मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी वडा नं.२ को मोचीटोलमा लैङ्गिक हिंसा बिरुद्ध सचेतना अभियान, मोची समुदाय उपेक्षीत किन ?

by By: रामधुनी खबर
मंसिर १३, २०७८
544

राख संवाददाता
झुम्का, मंसिर १३ । लैङ्गिक हिंसा पहिचानगरी न्युनिकरण गर्ने उधेश्यले रामधुनीको लक्षित वर्ग टोल वस्तिमा अभियान संचालन गरिरहेको छ । रामधुनी नगरपालिकाको आयोजनामा महिला संघ संगठन अधिकार कर्मिहरुले अभियानबाट हिंसा हुने कारण तथा लुकेका समस्याहरुको बारेमा उठान भै रहेको छ ।
नगरमहिला समितिको सहजिकरणमा आइतवार रामधुनी वडा नं. २ मोची टोलमा आयोजित लैङ्गिक हिंसा बिरुद्धको कार्यक्रममा मोची समुदाय बिभेदमा परेको उठान भएको छ । टोलका स्थानीयहरुको भेलाबाट समाजमा मोची समुदायलाई हेर्ने दृष्टि फरक रहेको बताए । सोच र व्यहारले अझै जातिय विभेदका समस्याहरु रही रहेकोले यसबाट हिंसा निम्तिन सक्ने धारणा ब्यक्त गरेका छन् । यसैगरी मोची समुदाय उपेक्षीतमा परेको जानकारी दिएका छन् । नगरपालिका तथा वडा कार्यालयबाट हुने विकासका कार्यक्रमहरुबाट उपेक्षित भएको बताए । वडा नं. २ मा धेरै विकासका कामहरु भए पनि मोचि टोलमा तुलनात्मक रुपमा हुन नसकेको गुनासो गरेका छन् । वडाकार्यालयबाट सार्वजानिक कार्यहरु आयोजनाहुदा सो कार्यक्रमहरुको सुचना र सहभागीबाट बञ्चित हुने गरेकोले मोची समुदाय उपेक्षित भएको बताएका हुन् ।
यसैगरी अभियान संचालन गर्ने स्थान निणर्य भए पनि २ नं. वडा कार्यालयले वास्ता नगरेको महिला अभियान कर्मिहरुले जानकारी दिए । अभियानलाई प्रभावकारी बनाउन लक्षित वर्गको समुदाय टोल वस्तिमै गएर अभियान कार्यक्रम गर्ने निर्णय भएपनि सो अनुसार कार्यान्वयन नभएको नगर महिला समितिकी अध्यक्ष डायन्द्रा ढुंगानाको गुनासो रहेको छ । अभियान समुदाय टोल स्तरमै गएर आयोजना गर्दा प्रभावकारी हुने भन्दै अबका दिनमा सरोकारवालाले ध्यान दिनु पर्ने ढुंगानाको अनुरोध रहेको छ ।
मोची टोलको अभियान कार्यक्रममा डायन्द्रा ढुंगाना, कल्पना अधिकारी, सिता चौधरी, सोम कुमारी सुनुवार, गयावती चौधरी लगायतका महिला अधिकार कर्मिहरुको उपस्थिती थियो ।

अगाडिकाे पाेस्ट

धानमा क्षति बेहोरेका पीडित किसानले ६५ प्रतिशत राहत पाउने, राहत रकम जिल्लामा

अर्काे पाेस्ट

दिवङ्गत पितृ उद्धारलागी रामधुनी मन्दिरमा शतबीज छर्ने भक्तजनको घुइँचो (फोटो सहित)

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft