मिति : २०८३ भदौ २५ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

by By: रामधुनी खबर
साउन ११, २०८३
285

रामधुनी खबर संवाददाता
झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित गरेका अधिकारहरूको उल्लङ्घन हुने घटनाहरूलाई जनाउँदछ । यसै हननका घटनालाई राष्ट्रिय र अन्तराष्ट्रिय कानुनी मुद्धामा परिनतगरी न्यायीक सशक्तिकरण गर्न इटहरीमा आइपिएचआरडि आदिवासी मानव अधिकार प्रतिरक्षकहरुलाई IPHRD (Indigenous peoples Human Rights Defenders) रणनीति योजना निर्माण तालिम दिएका छन् ।
आदिवासी मानव अधिकार हननका बढ्दो मुख्य प्रकारका घटनाहरूः भूमि तथा प्राकृतिक स्रोतबाट विस्थापनका घटना अन्तर्गत उचित सहमति वा क्षतिपूर्ति बिना पुर्खौली भूमि, वन, नदी तथा स्रोत साधनबाट हटाइने । सांस्कृतिक अधिकारको हननका घटना भाषा, धर्म, परम्परा, संस्कार, सांस्कृतिक सम्पदा तथा पूजा स्थल (ग्रामथान) माथि अतिक्रमण वा नष्ट गरिने । भेदभाव र बहिष्करणका घटना शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय तथा सार्वजनिक सेवामा जातीय वा सांस्कृतिक आधारमा विभेद गरिने ।
बलपूर्वक विकास आयोजना अन्तर्गत सडक, जलविद्युत्, उद्योग वा अन्य परियोजना सञ्चालन गर्दा आदिवासी समुदायको स्वतन्त्र, पूर्व सूचित सहमति एफपिक बिना काम गरिने । हिंसा तथा धम्कीका घटना मानव अधिकार रक्षक, समुदायका अगुवा वा अधिकारका लागि आवाज उठाउने व्यक्तिमाथि धम्की, कुटपिट, पक्राउ वा अन्य दमन । राजनीतिक सहभागितामा अवरोधका घटना निर्णय प्रक्रियामा पर्याप्त प्रतिनिधित्व वा सहभागिताको अवसर नदिने । पहिचान र नागरिक अधिकारमा समस्याका घटना अन्तर्गत नागरिकता, जन्मदर्ता तथा अन्य कानुनी पहिचान सम्बन्धी सेवामा कठिनाइका घटनालाई आदिवासी मानव अधिकार हननका घटना हुन । यसै घटनालाई अन्तराष्ट्रिय कानुनी बाटो लगाई न्यायी निरुपण गर्न रणनीतिक योजना निर्माण तालिम दिएका हुन् ।

आइपिएचआरडि आदिवासी मानव अधिकार प्रतिरक्षकहरुले आदिवासी मानव अधिकार हननका घटनालाई Fact Sheet Form फ्याक्ट सिट भरेर राष्ट्रिय र अन्तराष्ट्रिय कानुनी मुद्धामा परिनतगरी न्यायीक सशक्तिकरण गर्न सक्ने छन् । सुनसरी, मोरंग, झापा र घनकुटाका ३२ जना आइपिएचआरडि अर्थात आदिवासी मानव अधिकार प्रतिरक्षकहरुलाई दुई दिवसिय तालिम दिई जिल्ला पठाएका छन् ।
नेपाल आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह (लाहुर्निप),काठमाण्डौँ संस्थाको आयोजनामा आयोजित तालिमबाट फ्याक्ट सिट फर्म भर्न सिकाएका छन् । फर्म अन्तर्गत उल्लेख गर्नु पर्ने घटना विवरण, पिडितको विवरण, मानव अधिकारको उलंघन कर्ता, घटनाको आर्थिक सामाजिक साँस्कृतिक प्रभाव, प्रभावितहरुले चालेका कदम, नागरिक समाज र पालिकाले चालेका कदमहरुको बारेमा बिस्तृत उल्लेख गर्नु पर्ने जानकारी दिएका हुन् ।
तालिमममा सहभागीहरुले जिल्लामा भए गरेका घटनाहरुको बारेमा उठानगरी फ्याक्ट सिट फम भर्ने जनाएका छन् । सुनसरीका आइपिएचआरडि अर्थात आदिवासी मानव अधिकार प्रतिरक्षकहरुबाट ग्रामथान र सो संग जोडिएको साँस्कृतिक भूमि अतिक्रमण, विकल्प विना शैनिकीकरण, वडा कार्यालय निर्माण, खानेपानी, विद्यालय र विकास र बाटोका नाममा अतिक्रमणगरी नष्ट र विस्थापित गर्ने आदिवासीहरुको मानव अधिकार हननका घटना उठान गरेका छन् । यसलाई अन्तराष्ट्रिय मुद्धा बनाई न्याय निरुपन गर्ने प्रतिबद्धता गरेका छन् ।
यसैगरी झापा जिल्लाका आइपिएचआरडि हरुले निम्न आदिवासीहरुको मानव अधिकार हननका घटना उठान गरेका छन् । मानव अधिकार हननका घटना उठान गर्ने क्रम्मा धनकुटामा भएका घटनाहरु उठान गरेका छन् ।
मोरंगका आइपिएचआरडि हरुले जिल्लाका घटनाहरु जनकारी दिई फ्याक्ट सिट फम का लागि तयार भएका छन् । यस घटनाको न्यायीक मुद्धा उठानले आदिवासीहरुको ऐतिहासिक पहिचानका धरोहरहरु नीतिगत दिर्घकालिन संरक्षण हुने छन् ।
यसै सन्दर्भमा लाहुर्निपका केन्द्रिय सचिव तथा सर्वोच्च अदालतका अधिवक्ता भिराईले सहजिकरण गर्दै आफनो धारणा राख्नु भएको छ ।
यसैगरी आइपिएचआरडि क्षेत्रिय प्रमुख गोपाल देवानले आदिवासीहरुको मानव अधिकार हननका घटनाको प्रतिवेदन बनाउन सुझाव ब्यक्त गर्दै सचेत रहन पनि सुझाव ब्यक्त गरेका छन् ।

नेपालमा देखिएका केही उदाहरणका घटनाहरुमा विकास आयोजनाका कारण आदिवासी समुदायको पुर्खौली भूमि अधिग्रहण भएको । सामुदायिक वन तथा प्राकृतिक स्रोतको उपयोगमा स्थानीय आदिवासी समुदायको अधिकार सीमित गरिनु । परम्परागत धार्मिक तथा सांस्कृतिक स्थल (ग्रामथान) अतिक्रमण वा संरक्षणको अभाव । आदिवासी समुदायको भाषा र संस्कृतिको संरक्षणमा पर्याप्त ध्यान नदिएको प्रतिनिधित्व घटनाहरु रहेको छ ।
यसको रोकथामका पहिलो उपाय रहेपनि कार्यन्वयन भएको देखिदैन । संविधान तथा प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन । आदिवासी समुदायको एफपिक (स्वतन्त्र, पूर्व र सूचित सहमति) सुनिश्चित गर्नु पर्ने । भूमि, भाषा, संस्कृति र परम्परागत संस्थाको संरक्षणको नीति निदैर्शिका हुनु पर्ने । मानव अधिकार उल्लङ्घनका घटनाको निष्पक्ष अनुसन्धान र पीडितलाई न्याय तथा क्षतिपूर्ति । राज्यका सबै तहमा आदिवासी समुदायको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने उपायहरूले आदिवासी समुदायका मानव अधिकारको संरक्षण र सम्मान गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । तर राज्यको उदासिन्ता, नश्लिय बागडोरले गर्न नसकेको देखिन्छ ।
यसैकारण जिल्लाका आइपिएचआरडि हरु का्रन्तिकारी रुपमा उभिन अग्रज आइपिएचआरडि दिल बहादुर थेवेले अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा लाहुर्निप संस्थाको परिचय, लक्ष्य, उधेश्य, आइपिएचआरडि निर्दैशिका पालना, व्यपारले आदिवासी मानव अधिकार हनन् हुने अवस्था र अन्तराष्ट्रिय दस्तावेजहरुको बारेमा जानकारी दिएका हुन् ।

अगाडिकाे पाेस्ट

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

अर्काे पाेस्ट

साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

सम्बन्धित अरु

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

समाचार

विनाशकारी बाढीको १३औँ दिन : ज्यान गुमाएका प्रति झुम्कामा शोक सभा र श्रदान्जली अर्पण सहित दिप प्रज्वलन

भदौ २२, २०८३

रामधुनी खबर संवाददाता झुम्का,भदौ २२ । भदौ १० गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीमा परेर ज्यान गुमाएका प्रति झुम्कामा सोमवार शोक सभा गरेका छन् । झुम्केश्व...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft