मिति : २०८३ असोज ३० गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

by By: रामधुनी खबर
असोज २९, २०८३
176

रामधुनी खबर संवाददाता
झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा शिशुले खाने दुग्ध पाउडरदेखि म्याद गुज्रिएका खाद्यवस्तु, लेबल नभएका सामग्री तथा अन्य उपभोग्य वस्तुको बिक्री वितरणमा भेटिएको छ ।
रामधुनी नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीको समन्वयमा नगर उपप्रमुख तारा थापाको संयोजकत्वमा मंगलबार र बुधबार झुम्काको लगुना चोक, मुख्य बजार क्षेत्रका किराना पसल, मासु पसल तथा होटलमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, म्याद, नापतौल र व्यवसाय सञ्चालनसम्बन्धी मापदण्डको अवस्थाबारे निरीक्षण गरिएको थियो ।

शिशुले खाने दुग्ध पाउडरमा समेत मापदण्डको लेबल नभएको पाइयो
अनुगमनका क्रममा किराना पसलमा बिक्रीका लागि राखिएका शिशुले खाने दुग्ध पाउडरमा खाद्य गुणस्तरसम्बन्धी आवश्यक लेबल तथा चिन्ह नभएको पाइएको छ । त्यसैगरी, म्याद गुज्रिएका खाद्यवस्तु, मूल्यसूची नराखिएका पसल तथा भारतीय पेयपदार्थको अवैध बिक्री वितरणसमेत भेटिएको जनाइएको छ ।
उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने यस्ता वस्तुको बिक्री वितरण नगर्न व्यवसायीलाई सचेत गराइएको छ । मापदण्डविपरीत तथा अखाद्य अवस्थामा रहेका वस्तु नष्टसमेत गरिएको छ ।

मासु पसलमा सरसफाइको कमी, मासुमा रङ प्रयोग
मंगलबार गरिएको मासु पसलको अनुगमनका क्रममा सरसफाइमा कमी रहेको, मासुमा खाद्य प्रयोजनका लागि उपयुक्त नभएको रङ प्रयोग गरिएको तथा बिक्रीयोग्य र बिक्रीका लागि अनुपयुक्त मासु एउटै फ्रिजमा राखिएको पाइएको थियो । मासुको स्वच्छता र गुणस्तर कायम राख्नुपर्नेमा लापरबाही गरेको पाइएपछि सम्बन्धित व्यवसायीलाई सचेत गराइएको अनुगमन टोलीले जनाएको छ ।
त्यसैगरी, होटलमा म्याद गुज्रिएका सामग्री प्रयोग गरिएको तथा लेबल नभएका वस्तु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले जनाएको छ ।

उपभोक्ता आफैँ पनि सचेत हुनुपर्छ ः उपप्रमुख थापा
रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले चाडपर्वका समयमा अखाद्य तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण बढ्न सक्ने भएकाले बजार अनुगमनलाई प्राथमिकता दिइएको बताउनुभयो । अनुगमनको उद्देश्य व्यवसायीलाई दुःख दिनु नभई उपभोक्ता र नागरिकको स्वास्थ्य तथा हित संरक्षण गर्नु रहेको उहाँको भनाइ छ । उपभोक्ताले पनि दैनिक उपभोग्य वस्तु खरिद गर्दा त्यसको म्याद, गुणस्तर, लेबल र मूल्यमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

अनुगमनलाई निरन्तरता दिइने
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका उज्ज्वल कोइरालाले अनुगमनका क्रममा होटलमा म्याद गुज्रिएका सामग्री तथा लेबल नभएका वस्तु फेला परेको र त्यस्ता सामग्री नष्ट गरिएको जानकारी दिनुभयो । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्यवस्तुको गुणस्तर कायम गर्न बजार अनुगमनलाई निरन्तरता दिइने उहाँले बताउनु भएको छ ।
बजार अनुगमनले उपभोक्ताको हित संरक्षण गर्नुका साथै व्यवसायीलाई प्रचलित मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न जिम्मेवार बनाउने अपेक्षा गरिएको छ । यसबाट बजारप्रति उपभोक्ताको विश्वास बढाउन र सुरक्षित तथा गुणस्तरीय वस्तुको बिक्री वितरण सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

अगाडिकाे पाेस्ट

छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

सम्बन्धित अरु

समाचार

छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

असोज २७, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २७ । श्री छठ माता सेवा समिति रामधुनीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनबाट समितिको अध्यक्षमा मिलन रौनियार सहित...

समाचार

स्वर्णिम बचत तथा ऋण सहकारी झुम्काको १७ औँ बार्षिक साधारण सभा सम्पन्न

असोज २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २४ । स्वर्णिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामधुनी–५, झुम्काको १७औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/०८३ को आयव्यय...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft