सुनिल चौधरी
झुम्का, भदौ २६ । बालअधिकारका सुचकमा मापदण्ड पुरागर्दै रामधुनी ९ र १ नं. वडा बालमैत्री स्थानीय शासन घोषणा भएको छ । नगरको आर्थिक, सामाजिक, पुर्वाधार, स्वास्थ्य, शिक्षामा अर्थ पुर्ण बालमैत्री योजना प्रवाहकालागी ४० सुचकमा मापदण्ड पुरा गर्दै घोषणा गरेको हो ।
दुवै वडालाई नगर प्रमुख जयप्रकाश चौधरीले बालमैत्री वडा घोषणा गर्नु भयो । वडा अध्यक्ष घनश्याम चौधरीको सभापतित्वमा बिहिवार रामधुनी ९ नं. वडा र वडा अध्यक्ष महेश कुमार चौधरीको सभापतित्वमा सुक्रवार १ नं. वडा विधिवत घोषणा भएको हो । वडा नं. ९ र १ संगै सबै वडा बालमैत्री युक्त वडा भएको छ । घोषणा कार्यक्रममा नगरप्रमुख चौधरी सहित नगर उपप्रमुख सविना चौधरी, निमित प्रशासकिय अधिकृत राजन गेलाल लगायतका बालअधिकार कर्मीहरुको उपस्थिती रहेको थियो ।
नगर प्रमुख चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो बिहानी भन्ने नारालाई सुनिश्चितताका लागि बालबचाउ, बालसंरक्षण, बालबिकास र अर्थपुर्ण बालसहभागितालाई स्थानीय तहको नीति, संरचना, कार्यप्रक्रिया प्रणाली र व्यवहारमा संस्थागत गर्न रामधुनी नगरपालिकाले बालमैत्रीको अवधारणा ल्याएको बताउनु भयो । बालबालिकाको संघर्षले सबै वडाहरु बालमैत्री वडा घोषणा भैसकेको छ, भदौ २९ गते नगरलाई घोषणा गर्ने तयारी रहेको उहाँले जानकारी दिनु भयो ।
बालमैत्री वडा घोषणामा नगरपालिकाको प्रष्ट योजना र सो योजनामा जनप्रतिनिधि, नगर बालमैत्री सम्पर्क ब्यक्ति, नगर सहजकर्ता, बाल हेल्प डेक्सका प्रतिनिधि, नमुना नगर बाल संजाल, वडा बालसंजाल, बाल क्लव, बाल समुह, संघ संगठन, टोल विकासको लगनशिलताले सम्भव भएको छ, अबका दिनहरुमा बालबालिकामा सबै प्रकारका हिंसा न्युनिकरण हुने नगर उपप्रमुख चौधरीले बताउनु भयो ।
घोषणा कार्यक्रमहरुमा बालमैत्रिकालागी नगर बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरी, नगर सहजकर्ता रविन ठाकुर, बाल हेल्प डेक्सका सम्पर्क ब्यक्ति अमन ढुंगेलको भुमिका बारेमा सराहना ब्यक्त गरिएको छ ।
बालमैत्रीकालागी २०६८ साल देखिनै योजनामा अभ्यास गर्दै आएको छ । नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ३९ ओटा सुचकहरु र नगरले थप गरेको १ ओटा सूचक गरी जम्मा ४० ओटा सूचक मध्ये १९ ओटा सूचकहरु १०० प्रतिशत र २२ ओटा सूचकहरु अधिक्तम ९९.७७ प्रतिशत सम्म नतिजा हांसिल गर्दै बालमैत्री नगर घोषणा गर्ने अवस्थामा आएको नगरपालिकाले जानकारी दिएको छ ।
