मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

दिवङ्गत पितृ उद्धारलागी रामधुनी मन्दिरमा शतबीज छर्ने भक्तजनको घुइँचो (फोटो सहित)

by By: रामधुनी खबर
मंसिर १७, २०७८
677


सुनिल चौधरी
झुम्का, मंसिर १७ । दिवङ्गत पितृ उद्धारकालागी सुक्रवार (आज) रामधुनी मन्दिरमा शतबीज छर्ने भक्तजनहरुको घुइँचो लागेको छ । विहिवार साँझ देखिनै भक्तजनको भिड लागेको रामधुनी मन्दिरमा सुक्रवार बिहान ४ बजे देखि निकै ठुलो भिड लागेको हो ।
मन्दिरको पुर्व झुम्का जाने बाटो दुई किलोमिटर सम्म सवारी र मानिसको चाप बढेको छ । चाप नियन्त्रण गर्न बिहानै देखी ट्राफिकहरु परिचालन भएको छ । रामधुनी मन्दिर धार्मिक आस्थाले सशक्त मानिएकोले यहा शतबीउ छर्न नेपालभरीका भक्तजनका साथै छिकेमी मुलुक भारतबाट समेत यहा आउने गरिन्छ । त्रेता युगमा भगवान रामले तापेको धुनी अहिले सम्म पनि रहेको हुनाले रामधुनी मन्दिर धार्मिक मान्यतामा ठुलो रहेको छ ।
ऐतिहासिक धार्मिक स्थल रामधुनी मन्दिरमा शतबीज छर्नाले उचित स्थान नपाएका पितृहरूले उचित स्थान पाउने तथा उचित किसिमले मृत्युपर्यन्त गरिने संस्कार सम्पन्न गर्ने क्रममा अन्जानमा केही भूल भएको भए पितृले मुक्ति पाउने विश्वास गरिन्छ । यस्तैगरी आज पवित्र मनले छरेका सत्बिउबाट उम्रेका बिरुवाबाट पितृले वर्षैभरि खान पाउँछन् भन्ने पनि जनविश्वास रहेको पाइन्छ । आफन्त वा प्रियजन बितेका तथा आशौच बारेकाहरूले अनिवार्य रूपले उनीहरूको सम्झनामा सत्बिउ छर्ने गर्दछन् । यसो गर्नाले पितृले मुक्ति पाउने, पितृले राम्रो स्थान पाउनुका साथै आफूले पनि राम्रो फल पाउने, पुण्य प्राप्त हुने विश्वास गरिन्छ । आजका दिनमा गरिब, असहायहरूलाई चोखो मनले गरिने अन्न, फलफूल, द्रव्य, दानबाट समेत अतुलनीय पुण्य प्राप्ति हुन्छ भन्ने पनि विश्वास गरिन्छ । यसै बिश्वास अनुसार रामधुनीमा यस बर्ष एक लाख भन्दा बढी भक्तजन दर्शन गरेको अनुमान गरिएको छ ।
मन्दिरमा २०२५ साल देखि हाल सम्म महन्त काशिदास उदासिन पूजारी रहनु भएको छ । रामधुनी मन्दिरमा आज दिनभरी मेला लाग्ने महिनारायण दासले बताए । बाला चतुर्दशिमा एक दिन अगाडी साँझ देखिनै मेला लाग्ने र भोली पल्ट मध्यान्ह सम्म भेला रहने गरेको बताए । त्याहाँको मुल मन्दिर धुनी मन्दिर हो, जसमा देव प्रतिमाहरुका बदलामा एउटा साजको मूढा जलाएर राखिएको छ । रामधुनीमा पूजा आजा हुने प्रमुख वस्तु पनि त्यहीनै हो । त्यही मूढा जलेको खरानीलाई रामधुनीको प्रसादका रुपमा प्रयोग गर्ने चलन छ । यहा धार्मिक अनुष्ठानका कलावस्तुहरुमा धुनीघर, दरबार मन्दिर, सिता कुण्ड(कमण्डलु कुण्ड)गौशाला, श्री चन्द्रजीको प्रतिमा, मनच्निते चिम्टा, कनाघर, तरलसा मठ, रथको पांग्रा, चन्द्रमन्दिरपुरानो इनार, सिद्धि प्राप्त घाटरहेको दासले बताए । रामधुनी मन्दिर प्रदेश १ सुनसरीको झुम्का बजार देखी करिब सात किलोमिटर पश्चिममा रामधुनी मन्दिर रहेको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी वडा नं.२ को मोचीटोलमा लैङ्गिक हिंसा बिरुद्ध सचेतना अभियान, मोची समुदाय उपेक्षीत किन ?

अर्काे पाेस्ट

रामधुनी नगरमा ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न,“अपाङ्गता मैत्री नगर घोषणाको माग”

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft