मिति : २०८३ असोज ८ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

लाटीमाई ग्रामथान इनरुवा ८ कण्समडानका गहदार थानपती चौधरीको निधनमा थारु संंघसंगठनद्धारा शोकसभा

by By: रामधुनी खबर
माघ १६, २०७९
410

चन्द्रकला चौधरी
झुम्का,माघ १६ । इनरुवा नगरपालिका वडा नं. ८ मा रहेको लाटीमाई ग्रामथानको गहदार थानपती पूजहैर महेश चौधरीको निधनमा थारु संंघसंगठनद्धारा आइतवार शोक सभागरी श्रद्धाञ्जली अपर्ण गरेको छ । ग्रामथानको परमपरागत संस्कारको ज्ञाता स्वर्गीय चौधरीको व्यक्तित्व र योगदानका बारेमा चर्चा गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेको हो ।
गहदार चौधरीको ६९ बर्षको उमेरमा २०७९ माघ ८ गते असामयिक निधन भएको हो । उहाँको चिरआत्माको शान्तिको कामना गर्दै ग्रामथान संरक्षण समिति सुनसरी, थारु पत्रकार सघ केन्द्रिय समिति र केपिएस नेपालले शोकसभा गरेका हुन् ।
वि.सं.२०११ सालमा डुम्राहा गा.वि.स.वडा नं.७ जन्मनुभई हाल इनरुवा नगरपालिका वडा नं. ८ कण्समडानमा बसोवास गर्दै आउँनु भएको थियो । केही दिन देखि अस्वस्थयका कारण बिरामी भै उपचारत्त रहनुभएको थियो । उपचार गर्दागर्दै आफनै निवास कण्समडानमा निधन भएको परिवार स्रोतले जनाएको छ । उहाँको एक छोरा र बुहारी, दुई नाति नातिनी छन् ।
डिहवार ग्रामथानको मौलिक परमपरागत संस्कारको ज्ञाता चौधरीको निधनले थारु समुदायमा अपूर्णीय क्षति पुगेको शोकसभामा सहभागीहरुले धारणा ब्यक्त गरेका छन् । थारु समुदायमा टोल समुदायको विकास, संरक्षण, संस्कार, संस्कृतिको निरन्तरता, निर्णय गहदारकै प्रमुखमा गर्ने प्रथाजनित नियम रहेको छ । गहदार, थानपती, पूजहैर गर्ने ब्यक्ती ग्रामथानको सबै पूजन विधिको जानकार समेत रहने हुन्छन् । तसर्थ प्रथाजनित संस्कार अनुसार समुदाय तथा टोलको अगुवाइ गर्ने प्रमुख मानिने भएकोले धार्मिक आस्थाको केन्द्रित लाटीमाई ग्रामथानको गहदार रहेका चौधरीको असमायिक निधनले अपूर्णीय क्षति पुगेको शोकसभाका सहभागीहरुले जनाएको छ ।
शोकसभामा ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष तेजनारायण चौधरी, उपाध्यक्ष महिनारायाण चौधरी, कोषाध्यक्ष सुनिल चौधरी, सदस्य तथा थारु महिला उत्थान समाज रामधुनी सुनसरी अध्यक्ष सिता थरुनी, सल्लाहकार पदम अधिकारी, थारु पत्रकार संघ केन्द्रिय उपाध्यक्ष कुलदिप चौधरी, केपिएस नेपालका सरोज चौधरी लगायतका जागरुक थारु अगुवाहरुले शोकसभामा उपस्थितभई भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।

अगाडिकाे पाेस्ट

रामधुनी मा.बि.लालपुरको ५० औं बर्ष, इतिहासलाई सम्मान गर्दै बिद्यालयको स्वर्णमहोत्सव

अर्काे पाेस्ट

How to Update Windows 8 & 10 FAST & EASY in 2023

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0
  • विनाशकारी बाढीको १३औँ दिन : ज्यान गुमाएका प्रति झुम्कामा शोक सभा र श्रदान्जली अर्पण सहित दिप प्रज्वलन

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft