मिति : २०८३ भदौ २३ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

by By: रामधुनी खबर
साउन ४, २०८३
325

रामधुनी खबर संवाददाता
झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र वितरण सहित पदस्थापन गरेका हुन् ।
नगर समितिका सभापति पूर्ण बहादुर श्रेष्ठको सभापतित्व र नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशका सभापति रमेश रसाइलीको प्रमुख आतिथ्यतामा पदस्थापन भएको हो । विहिवार भएको ११ औँ १२ औँ साधारण सभा तथा पाँचौ अधिवेशनबाट सर्वसहमतिले १३ सदस्य रहनेगरी समिति चयन भएको थियो । सर्वसहमतिले चयन भएको समिबिाट वर्तमान परिस्थितीले सिर्जना गरेको व्यवसायीक संकटतामा नगरका सुनचाँदी व्यवसायीमा सांगठनिक एकताको सन्देश दिएका छन् ।
व्यवसायीमा सांगठनिक एकताको सन्देश दिदै भएको पुनरगठित नगर समितिको सभापतिमा मनोज श्रेष्ठ, प्रथम उपाध्यक्षमा अरुण जंग बस्नेत, उपाध्यक्षमा रुपेश सोनी, समितिको सचिवमा सुदिप कुमार श्रेष्ठ, सह सचिवमा आनन्द सोनी, कोषाध्यक्षमा अनिल साह, सह कोषाध्यक्षमा पुष्पा चौलागाई चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा अनिकेत सोनी, मिलन बि.क.,सरोज तिम्सिना, लोकेन्द्र थापा, सुवास साह र अमित सोनी चयन भएका हुन् ।


चयन भएका समितिका पदाधिकारीहरुलाई नगर समितिका सभापति श्रेष्ठ, नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशका सभापति रसाइली, नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशका संस्थापक सभापति मोहन काजी शाक्य, पूर्वाञ्चल सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजकुमार गजमेर, उदयपुर सुनचाँदी व्यवसायी संघका सभापति रामप्रसाद विश्वकर्मा, पूर्वाञ्चल सुनचाँदी व्यवसायी संघका सचिव लोकेन्द्र गदारले प्रमाण–पत्र वितरण, र अविरटिका लगाई पदस्थापन गरेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल सफलको शुभकामना ब्यक्त गर्दै निवर्तमान सभापति श्रेष्ठले संस्थागत एकताको कायम, पदाधिकारीहरुको आन्तरिक सहमतिको सहकार्यता भएर समिति चलायमानको खाँचो र आवश्यक्ताको बारेमा उठान गर्नु भयो । वर्तमान समितिलाई पूर्ण रुपले सहयोग गरिरहने धारणा राख्नु हुँदै उहाँले नगर समितिको भवनका लागि पनि अगाडि बढ्नु पर्ने भन्दै जग्गा उपलब्धताका लागि हामी पनि अग्रसर रहने बताउनु भएको छ ।
निवर्तमान सभापति श्रेष्ठ रामधुनी सुनचाँदी व्यवसायी संघको संस्थापना देखिनै नेतृत्व गर्दै आएका छन् । उहाँकै कार्यअवधिमा नेपाल सुनचाँदी व्यवसायी संघ नगर समिति महासंघमा आबद्धता प्राप्त गर्न सफल भएको थियो । उहाँ नगर समिति सभापति भएसंगै दुई कार्यकाल नगर सभापति, प्रदेश समितिको संस्थापक सदस्य, दोस्रो कार्यकालमा सह–कोषाध्यक्षको नेतृत्व गरी रामधुनी नगर र झुम्का बजारको पहिचान प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिकामा रहनु भयो । यसैगरी महासंघको केन्द्रिय समितिमा उहाँको पहलबाट रामधुनी भुगोल क्षेत्रबाट राकेश सोनीलाई केन्द्रिय सदस्यको रुपमा निर्वाचित गराउन सफल हुनु भएको थियो ।


पदस्थापन कार्यक्रममा निवर्तमान सभापति श्रेष्ठले वर्तमान सभापति श्रेष्ठ सहितका उहाँको कार्यकाल अवधिको पदाधिकारी तथा नयाँ पदाधिकारीहरुलाई खादा र कदर–पत्रले जोडदार सम्मान गरेका छन् ।
नवनिर्वाचित सभापति श्रेष्ठले पदस्थापन ग्रहण गर्दै आगामी कार्ययोजनामा व्यवसायीक संकट न्युनिकरणमा केन्द्रित रहने वर्तमान सभापति श्रेष्ठले प्रतिबद्धता गरेका छन् ।
कार्यक्रम सागुरीगढी गाउँपालिकाको मौसम परिस्थितिको मनमोह स्थान भेडेटारमा भएको छ । गर्मी मौसमको विकल्पमा रहेको छिन–छिनमा परिवर्तन हुने मौसमले रमणिय ठाउँ भेडेटार बजार स्थित होटेल बुद्ध इनमा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशका सभापति रसाइलीले नगर समितिले सहज र सरल व्यवसायको उत्तरदायित्वको जिम्मेवारी, प्रमाणले मात्र खरिद विक्री, आधिकारिक विल भौचरको प्रयोगको बारेमा सचेत गराउनु भयो । यसैगरी चोरी भएका सुनचाँदी बजारमा बलगे्रती रहेकोले प्रमाण लिएर मात्र कारोवार गर्न सुझाव व्यक्त गर्दै व्यवसायीले विल नबोकी ओसार पोसार गर्दा व्यवसायी पक्राउ पर्ने जस्ता समस्या कठिनाईहरु आइरहेकोले सचेत भएर व्यवसाय संचालन गर्न अनुरोध गर्नु भएको छ ।
पदस्थापन कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशका संस्थापक सभापति शाक्य, पूर्वाञ्चल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गजमेर, उदयपुर सुनचाँदी व्यवसायी संघका सभापति विश्वकर्मा, पूर्वाञ्चल सुनचाँदी व्यवसायी संघका सचिव गदारले सुनचाँदी विलासिता होइन हाम्रो संस्कार र सभ्यताको अभिन्न हिस्सा हुन भन्ने सुनको महत्वको बारेमा आफनो धारणा राखेका छन् ।
कार्यक्रमबाट बक्ताहरुले सुनचाँदी व्यवसाय संकटको अवस्थामा राज्यले कठोर होइन सहज नीति अंगाल्नु पर्ने, सुन विलासिताको वस्तु नभई जन्मदेखि जीवनका हरेक शुभ अवसर हुँदै अन्तिम संस्कार सम्म सुनचाँदी नेपाली समाज संग जोडिएको अमुल्य सम्पदा हुन् भन्ने केन्द्रिय सरकारलाई माग मुद्धा समेत राखेका छन् ।
समितिलाई सहयोगका लागि वर्तमान सभापति श्रेष्ठले कार्यालयको लागि घरभाडामा सहयोग गर्ने, वर्तमान सचिवले दराज सहयोग गर्ने, अनिल श्रेष्ठले टेबल कुर्सी सहयोग गर्ने, यसैगरी सहयोगी आरके गहना उधेग, सचिन रिफायन, जनार्दन रिफायन सहित संस्थालाई सहयोग गर्ने व्यवसायीहरुलाई मायाको चिन्हले सम्मान गरेका छन् ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

अर्काे पाेस्ट

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

सम्बन्धित अरु

समाचार

विनाशकारी बाढीको १३औँ दिन : ज्यान गुमाएका प्रति झुम्कामा शोक सभा र श्रदान्जली अर्पण सहित दिप प्रज्वलन

भदौ २२, २०८३

रामधुनी खबर संवाददाता झुम्का,भदौ २२ । भदौ १० गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीमा परेर ज्यान गुमाएका प्रति झुम्कामा सोमवार शोक सभा गरेका छन् । झुम्केश्व...

समाचार

रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

भदौ २०, २०८३

रामधुनी खबर संवाददाताझुम्का, भदौ २० । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजारमा शनिवार २२औँ श्रीकृष्ण रथयात्रा सम्पन्न भएको छ । झुम्का बजारमा प्रत्येक बर्ष झै यस बर्ष पनि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft