मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरमा ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न,“अपाङ्गता मैत्री नगर घोषणाको माग”

by By: रामधुनी खबर
मंसिर १७, २०७८
515


सुनिल चौधरी
झुम्का, मंसिर १७ । रामधुनी नगरमा सुक्रवार ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । नेपाल अपाङ्गता नगर समिति रामधुनीले अपाङ्गता भएको ब्यक्तिको रोजगार सुनिश्चत्ता र अधिकार व्यवस्थितको माग गर्दै दिवस मनाएको हो ।
कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तिको हकहितको नारा सहित ¥याली र औपचारिक कार्यक्रम गरेको हो । नगरपालिकाबाट ¥याली सुरु गर्दै झुम्का बजार परिक्रमागरी नगरपालिकाको प्रांगनमा कार्यक्रमा परिणनत गरेको थियो । “अपाङ्गता मैत्री नगर घोषणा गर”,“अपाङ्गता भएका ब्यक्तिहरुको सार्वजानिक यातायातमा छुटको व्यस्था कार्यान्वयन गरौँ”,“अपाङ्गता ऐन–२०७४ कार्यान्वयन गरौं”, “अपाङ्गता मैत्री संरचनाको व्यवस्था गरौं”,“अपाङ्गता भएका ब्यक्तिहरुलाई स्वरोजगार बनाउन”, “अपाङ्गता भएका ब्यक्तिहरुलाई सभ्यभाषा बोल्ने गरौं”,“अपाङ्गता भएका ब्यक्तिहरुलाई हेला होइन सम्मान गरौं” हकहितका नारा सहित ¥याली सम्पन्न गरेको हो ।
नगर प्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । आयोजित कार्यक्रममा नगरप्रमुख चौधरीले नगरको अपाङ्गता भएका ब्यक्तिहरु हकअधिकारमा जागरुक रहेकोले नगरपालिका धन्यभएको बताउनु भयो । जागरुकले नगरपालिकाको ध्यानआकर्षण हुने भएकोले सुझात्मरुपमा आएको माग नगरपालिका सम्बोधन गर्न सदैव प्रतिबद्ध रहेको र रहिरने बताउनु भयो । अपाङ्गता भएका ब्यक्तिहरुको माग मुद्धा जायज रहेकोले नगरपालिका थप योजना सहित कार्यक्र्रमलाई निरन्तरता दिने उपप्रमुख तथा अपाङ्गता समन्वय समितिका संयोजक सविना चौधरीले धारणा ब्यक्त गर्नु भएको छ । नगरमा उहाँहरुकै इच्छा अनुसार स्वरोजगार कार्यक्रम, सहायक सामाग्री वितरण गर्दै आएको र यस बर्ष पनि कार्यक्रम संचालन हुने जानकारी दिनु भयो । रामधुनी नगरमा अपाङ्गता मैत्री समाज निर्माण गर्न नगरपालिकाको नीति सशक्त कार्यान्वयन हुने प्रमुख प्रशासकिय अधिकृत कमल थापाले बताउनु भयो । प्रत्येक योजनामा सबै नगरवासिको साथ र सहयोग संग संगै विकासका कार्यहरु अगाडी बढ्ने अधिकृत थापाले आफ्नो भनाई राख्नु भयो ।
अपाङ्गता अधिकार कर्मिहरुले रामधुनी नगरका अपाङ्गता भएका ब्यक्तिहरुलाई क्षमता अनुसार रोजगारीको अवसर सिर्जना गर्नु पर्ने उठान गरेका छन् । अपाङ्गता नगर समिति सह–सचिव राधा चौधरीले कार्यक्रममा स्वागत मन्तब्य राख्ने क्रम्मा अपाङ्गता भएका ब्यक्तिहरुको दिनचर्याको अनुगमनगरी सो अनुसार सहयोग उपलब्ध गराई समस्याहरुको सहज बनाउनु पर्ने माग राखेका छन् । अपाङ्गता भएका ब्यक्तिहरुको बैठक गर्न कार्यालय ब्यवस्थापनमा सहयोग नभएको, बजेट विनियोजनमा कन्जुसियाई रहेकोले नगरपालिकाले ध्यान दिनु पर्ने चौधरीले माग उठान गरेका हुन् ।
नेपाल अपाङ्गता नगर समिति रामधुनी अध्यक्ष डिल्ली चौलागाइको सभापतित्वमा आयोजित कार्यक्रममा करुणा फाउण्डेसनकी दिपिका कट्टेल, वडा अध्यक्ष घनश्याम चौधरी, नेकपा एमाले नगर समिति उपाध्यक्ष प्रदिप खनाल लगायतका बक्ताहरुले बोलेका थिए । कार्यक्रम रामधनी नगरपालिकाको सहयोग रहेको थियो भने कार्यक्रम नगर सचिव गोविन्द बिष्टले संचालन गरेको थियो ।

अगाडिकाे पाेस्ट

दिवङ्गत पितृ उद्धारलागी रामधुनी मन्दिरमा शतबीज छर्ने भक्तजनको घुइँचो (फोटो सहित)

अर्काे पाेस्ट

उज्वल उपभोक्ता सहकारीको १३ औँ साधारण सभा, निक्षेप : रु १ करोड ३३ लाख ३९ हजार ८२२

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft