सुनिल चौधरी
झुम्का, भदौ ३० । राष्ट्रिय बालदिवसको अवसरमा रामधुनी नगरपालिकाले मंगलवार बालमैत्री स्थानीय शासन घोषणा गर्दै ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ । बालबचाउ, बालसंरक्षण, बालबिकास र अर्थपुर्ण बालसहभागितालाई स्थानीय तहको नीति, संरचना, कार्यप्रक्रिया प्रणाली र व्यवहारमा संस्थागत गर्नु रामधुनी नगरपालिकाले ऐतिहासिक उपलब्धि प्राप्त गरेको प्रदेश १ नं. सामाजिक बिकास मन्त्रि बलबहादुर साम्सोहाङले बताउनु भयो ।
बालबालिका भोली एक सचेत नागरिकको भुमिका निर्वाह गर्दै समाज र राष्ट्र निर्माणमा सहयोग गर्ने भएको हुदा रामधुनी नगरपालिकाले समयमै योजनालाई सफल पारेको छ । प्रदेश १ को दोस्रो र जिल्लाको पहिलो बालमैत्री स्थानीय शासन नगरपालिकाको रुपमा स्थापित भएको अवसरमा सामाजिक बिकास मन्त्रि साम्सोहाङले बधाई दिदै प्रदेश सरकारबाट बालमैत्रीका लागी थप बिशेष सहयोग रहने बताउनु भयो ।
बालमैत्री घोषणा संगै नगरपालिकाको नयाँ भवन समेत उद्धघाटन गरिएको छ । रामधुनी वडा नं. ३ सिंगियामा रहेको नयाँ भवन मन्त्रि साम्सोहाङले उद्धघाट गर्नु भयो । घोषणा कार्यक्रममा नगरप्रमुख जयप्रकाश चौधरीले बालमैत्री घोषणाको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भयो । नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ३९ ओटा सुचकहरु र नगरले थप गरेको १ ओटा सूचक गरी जम्मा ४० ओटा सूचक मध्ये १९ ओटा सूचकहरु १०० प्रतिशत र २२ ओटा सूचकहरु अधिक्तम ९९.७७ प्रतिशत सम्म नतिजा हांसिल गर्दै बालमैत्री नगर घोषणा गर्न सफल भएको बताउनु भयो । बर्तमानको उत्तराधिकारी, हिस्सेदार र भबिषयको कर्णधार बालबालिकाको योजना दिगोपनकालागी नगरको कुल बजेटको १५ प्रतिशत बालबालिकामा लगानी रहेको नगरप्रमुख चौधरीले जानकारी दिनु भयो ।
सहयोगी बालअधिकार कर्मी सरोकारवालाहरुलाई घोषणा कार्यक्रममा प्रशंसा पत्रले सम्मान गरेको छ । बालअधिकार कर्मी सरोकारवाला र बालबालिकाको प्रत्यक्ष सहभागीताले लामो संघर्ष पश्चात बालमैत्री नगर प्राप्त गरेकोमा टिकाई राख्न पनि सहयोगी हातहरु भुमिका दिई रहन् नगर उपप्रमुख सविना चौधरीले अनुरोध गर्नु भयो । बालमैत्रीकालागी अभिभावकको रुपमा रहेका नगर बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरी केही दिन देखी अस्वस्थ्यको कारण अस्पताल भर्ना रहदाको अवस्थामा पनि सहजता अनुसार कार्यक्रममा सहभागी गराई स्वास्थ्यको कामना सहित सम्मान गरेको छ ।
बालमैत्री नगर घोषणा उत्साह पुर्ण बनाउन स्थानीय लोक सांस्कृतिक नृत्य प्रस्तुत गरेको छ । थारु समुदायको धुम्रानाच र पञ्चेबाजा बजाई घोषणा कार्यक्रम उल्लासमय बन्यो । यसैगरी सांस्कृतिक प्रस्तुतीमा लोक गायिका गंगा गौतम र निकिता मंडल थारुले गायन प्रस्तुत गरिन् । कार्यक्रममो बिच–बिचमा शौल डान्सबाट नृत्य प्रस्तुत गर्दै मनोरंजन दिएका थिए । कार्यक्रम नमुना नगर बाल संजालका बालबालिकाले आफै संचालनगरी घोषणा कार्यक्रम झनै बालमैत्रीमय बनाएको थियो । कार्यक्रम संचालन नगर बाल संजाललका सचिव छवि रमण दाहाल लगायत आयुष भटराई, अनुराधा चौधरीले उद्धघोषण गरेको नगर बालहेल्प डेक्सका अमन ढुंगेलले जानकारी दिए ।
बालमैत्री नगरकालागी संस्थागत रुपले प्लान इन्टरनेशनल नेपालको सहयोगमा साँझा सवालकालागी साँझा मञ्च (कोकन) सहित बिभिन्न गैरसरकारी संस्थाले समन्वय गरेको नगरपालिकाले जानकारी दिए । कोकन संस्थाले बालबालिकाहरुमा सुरक्षितकालागी सचेतना मुलक कार्यक्रमहरु आयोजनागरी रामधुनी नगरलाई बालमैत्री अभियान सम्म ल्याउन सहयोग गरेको जानकारी दिए । नगरबाल संजाल, वडा बालसंजाल, अभिभावक लगायत महिला स्वास्थ्य स्वयम सेविकाहरुमा बालमैत्री सचेतना बिषय र योजनाका बारे जागरुकालागी कोकनको समन्वय रहेको नगरबालमैत्री सहजकर्ता रविन ठाकुरले बताए ।


