मिति : २०८३ असोज २१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालअधिकारका सुचकमा मापदण्ड पुरागर्दै रामधुनी ९ र १ नं. वडा बालमैत्री घोषणा

by By: रामधुनी खबर
भदौ २६, २०७८
709

सुनिल चौधरी
झुम्का, भदौ २६ । बालअधिकारका सुचकमा मापदण्ड पुरागर्दै रामधुनी ९ र १ नं. वडा बालमैत्री स्थानीय शासन घोषणा भएको छ । नगरको आर्थिक, सामाजिक, पुर्वाधार, स्वास्थ्य, शिक्षामा अर्थ पुर्ण बालमैत्री योजना प्रवाहकालागी ४० सुचकमा मापदण्ड पुरा गर्दै घोषणा गरेको हो ।
दुवै वडालाई नगर प्रमुख जयप्रकाश चौधरीले बालमैत्री वडा घोषणा गर्नु भयो । वडा अध्यक्ष घनश्याम चौधरीको सभापतित्वमा बिहिवार रामधुनी ९ नं. वडा र वडा अध्यक्ष महेश कुमार चौधरीको सभापतित्वमा सुक्रवार १ नं. वडा विधिवत घोषणा भएको हो । वडा नं. ९ र १ संगै सबै वडा बालमैत्री युक्त वडा भएको छ । घोषणा कार्यक्रममा नगरप्रमुख चौधरी सहित नगर उपप्रमुख सविना चौधरी, निमित प्रशासकिय अधिकृत राजन गेलाल लगायतका बालअधिकार कर्मीहरुको उपस्थिती रहेको थियो ।
नगर प्रमुख चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो बिहानी भन्ने नारालाई सुनिश्चितताका लागि बालबचाउ, बालसंरक्षण, बालबिकास र अर्थपुर्ण बालसहभागितालाई स्थानीय तहको नीति, संरचना, कार्यप्रक्रिया प्रणाली र व्यवहारमा संस्थागत गर्न रामधुनी नगरपालिकाले बालमैत्रीको अवधारणा ल्याएको बताउनु भयो । बालबालिकाको संघर्षले सबै वडाहरु बालमैत्री वडा घोषणा भैसकेको छ, भदौ २९ गते नगरलाई घोषणा गर्ने तयारी रहेको उहाँले जानकारी दिनु भयो ।
बालमैत्री वडा घोषणामा नगरपालिकाको प्रष्ट योजना र सो योजनामा जनप्रतिनिधि, नगर बालमैत्री सम्पर्क ब्यक्ति, नगर सहजकर्ता, बाल हेल्प डेक्सका प्रतिनिधि, नमुना नगर बाल संजाल, वडा बालसंजाल, बाल क्लव, बाल समुह, संघ संगठन, टोल विकासको लगनशिलताले सम्भव भएको छ, अबका दिनहरुमा बालबालिकामा सबै प्रकारका हिंसा न्युनिकरण हुने नगर उपप्रमुख चौधरीले बताउनु भयो ।
घोषणा कार्यक्रमहरुमा बालमैत्रिकालागी नगर बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरी, नगर सहजकर्ता रविन ठाकुर, बाल हेल्प डेक्सका सम्पर्क ब्यक्ति अमन ढुंगेलको भुमिका बारेमा सराहना ब्यक्त गरिएको छ ।
बालमैत्रीकालागी २०६८ साल देखिनै योजनामा अभ्यास गर्दै आएको छ । नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ३९ ओटा सुचकहरु र नगरले थप गरेको १ ओटा सूचक गरी जम्मा ४० ओटा सूचक मध्ये १९ ओटा सूचकहरु १०० प्रतिशत र २२ ओटा सूचकहरु अधिक्तम ९९.७७ प्रतिशत सम्म नतिजा हांसिल गर्दै बालमैत्री नगर घोषणा गर्ने अवस्थामा आएको नगरपालिकाले जानकारी दिएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी वडा नं. ४ र ३ बालमैत्री वडा घोषणा, घोषणा पश्चात दिगोपनमा जोड दिने प्रतिबद्धता

अर्काे पाेस्ट

बालमैत्री स्थानीय शासन घोषणाले रामधुनी नगरलाई ऐतिहासिक उपलब्धि

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft