सुनिल चौधरी
झुम्का, मंसिर १० । शान्ति सुरक्षाको जग बलियो हुन पाँच क्षेत्रमा सुशासनको अपरिहार्यता रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्र.जि.अ) इन्द्रदेव यादवले बताउनु भएको छ । सुनसरीका नागरिक संगठनका प्रतिनिधिहरु संगको सुक्रवार भएको अभिमुखिकरण कार्यक्रममा राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीय र नैतिक क्षेत्रमा सुशासन हुन सके विकास, समृद्ध र शान्ति सुरक्षा बलियो हुने बताउनु भएको हो ।
राज्यमा साशसन व्यस्था भएपनि अपादर्शिता, अनियमित्ता, भ्रष्टचार, हिंसाको अवस्था जगजाहेर रहेकाले सुशासनको अवधारणा ल्याउनु परेको बताउनु भयो । ”सुशासनलाई नागरिक संलग्नता, अर्थपुर्ण उपस्थिती, आवाज उठान, उत्तरदायित्वले मापन गर्न सकिने छ“, ”राजनीतिक स्थिरता, विधिको साशन, साना ठुला सवैकोलागी सम्मान व्यवहारनै सुशासन हो“ भन्दै प्र.जि.अ यादवले भन्नु भयो, नागरिक संगठन बिशुद्ध रुपमा स्वतन्त्र संगठन रहेकोले तिनै तहका साशन प्राणालीलाई सुदृढीकरण गर्न अग्रसर हुनु पर्छ“ ।
सामाजिक परिवर्तन केन्द्र काठमाण्डौको सहयोगमा इनरुवामा संघीय सुशासन सबलिकरणकालागी नागरिक सहभागीताको प्रवद्र्धन गर्न नागरिक संगठनका सदस्यहरुको क्षमता अभिबृद्धि तालिममा सुशासनको अर्थ, सुशासनकालागी बाधकतत्व र राम्रा अभ्यासहरुको बारेमा प्र.जि.अ यादवले जानकारी दिदै संगठनका प्रतिनिधिहरुसंग सुशासनका बारेमा अन्तरक्रया गर्नु भएको हो । तालिममा नागरिक संगठन समाजको अवधारणा, विधान, नीति, नियम, संगठनका पदाधिकारीहरुको काम कर्तव्य, सोच, लक्ष्य, रणनीति,संस्थागत विकासमा नतृत्वको भुमिका,नागरिक संलग्नताको अवधारणा,औजार,संस्था संचालनकालागी श्रोत, संजाल र सहकार्यका साथै मिडिया संगको सम्बन्ध विस्तारका बिषयमा उठानगरी क्षमता अभिबृद्धि गराएको छ ।
तिन दिवसिय तालिममा सुनसरीका तिन पालिका रामधुनी नगरपालिका, कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका २५ जना नागरिक संगठनका प्रतिनिधिको सहभागीता रहेको छ । सुशासन बिषयमा दिवेस सायमि, फटिक थापा, कबिता चापागाईले सहजिकरण गरिरहेको छ । तालिम इनरुवा बिहिवार, सुक्रवार र सनिवार तिन दिवसिय हुदै छ ।
