मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

अपराध न्यूनीकरण गर्न रामधुनी नगरमा समुदाय लक्षित जनचेतना कार्यक्रम

by By: रामधुनी खबर
पुष १२, २०७८
555

सुनिल चौधरी
झुम्का, पुष १२ । सामाजिक अपराध न्यूनीकरण गर्न ईलाका प्रहरी कार्यालय पकलीले समुदाय लक्षित जनचेतना कार्यक्रम गरिरहेको छ । सामाजिक विकृति, मादक पदार्थ सेवन र सामाजिक सञ्जालको दुरुपयोग नै अपराधको मुख्य कारण भएको हुँदा यसको न्यूनीकरणकालागि समुदाय लक्षित कार्यक्रमगरी जनचेतना गरिरहेको ईलाका प्रमुख प्रकाश श्रेष्ठले जानकारी दिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रामधुनी वडा नं. ५ मा आइतवार रामधुनी नगर उपप्रमुख सविना चौधरीको प्रमुख आतिथ्यतामा किशोर, किशोरी, महिला र अपाङ्गता भएका ब्यक्तिहरु लक्षितगरी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । डाकिनथानको सभाहलमा आयोजित सचेतना कार्यक्रममा बोल्दै उपप्रमुख सविना चौधरीले भने धर्मको नाममा अन्धविश्वास बढाई रहेको र सो अन्धविश्वासले नगरका बिशेष महिलाहरु फस्दै गइरहेको बताइन् । हालमा आएको पितापरमेश्वर आगन्तुक धर्म प्रचारकालागी अन्धविश्वास जगाउने र घण्टौ बसाएर राख्ने गरेकोले यसबाट सुरक्षित रहन उपप्रमुख चौधरीले नगरवासीमा अनुरोध गरेकी छन् । बिद्यालय सम्म जान नसकेका बालबालिका समुदाय र अभिभावक मिलेर बालबालिकालाई स्कुल सम्म पठाउनु पर्ने सुझाव दिएकी छन् । यसैगरी किशोर किशोरीहरु स्वयम आफै सचेत भएर अपराधिक लहै–लहैमा लाग्न नहुने भन्दै यसबारेमा अभिभावक पनि सचेत हुनु पर्ने बताएकी हुन् ।
अपराध नियन्त्रण तथा अनुसन्धान र समाजमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको उल्लेख गर्दै समाजको सहयोगबाट नै प्रहरीले आफ्नो उद्देश्य प्राप्त गर्नसक्ने ईलाका प्रमुख प्रकाश श्रेष्ठले बताए । ‘कानून कार्यान्वयनमा समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ’, उनले भने । समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले समुदायसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए । रामधुनी नगरमा ठुलै अपराधका घटना नभएको भएपनि अपराधिक घट्ना हुने बिशेष सम्भावित कारणहरु घरेलु हिंसा, सामाजिक संजाल दुरुपयोग, आधुनीक प्रबिधिको दुरुपयोग, लागुपदार्थ दुव्र्यशनी, मादक पदार्थ सेवन, बालविवाह, कानूनी अनबिज्ञता देखिएको जानकारी दिए । यसैकालागी सचेतना कार्यक्रमको आवश्यक्ता महशुस गर्दै रामधुनी वडा नं. ५ डाकिनथान यसैगरी रामधुनी वडा नं. १ का रामधुनी बोर्डिङ्ग स्कुलका बिध्यार्थीहरुमा सचेतना गरिसकेको र सबै वडामा सचेतना गर्ने पनि उधेश्य रहेको जानकारी दिए । कार्यक्रमबाट बालविवाह, बालहिंसा, महिला हिंसा दुरुतसाहित हुने अपेक्षा गरिएको ईलाका प्रमुख श्रेष्ठले बताएका हुन् ।
नेपाल अपाङ्गता संरक्षण समिति रामधुनीको आयोजनामा ईलाका प्रहरी कार्यालय पकलीले लागु औषध दुव्र्यशनी तथा साइबर अपराध र बाल बिज्याई सम्बन्धि जनचेतना गराएको संरक्षण समितिका अध्यक्ष राजेन्द्र सरदारले बताए । जनचेतना कार्यक्रमबाट अपराधहुने अवस्था र बच्न सक्ने उपायकाका साथै घटना प्रति कानूनी उपचार गर्न सक्ने बिषयमा जानकारी पाएको भन्दै अपराधिक घटनाबारे समुदाय सचेत हुन मौका पाएको अध्यक्ष सरदारले बताएका हुन् । सचेतना कार्यक्रमकालागि नगरबाल संजाल रामधुनीको समन्वय रहेको छ ।

अगाडिकाे पाेस्ट

गोल्डेन ब्रिज कलेज रामधुनीले शतप्रतिसत नतिजा प्राप्त गर्दैै बिद्यार्थीमा स्वागत एवं बिदाई

अर्काे पाेस्ट

सिंचाई जल उपभोक्ता समिति (एस.एस.जे.) झुम्का शाखाको ११ औँ साधारण सभा

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft