राख संवाददता
झुम्का, असोज १५ । नेपाली काँग्रेशको १४ औ नगर अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र बितरण गरेको छ । मतदान भएको प्रमुख ७ पद र निर्विरोध रुपमा चयन भएको खुल्ला सदस्य तथा समावेसी सदस्यहरुलाई निर्वाचन समितिले सुक्रवार प्रमाण पत्र बितरण सहित पदस्थापन गरेको हो ।
निर्वाचन मण्डलका प्रमुख दया बहादुर कार्कीले नेपाली काँग्रेस रामधुनी नगर समितिमा चयन भएका सम्पुर्णलाई प्रमाण पत्र वितरणगरी पदस्थापन गरेको छ । नगर सभापति पदमा निर्वाचित सुदिप अधिकारीलाई प्रमाण पत्र हस्तानतरणगरी कार्यकाल सफताको शुभकामना दिएको छ । नगर सभापति अधिकारी १ सय ३ भोटले निर्वाचित भएको हो । अधिकारी नगर सभापतिको यो दोस्रो कार्यकाल रहेको छ । उमेदवार घोषणाको क्रम्मा प्रतिबद्धता गरेको कार्यहरु क्रृयाशिलताका साथ निभाउने सभापति अधिकारीले प्रतिबद्धता जनाएका छन् । “नगर समितिको एक सभापति होइन प्रत्यासी उमेदवार सगेन चौधरी र दिलु राई पनि सभापति हुन, निर्वाचित सभापति अधिकारीले भने, नेपाली काँग्रेसलाई थप बलियो बनाउन तिन सभापति रहेका छौँ, सबैको सहमतिले नगर समितिको कार्यहरु अगाडी बडाउने छौँ” । प्रमाण पत्र बितरण तथा पदस्थापन कार्यक्रममा प्रत्यासी सभापतिका उमेदवार चौधरी र राईको उपस्थिती रहेको थियो ।
यसैगरी दुई पद उपाध्यक्षका निर्वाचित आशा चौधरी र बिजय चौधरीलाई प्रमाण पत्र हस्तान्तरणगरी पदस्थापन गरेको छ । सचिवका दुई उमेदवार दोस्ती राम चौधरी र महेश चौधरी, सह सचिवमा सरल कट्वाल र सुरेश माझिलाई प्रमाण पत्र बितरण गरेको छ । खुल्ला तर्फका सदस्य २७ जना, समावेसी तर्फका १८ जना र एक जना अपाङ्गता मनोनितकालाई प्रमाण पत्र हस्तान्तरण गरेको निर्वाचन समितिले जानकारी दिएको छ । बिधान अनुसार चार बर्ष कार्यकालकालागी समिति चयन भएको हो ।
