मिति : २०८३ असार २१ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

तीज पर्व आगमनको स्वागत गर्दै रामधुनी ४ स्वास्थ्य केन्द्रका कर्मचारी र सेविकाहरुको दर कार्यक्रम

by By: रामधुनी खबर
भदौ १३, २०८१
672

रामधुनी खवर संवाददाता
झुम्का, भदौ १३ । हिन्दु महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा पर्वको थप महत्व उजागर गर्न महिलाहरु सामुहिक भेला भएर तीजको मौलिक बिशेषतालाई मनाउँदै छन् ।
तीज हरेक बर्ष भाद्र शुक्ल तृतियाका दिन मनाइन्छ अर्थात यो पर्व भाद्र शुक्ल दृतिया देखि पन्चमी सम्म मनाउने परमपरा रहेको छ । तीजमा भगवान शिवको पूजा आराधना गरिनुको साथै नाचगान र धार्मिक आस्थाको मनोरन्जन समेत हुने गर्दछ ।


नयाँ उमङ्ग र हर्सौल्लासका साथ घर आँगनमा प्रवेश गरिरहेकोे तीज पर्वको बिशेषता झल्काउदै रामधुनी वडा नं. ४ सहरी स्वास्थ्य केन्द्रका कर्मचारी र महिला स्वास्थ्य स्वयम सेविकाहरुले विहिवार सामुहिक दर कार्यकक्रमको आयोजना गरेको छ । हामी चेलीबेटीहरु तीज पर्वको आगमनको स्वागत गर्दै सामान्य तीजको दर खाने कार्यक्रम राखेको सहरी स्वास्थ्य केन्द्रकी कर्मचारी तथा सप्तरंगी महिला समुहकी सचिव निरुपा कोइरालाले जानकारी दिइन् ।


दर कार्यक्रममा मेयर शंकरलाल चौधरी, वडा अध्यक्ष कमल कार्की, वडा नं. ६ का वडा सदस्य रंजित चौधरीको उपस्थिती लगायत स्थानीय महिलाहरुको सहयोगले दर कार्यक्रम रौनक थपेको बताइन् । महिला दिदी बहिनीहरुमा सम्बन्ध सुधार गर्ने, प्रगाढ गर्ने, आपसी मन मुटावको त्यागगरी प्रेममा बदल्ने पर्वको रुपमा शन्देस उठान गर्दै दर कार्यक्रमको आयोजना गरेको कर्मचारी तथा सप्तरंगी महिला समुहकी सचिव कोइरालाले जानकारी दिइन् ।

अगाडिकाे पाेस्ट

इटहरीमा प्रथम नागरिक थारु ऐन २०८० प्रमाणीकरण, मेयर पौडेलको ऐतिहासिक र साहसिक निर्णय

अर्काे पाेस्ट

झुम्कामा “दोस्रो एकिकृत जितिया पावैन २०८१” कार्यक्रम गर्न था.क.स.रामधुनीले रचनात्मक तयारी गर्दै

सम्बन्धित अरु

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरीझुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै १५...

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft