मिति : २०८३ कार्तिक १० गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

काटेको धान बाढीले बगाउदा बर्षभरी खान पुग्ने रामधुनी नगरका किसानको गम्भिर चिन्ता

by By: रामधुनी खबर
कार्तिक ५, २०७८
653

सुनिल चौधरी
झुम्का, कार्तिक ५ । भित्रयाउने बेलाको धान डुबाएपछि रामधुनी नगरका किसान गम्भीर चिन्तामा परेका छन् । आइतबार रातिदेखि लगातार परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको छ । वर्षभरि खान पुग्ने गरी लगाएको धान थन्काउने समयमा आएको बेमौसमी बर्षा र बाढीले धानबाली बगाएको हो।
काटेर भित्रयाउन ठिक परेको धान हक्राहा खोलाको बाढीले बगाउदा रामधुनी नगरपालिका वडा न १ भादगाउँ नयाँ टोलका किसान सिताराम चौधरी चिन्तित बनेका छन् । उनले भने,‘ धान कटाएर राखेको थिए, चामलका लागी राम्रो हुने भनेर धान खेतमा सुकाएर दौनी गर्ने आशमा थिए, आसैआशमा १३ कठ्ठामा खानको लागि लगाएको धान बाढीले बगाएर सखाप पारेको छ, खेतमा एक मुठ्ठा पनि बाँकी नरहेको बताए’ । उनले धान नष्ट भएपछि खानको लागि चामल किन्न बाध्य भएको बताए । चौधरीले भने,‘१३ कठ्ठाको धान देखाएर गएको छ, लगभग ६५ मन धान नोक्सान भयो, कोरोनाको कहरबाट भर्खर उठ्दै गरेको अवस्थामा फेरि बर्षाले ढाल्यो’ । उनले किसानहरुको लागि राज्यले केही राहत दिनुपर्ने बताए ।
रामधुनी वडा नं. १ कै उज्वल शान्ति टोल विकासका किसान देविलाल चौधरीको १० कठ्ठामा लगाएको धान सबै हिलोमा लेपिएको छ । उन्ले भने, ‘पाक्न लागेको धान हिलोमा लेपिदा सबै नष्ट भएको छ, यता डेढ कठ्ठाको काटेको धान समेत बाढीले बगाउदा नोक्सान व्यहोर्नु परेको छ,’ । बर्षभरी खान पुग्ने धान हक्राहा खोलाले बगाउदा यस बर्ष चामल किनेर खानु पर्ने बताए । चौधरीले पालन गरेको माछा समेत बगाएर लगेको छ । पोखरीमा बाढीको भंगालो पस्दा ३ कुइन्टल माछा बगेको बताए । धान र माछा नष्टहुदा रु दुई लाखको मारमा परेको बताउदै चौधरीले भने,‘आँखै अगाडि आफ्नो धान र पोखरीको माछा बिजोग भयो, हेरेर बस्न बाहेक केही गर्न सकिनँ । सम्बन्धित निकायले केही राहत देहोस् भन्ने चाहना छ ।
हक्राहा खोलाको बाढीले रामधुनी वडा नं. किसान नेपाली चौधरीको ८ कठ्ठा, महेन्द्र चौधरीको ४ कठ्ठा, मानपुर चौधरीको २ कठ्ठा , केपीलाल चौधरी २ कठ्ठागरी दुइ दर्जन कृषकको धानबालीमा क्षति पुगेको हो । हक्राहा खोलाको बाढीले बर्षेनी क्षति निमत्याउने गरेको छ । बढ्दो प्लटिङ्ग, निकासको अभाव र नगरपालिकाको उदासिन्ताले रामधुनी वडा नं. १ का किसान मारमा पर्दै आएका छन् ।
रामधुनी वडा नं. २ कुम्याही पश्चिम टोलका पशुपालन किसानको समस्या पनि उस्तै देखिएको छ । कुम्याही पश्चिम टोलमा रहेको डिसिका सुंगुर फार्मको सबै सुंगुर बगाएको छ । सेरा खोलाको बाढीले २० वटा सुंगुर बगाउदा फार्मका संचालक डिसिका राईलाई पुँजीको अभाव भएको छ । अबका दिनमा पालनकालागी पुँजी अभाव भएको बताए । सोही टोलका इश्वर चौधरीको १० कठ्ठा पोखरीको माछा सखाप भएको छ । बाढीका कारण पोखरीको माछा बगाएर सखाप भएको स्थानीय अर्जुन चौधरीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

झुम्का अर्गानिक कृषि फर्ममा सेरा खोलाको बाढीले ९ हजार अण्डा दिने कुखुरा क्षति

अर्काे पाेस्ट

कोभिड–१९ महामारीपछि किशोरीहरु बिद्ययालय नफर्किने जोखिम

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft