मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी १ नं. वडामा पारिवारिक कलह हिंसाको प्रमुख कारण रहेको लैङ्गिक हिंसा बिरुद्धको अभियान कार्यक्रमद्धारा उठान

by By: रामधुनी खबर
मंसिर ११, २०७८
603

चन्द्रकला चौधरी
झुम्का, मंसिर ११ । रामधुनी १ नं. वडामा पारिवारिक कलह हिंसाको प्रमुख कारण रहेको लैङ्गिक हिंसा बिरुद्धको अभियान कार्यक्रमद्धारा उठान भएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत लक्षित वर्गको टोल वस्तिमा गएर सचेतना गर्ने निर्णय अनुसार सनिवार रामधुनी १ नं.वाडामा कार्यक्रम आयोजनाले परिवारमा कलह र झैझगडाबाट बढी मात्रामा हिंसा हुने गरेको खुलासा भएको हो ।
दुव्यशनी, मादकपदार्थको सेवन, आसंका, बिपन्नता, आर्थिक कमजोरीले परिवारमा कलह उत्पन्न हुदै महिला माथी गालिगलौज, कुटपिट जस्ता हिंसा हुने गरेको पाइएको छ । अभियान अन्तर्गत वडाको नवज्योती टोल विकासमा पहिलो कार्यक्रम गरिरहदा स्थानीय महिलाहरुले श्रीमान श्रीमती बिच मतभेद भएर सम्बन्धबिच्छेद, घरनिकाला, गालिगलौज र कुटपिट हुने हिंसाका कारणहरु खुलाएका छन् । हिंसा भित्र भित्रै बढीरहदा पनि बाहिर आउन सकेको छैन । कतिपयले डर र त्रासका कारण लुकाएर राखेको अवस्था छन ।
सो टोलका एकजना विल्डिङ्ग साइडमा काम गर्दै आएकी ४० बर्षिय महिलाले भनिन्, “श्रीमानले मादक पदार्थ सेवनगरी घर आएर विना कारण आसंका गर्ने र झैझगडा गर्ने गरेको छ” यसबाट आफु हिंसामा परेको बताइन् । अभियान कर्ताहरुको प्रत्यक्ष आयोजित कार्यक्रमले सो ४० बर्षिय महिला हिंसा बारेमा पहिचान गर्न सक्दै मनको पिडा खोलेकी हुन् । यस प्रकारका हिंसामा वडाका धेरै महिला पिडित भएको कार्यक्रमबाट जानकारीमा आएको छ । यसैगरी हिंसाका कारणहरुमा बालविवाह, बालिकालाई ललाई फकाई भगाएर शारीरिक सम्पर्क गर्ने, अभिभावकलेनै बालविवाहमा प्रोत्साहन गर्ने जस्ता वडामा हिंसा हुने कारणहरु उठान भएका छन् ।
हिंसा अपराध भएकाले अभियानबाट संकलन भएका हिंसा जन्य घटनाहरु न्युनिकरण गर्न ठोस योजना बनाउन सकिने लगायत पिडकलाई कार्वाहीको दायरमा उभ्याउन सहयोग मिल्ने अभियान कार्यक्रममा प्रत्यक्ष सहभागी भएका प्रमुख प्रशासकिय अधिकृत कमल थापाले बताए । रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थापा समुदाय स्तरमै गएर सचेतना कार्यक्रमा सहभागी हुने पहिलो अधिकृत रहेकोले महिला अधिकार कर्मिहरुले कण्ठवचनले सम्मान समेत गरेका छन् ।
अभियान कार्यक्रममा अधिकृत सुवोध निरौला, शिक्षा शाखाको कल्पना कार्की, वडा सदस्य उमा थरुनी, इलाका प्रहरी पकलीका उमेश केशी, लक्ष्मी राई, नगर महिला समितिकी अध्यक्ष डायन्द्रा ढुंगाना, थारु महिला उत्थान समाजकी अध्यक्ष सिता थरुनी, सचिव सनम चौधरी लगायत महिला अधिकार कर्मिहरुको उपस्थिती थियो । हिंसालाई दुरुत्साहित गर्दै स्वच्छ र हिंसा मुक्त समाज निर्माणकालागी रामधुनी नगरपालिकाको सहयोग, महिला बालबालिका तथा जेष्ठनागरिक शाखा, नगर र वडा महिला समितिको समन्वयमा थारु महिला उत्थान समाजले आयोजना गरेको हो । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा भोली आइतवार रामधुनी २ नं. वडाको मोचि टोलमा बिहान ११ बजे देखी हुने नगरपालिकाले जनाएको छ ।

अगाडिकाे पाेस्ट

“शान्ति सुरक्षाको जग बलियो बनाउन पाँच क्षेत्रमा सुशासनको अपरिहार्यता” ः सुनसरी प्र.जि.अ.यादव

अर्काे पाेस्ट

धानमा क्षति बेहोरेका पीडित किसानले ६५ प्रतिशत राहत पाउने, राहत रकम जिल्लामा

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft