मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

जेष्ठनागरिक दिवसको अवसरमा कला साधक बिक्रम श्री र रामधुनीका ७ जना जेष्ठनागरिक सम्मानित

by By: रामधुनी खबर
असोज १५, २०७८
584

राख संवाददाता
झुम्का, असोज १५ । अन्तराष्ट्रिय जेष्ठनागरिक दिवसको अवसरमा सुक्रवार रामधुनी नगरका जेष्ठनागरिक र इटहरीका कला साधक सम्मानित भएको छ । जेष्ठनागरिक सरोकार समुह जिल्ला कार्यसमितिद्धारा आयोजित कार्यक्रममा रामधुनीका ७ जना जेष्ठनागरिक र कला साधक बिक्रम श्री सम्मानित भएको हो ।
ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउने उदेश्यका साथ समितिले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको प्रमुख आतिथ्यतामा जेष्ठनागरिक र कला साधकलाई सम्मान गरेको छ । बरिष्ठ मुर्तिकला, चित्रकला, साहित्य रंग कर्मिको रुपमा अन्वेषण अनुसंन्धान गर्दै आएका सामाजिक अभियान्ता बिक्रम श्री ले जेष्ठनागरिक सरोकार समुहको पहिचान झल्काउने प्रतिक चिन्ह लोगो बनाई सहयोग गरेकोहुदा दोसलाह ओढाइ कदरपत्र सहित सम्मान गरेको हो । पितृ सम्मान भाव गर्ने श्रवण कुमारले माता पितालाई काँवरमा लिएर तिर्थ यात्रा गरेको सचित्रण भएको सरोकार समुहको लोगो बनाएकाले बिक्रम श्रीलाई सम्मान गरेको जेष्ठनागरिक सरोकार समुह समितिले जानकारी दिएको छ । लोगोले परिवार वा सार्वजानिक ठाउँमा जेष्ठनागरिकलाई सम्मान गर्नु पर्ने भाव दर्शाएको छ । बिक्रम श्रीले ऐतिहासिक स्थान, ब्यक्ति, संस्कृति, पहिचान झल्किने मुर्ति बनाई सार्वजानिक प्रर्दशन गर्दै आएका छन् ।
नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ । सरोकार समुहका अध्यक्ष फौद सिंह थापाको सभापतित्वमा भएको कार्यक्रमबाट जेष्ठ नागरिक ७० बर्षिय कारो देवी लोहार, ७५ बर्षिय दुर्गा पौडेल,७१ बर्षिय पेशल खड्का, ८२ बर्षिय खडानन्द ढकाल, ७२ बर्षिय सुनरबत्ति चौधरी, ७२ बर्षिय सिता अधिकारी र ८० बर्षिय मिना कार्कीलाई सम्मान गरेको बताए । जेष्ठनागरिकहरुमा स्वास्थ्य प्रोत्साहन र जिवनमा गरेको सामाजिक कार्यहरुको सराहना दिदै दोसल्लाह ओढाएर सम्मान गरेको कार्यक्रम संयोजक लक्ष्मि खड्काले बताइन् । कार्यक्रम हुनु पुर्व बिज्ञ डक्टरद्धारा शुगर परिक्षण र स्वास्थय सल्लाह दिने कार्यक्रम गरेको जानकारी दिए । कार्यक्रमबाट १ सय ६५ जना जेष्ठनागरिक सेवा लिएको उपाध्यक्ष मिठु अधिकारीले जानकारी दिएको हो ।
कार्यक्रममा बक्ताहरुले जेष्ठनागरिकहरु पछिल्ला दिनहरुमा पारिवार तथा समाजबाट नै अपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट गरेका छन् । छोरा बुहारीले पालन पोषणमा ध्यान नदिदा छोरा, नाती संगै बस्न इच्छा हुदा हुदै पनि जेष्ठनागरिक बृद्धा आश्रममा बस्न बाध्य हुने यथार्थता रहेको बक्ताहरुले बताएका छन् । परिवारबाट जेष्ठनागरिकको स्वास्थ्य हेर्चाह नगरदिने, पोषण खानाबाट बञ्चित गराउने, गाली गलौज गर्ने जस्ता अमर्यादित व्यवहार खेप्नु परेको वास्तविकता रहेको बक्ताहरुले उठान गरेका छन् । कार्यक्रममा सामाजिक अभियान्ता तथा सेभ द अर्थका अध्यक्ष पुष्प भट्टाराई, वडा नं. ५ का वडा अधयक्ष डेगराज फुयाल, गोबिन्द निरौलाले बोलेका थिए । कार्यक्रम रामधुनी वडा नं. १ मा रहेको जेष्ठनागरिक सारोकार समुहको भवनमा आयोजना भएको समितिले जानकारी दिएका हुन ।
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभवनयाँ पुस्ताको लागि मार्गर्दर्शन मानिन्छ । वयस्क सदस्यहरु परिवारबाटै अलग भई छुट्टैबस्न रुचाउन थालेपछि संयुक्त परिवार विखण्डित भई त्यहाँ रहेका जेष्ठ नागरिकहरुसमेत एक्लो हुन थालेका छन् । त्यहि भएर जेष्ठ नागरिकहरु आफैं पनि संगठित भईकेन्द्रीय, क्षेत्रीय र जिल्लास्तरमा संजाल संयन्त्रहरुनिर्माण गरी हक अधिकारका आवाजहरु उठाउन थालेको देखिन्छ ।

अगाडिकाे पाेस्ट

“जितिया पर्व” पाठ्यक्रममा समावेस हुनुपर्ने थारु महिला उत्थान समाजको जितिया कार्यक्रमद्धारा निष्कर्ष उठान

अर्काे पाेस्ट

नेपाली काँग्रेस रामधुनी नगर समितिमा निर्वाचित ५३ जनालाई प्रमाण पत्र बितरण

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft