मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का बजारमा अनुगमनटोलीले उपभोक्ता हित बिपरित खाद्य बस्तु जफतगरी नष्ट गरियो

by By: रामधुनी खबर
असोज २०, २०७८
1244

सुनिल चौधरी
झुम्का, असोज २० । रामधुनी नगरपालिकाको झुम्का बजार बुधवार अनुगमनको क्रम्मा म्याद गुज्रिएका खाद्य सामाग्री पाएको छ । बिक्री गर्न राखिका उपभोक्ता हित विपरित खाद्य बस्तु पाएपछि अनुगमन टोलीले जफतगरी नष्ट गरेको छ । सुनसरी प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजत्वमा अनुगमन भएको हो ।
झुम्का बजारमा ११ वटा खाद्यान्न तथा किराना पसलमा अनुगमन गरेको छ । अनुगमन गरेको सवै पसलहरुबाट म्याद गुज्रिएका सामाग्री बिक्री गरिरहेको अवस्थामा पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए । उन्का अनुसार दुइ तथा तीन वर्षअघि म्याद गुज्रिसकेको समान बिक्रीका लागि राखेको पाइएको बताए । बिस्कुट, चकलेट, भुजिया, गरम मसला, चाउमिन मसला, मिट मसला म्याद गुज्रिएको पाइएको थियो ।
बिभिन्न किराना पसलबाट म्याद गुज्रिएको रु १२ हजार ६ सय ४५ बराबरको अखाद्यय सामान नष्टगरेको जानकारी दिए । अनुगमनकै क्रममा फेन्टा पाइप, खानेतेल, चाउमिन, बिस्कुट लेवलिङ्ग बिना पाएको छ । पसल नबिकरण नगरेको, बिक्री गरेको बिल बिजक नरहेको, पसल्लै पिच्छे सामाग्रीको मुल्यमा फरक रहेको भेटिदा सचेत गराई उपभोक्ता हितमा सामाग्री बिक्री बितरण गर्न निर्दैशन दिएको धरेलु तथा साना उद्योग कार्यालय इनटहरीका प्रमुख राजन पाण्डेले बताए ।
मासु पसलमा समेत अनुगमन गरेको छ । झुम्कामा रहेको मिटमार्ट पसलमा अनुगमन गर्दा बाहिरै मासु राखेर बिक्री गरेको पाएको छ । बाहिर राखेर मासु बिक्रीगर्दा उपभोक्ताले अनजानमा अस्वस्थ्यकर मासु खानु परेको भन्दै व्यवस्थित गर्न नगरपालिका मातहतकालाई सुझाव दिएको छ । यसैगरी किराना पसलमा खाद्यान्नसंगै सुर्ति जन्य बस्तु बिक्री गर्दा बालबालिका हित बिपरित रहेकोले अनुमति लिएर छुट्टै राखेर बेच्नु पर्ने सुझाव दिएका छन् । सुझावलाई वेवास्ता गरे कानुनी कार्वाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । अनुगमन गर्दाको अवस्थामा खाद्य तथा किरानाका केही पसलहरु तत्कालै बन्द गरिएको थियो । अनुगमनबाट झुम्कामा रहेका सपिङ्ग सेन्टरमा पनि म्याद गुज्रिएको सामान पाएको छ ।
चाँडपर्वमा उपभोग्य बस्तु बढी खरिद बिक्री हुने भएकोले उपभोक्ता आफै सचेत हुनु पर्ने अनुगमनमा सहभागी नगर उपप्रमुख सविना चौधरीले बताइन् । स्वास्थ्य हितकालागी उत्पादन मिति, उपभोग्य मिति, म्याद नाघेको मिति हेरेर खरिद गर्नु पर्ने अनुरोध गर्दै सामाग्रीमा मुल्य पनि फरक रहेकोले मुल्यको यथार्थ बुझेर खरिद गर्नु पर्ने बताएकी हुन् ।
अनुगमनमा रामधुनी नगरपालिकाका राजस्व अधिकृत बिनय परियार, खानेपानी सरसफाई शाखा प्रमुख टिकाराम चौधरी, झुम्का उद्योग बाणिज्य संघ प्रतिनिधि सुजित राय, बिरेन्द्र साह, इश्वर चौधरी लगायत उपभोक्ता संरक्षण समितिका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

अगाडिकाे पाेस्ट

“साईवर अपराध” बाट बच्न रामधुनीका बालबालिकाहरुलाई सचेना र प्रशिक्षण

अर्काे पाेस्ट

‘भिम आचार्य ठुलो पदको नेता,संविधानको धारा पल्टाएर देखाइ दिनु पर्छ,सुहाउदैन बाटो खोल्नुस’, ः कोइराला

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft