मिति : २०८३ साउन १३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालबालिकाहरुको प्रारम्भिक सिकाईलाई प्रभावकारी बनाउन शिक्षकलाई तालिम

by By: रामधुनी खबर
फागुन १६, २०७८
591

सुनिल चौधरी
झुम्का, फाल्गुन १६ । सामुदायिक बिद्यालयको सक्षमता र गुणस्तर सुधार गर्ने आधारभुत शिपका रुपमा नेपाल सरकारले बिशेष प्राथमिक्ताका साथ अगाडि बढाएको कार्यक्रम प्रभावकारी बनाउन प्रशिक्षण दिएको छ । रामधुनी नगरक्षेत्र र बराहक्षेत्र नगरका समुदायिक बिद्यालयका बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउन रामधुनी र बराहक्षेत्रका शिक्षक शिक्षिकाहरुलाई प्रारम्भिक सिकाई तथा पढाई सन्दर्भ सामाग्री निर्माण र प्रयोग विधि सम्बन्धि तिन दिने तालिम दिएको हो ।
ग्रामीण समाज उत्थान केन्द्र(आरएसडिसी) सुनसरीको आयोजनामा एक कक्षा देखि तिन कक्षामा पढ्ने बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री तथा प्रयोगबारे शिक्षकहरुलाई सुक्रवारदेखि झुम्कामा तिन दिने तालिम दिएको कार्यक्रम संयोजक सिखा किरणले बताइन् । बिद्यालयहरुमा बालबालिकाको सिकाईलाई प्रभावकारी बनाउनका लागि शैक्षिक सामाग्रीको प्रयोग तथा निर्माण आवश्यकतालाई पुरा गर्ने उद्देश्यले प्लान इन्टरनेशनल नेपाल सझेदारीमा तालिम संचालन गरिएको कार्यक्रम संयोजक किरणले जानकारी दिइन् ।
तालिममा स्थानीय स्रोत साधन उपलब्ध अनुसार प्रशिक्षण दिएका छन् । बालबालिकाहरुमा खेल तथा शैक्षिक सामाग्रीबाट सहज सिकाई हुने प्रशिक्षक सरु केसीले बताइन् । यसपद्धतीले बालबालिकामा सिकाई स्मरण बढ्ने, तालिमले एकदेखि तीन कक्षामा पढ्ने बालबालिकाहरुको बुझाईलाई प्रभावकारी बनाउँदै दिगो सिकाईकालागि सहयोगी हुने प्रशिक्षक केसीले बताइन् । तालिमबाट बालबालिकामा सिकाई उपलब्धिले रामधुनी नगरमा बालमैत्रि स्थानीय शासनको निरन्तरतामा सहयोगी भुमिका खेल्ने बालहेल्प डेक्सका सम्पर्क ब्यक्ति अमन ढुंगेलले बताए । यसप्रकारका प्रारम्भिक सिकाई तथा पढाई सन्दर्भ सामाग्री निर्माण र प्रयोग विधि सम्बन्धि तालिम आवश्यक्ता र प्राथमिक्तानै रहेको भन्दै ढुंगेलले बालबालिकामा नयाँ परिवर्तन आउने धारणा ब्यक्त गरेका छन् ।
नेपाल सरकारले प्रारम्भिक बाल शिक्षा तथा विकास कार्यक्रमको सुदृढीकरण, शैक्षणिक ढाँचा, पाठ्य सामाग्री विकास, उत्पादन र वितरण, शिक्षकको पेसागत विकास र शैक्षणिक सहयोग, निरन्तर मूल्याङ्कन र उपचारात्मक सहयोग तथा अनुसन्धान, अनुगमन र मूल्याङ्कनलगायतका कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिएका छन् । तालिममा रामधुनी नगरका ५ वटा सामुदायिक बिद्यालयका १० जना र बराहक्षेत्रका ६ वटा बिद्यालयका १० जना शिक्षक शिक्षिका सहभागी भएको कार्यक्रम संयोजक किरणले जानकारी दिईन् ।

अगाडिकाे पाेस्ट

थारु महिला सभा इटहरी १९ नं. वडा समितिको सभापतिमा सुजता चौधरी

अर्काे पाेस्ट

थारु महिला सभा सुनसरीको तेस्रो जिल्ला अधिवेशनमा नेतृत्व चयनमा उत्साहपुर्ण

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft