलाई रौनक बढाउदै बिद्यार्थीले नृत्य, कविता, गजल, गायन प्रस्तुत गरेको थियो । यस्का साथै नव उदयमान गायक दिपेन्द्र राईले गित गाएर अभिभावक, बिद्यार्थी र अतिथीलाई समेत नचाएको थियो । स्वागत मन्तब्य कक्षा १२ मा अध्ययनरत निषा पौडेलले राखेकी थिइन् भने कार्यक्रम बिद्यार्थी आफैले संचालन गरेको कलेज सचिव हरीराय माझीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

रेशम चौधरीले नयाँ दल दर्ता गर्दै

अर्काे पाेस्ट

अपराध न्यूनीकरण गर्न रामधुनी नगरमा समुदाय लक्षित जनचेतना कार्यक्रम

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft