मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिका लैङ्गिक हिंसा बिरुद्धको अभियानमा

by By: रामधुनी खबर
मंसिर ९, २०७८
655

राख संवाददाता
झुम्का, मंसिर ९ । रामधुनी नगरपालिकाले विहिवार देखी लैङ्गिक हिंसाको बिरुद्धमा अभियान सुरु गरेको छ । “घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ” राष्ट्रिय नारा सहित सचेतना स्वरुप झुम्का बजारमा प्रभातफेरी गर्दै लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु गरेको हो ।
अन्तराष्ट्रिय रुपमा प्रत्येक बर्ष २०२१ नोभेम्वर २५ देखि १० डिसेम्वर सम्म मनाउदै आएको लैङ्गिक हिंसा बिरुद्धको अभियान रामधुनी नगरपालिका, न्यायिक समिति, महिला,बालबालिका तथा जेष्ठनागरिक शाखा रामधुनी लगायत महिला समिति र महिला अधिकारकर्मिहरुले शसक्त रुपमा मनाउने भएको छ । रामधुनीको ९ वटै वडाको लैङ्गिक हिंसा भएको गाउँ, टोल, लक्षित वर्गको वस्तिमा प्रत्यक्ष भेला गराएर सचेतना र अन्तरक्रिया गरेर अभियानको सार्थकता ल्याउने जानकारी दिएको छ । प्रत्यक्ष भेलाले भएको र लुकाएका हिंसालाई उठानगरी पिडितलाई न्याय र पिडकलाई कार्वाहिको दायरा सम्म ल्याउने उधेश्य सहित रामधुनी नगरपालिकाले अभियानलाई सफल बनाउने भएको छ ।
प्रभातफेरी पश्चात आयोजित कार्यक्रममा पितृ शत्तात्मक सोचका कारण रामधुनीमा लैङ्गिक हिंसा हुने गरेको नगर उपप्रमुख सविना चौधरीले बताउनु भयो । कतिपय संस्कार र संस्कृतिले पनि विकृति ल्याउने गरेकोले जुनसुकै प्रकारको हिंसा भएपनि न्युनिकरणकालागी घरैबाट सुरु गर्नु पर्ने सुझाव ब्यक्त गर्नु भयो । १६ दिनको अभियान अन्तर्गत मात्र हैन रामधुनी नगरपालिकाले यसलाई सदैव निरन्तरता दिदै आएको बताउदै “म हिंसा गर्दिन, हुन दिन्न भएमा प्रतिकार गर्छु” यो धारणामा महिला पुरुष दुवै प्रतिबद्ध भए हिंसा न्युनिकरण हुने उपप्रमुख चौधरीले सुझात्मक धारणा राख्नु भयो ।
लैङ्गिक हिंसा न्युनिकरण हुनु नगरको सामाजिक विकासमा उपलब्धि पाउने भएकोले हिंसा विरुद्ध नगरवासीको एकजुटता हुनु पर्ने प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापाले बताउनु भयो । “यस बर्षको समुदाय स्तरिय अभियानले लैङ्गिक हिंसा बिरुद्ध शसक्त हुने छ”, अधिकृत थापाले भने, “अभियानले उपलब्धि पाउदै रामधुनी नगर लैङ्गिक हिंसा मुक्त नगर घोषणा गर्न सकौ” ।
आजबाट अभियान सुरु भएको छ । अभियानले अधिकार कर्मिहरुमा हिंसा विरुद्ध लड्न सक्ने प्रोत्साहन हुने र हिंसा हुने अवस्थाको पहिचान गर्न सक्ने महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख मोनाश्री आचार्यले जानकारी दिनुभयो । अभियानमा सहभागी हुदै इलाका प्रहरी पकलीका प्रमुख प्रकाश थापाले हिंसा भए वा थाहा पाउनु भए प्रहरीलाई खबर गर्न अनुरोध गर्नु भयो । समयमै खबर भए कार्वाही गर्न सहजहुने भएकोले हिंसा नलुकाउन सुझाव ब्यक्त गर्नु भयो । अभियान सुरु संगै हिंसा विरुद्ध अभियान सफल बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षरगरी प्रतिबद्धता समेत जनाएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरको ९० जना अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा (ब्ल्याङ्केट) वितरण

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाले बृहत यौनिकता शिक्षामा जोड दिदै

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft