मिति : २०८२ फागुन ३० गते (सनिबार)
मौसम : 28.3°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको १४ औं नगरसभाबाट ‘गौरव’ को योजनामा रु ६ करोड विनियोजन

by By: रामधुनी खबर
असार १०, २०८०
479

राख संवाददाता
झुम्का,असार १० । रामधुनी नगरपालिकाले आज (आइतवार) १४ औं नगरसभा सम्पन्न गरेको छ । नगर सभाबाट ‘गौरव’ को योजनामा रु ६ करोडको बजेट विनियोजन गरेको छ ।
‘पर्यटन र पूर्वाधार, समृद्ध रामधुनीको आधार’ मुल उधेश्य लिदै आ.ब. २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सहित कुल बजेट रु ६८ करोड २१ लख ९९ हजारको सार्वजानिक गरेको छ । नगर प्रमुख शंकरलाल चौधरीले नीति तथा कार्यक्रम सार्वजानिक गर्नुभयो भने उपमेयर तारा थापा बजेट प्रस्तुत गर्नुभयो ।
उपमेयर थापाले बजेट प्रस्तुत गर्दै नगरपालिकाले पुर्वाधार विकासका लागि गौरवको योजनामा प्रत्येक वडामा ५०/५० लाख बजेट विनियोजन गरेको सार्वजानिक गर्नु भयो । गौरवको योजनाबाट विकासका लागि २५ वटा योजना रहेको छ ।
गौरवको योजनाले ल्याएको विकासको बजेटमा वडा नं. १ मा झुुम्का घोङ्गही बगिया भिलेजदेखि डुमरिया जानेबाटो कालोपत्रे गर्न रु ५० लाख विनियोजन गरेको छ । वडा नं. २ मा कुम्याहीबाट काली झोडा जानेबाटो कालोपत्रेका लागि रु ३० लाख र मोची टोलबाट कर्मनिया टोल जानेबाटो कालोपत्रे गर्न रु २० लाख बजेट राखिएको छ ।
वडा नं. ३ मा पिपराबाट पानी ट्याङ्की जानेबाटो कालोपत्रे रु ५० लाख, रामधुनी ४ पिडारी मन्दिर देखि दक्षिण पथरदेवा रामपुरा जानेबाटे कालोपत्रेका लागि रु ५० लाख गरिएको छ । रामधुनी ५ झुुम्केश्वर मन्दिरबाट चतरा बस पार्क जानेबाटो र फुटबल चोक देखि बकर्डहल जानेबाटो कालोपत्रेका लागि रु ५० लाख विनियोजन गरेको छ ।
बजेट सार्वजानिक गर्दै गौरवको योजनामा रामधुनी ६ मैनी बाट ढेरीगाउँहुँदै चतरा नहर जानेबाटो कालोपत्रे रु ५० लाख, रामधुनी ७ नं. वडामा तरहरा चतरा मार्ग कजरापुुल देखि वरपिपल जानेबाटो कालोपत्रे क्रमागतमा रु ५० लाख विनियोजन गरेको छ ।
रामधुनी ८ नं. वडामा पौडेल चौकबाट सा्ह्र नम्बर जानेबाटोको कालो पत्रेका लागि रु ५० लाख र रामधुनी ९ नं. वडामा वडा कार्यालय जानेबाटो डुुम्राहा बजार सम्म कालोपत्रे गर्न रकम रु ५० लाख छुट्याएको छ ।
बजेटबाट रामधुनी मन्दिरका लागि रु १० लाख,भासि बहुमुुखि क्याम्पस भवन निर्माण तथा संचालन व्यवस्थापन खर्च रु ५० लाख लगायतका २५ वटा गौरवको योजनामा रु ६ करोड विनियोजन गरेको उपमेयर तारा थापाले बजेट मार्फत योजना प्रस्तुत गरेको हो ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरमा ऐतिहासिक धरोहर डिहवार (ग्रामथान) संरक्षणका लागि नीति योजनाको अभाव

अर्काे पाेस्ट

दलित सशक्तिकरण नीतिगत संरक्षणका लागि इटहरीमा अन्तरक्रिया

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft