राख संवाददाता
झुम्का, मंसिर १८ । रामधुनी वडा नं. ५ मा रहेको उज्जवल उपभोक्ता सहकारी संस्थाको शनिवार बार्षिक साधारण सभा सम्पन्न भएको छ । नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सहकारीको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा अध्यक्ष भरत कार्कीले आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेका छन् । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले यस बर्ष रु १ करोड ३३ लाख ३९ हजार ८२२ रुपैया संकलन भएको अध्यक्ष कार्कीले जानकारी दिए । गत बर्ष भने रु १ करोड २१ लाख ७५ हजार ७१३ रुपैया संकलन भएको थियो । संस्थाको शेयर पुंजि रु ५१ लाख ८५ हजार ५०० रहेको छ ।
१३ औँ बार्षिक साधारण सभाबाट असल बचत कर्ता र ऋणीलाई सम्मान गरेको छ । मासिक बचत तर्फ उत्कृष्ट भएका बद्री माझिलाई संस्थाले सम्मान गरेको छ । बृद्ध बचत तर्फ छविलाल निरौला, बाल बचत तर्फ आरध्या गेलाल, असल ऋणी तर्फ सन्तोष साहलाई सम्मान गरेको अध्यक्ष कार्कीले जानकारी दिए । संथाले बचत तथा ऋण लगानीका साथै उपभोक्ता हितकालागी सेवा प्रवाह गर्दै आएको छ । उपभोक्ताहरुमा उपभोग्य वस्तु सहज पहुच पु¥याउन दुग्ध डेरी संचालनमा ल्याएको छ । बैशाखबाट संचालन गरेको डेरीबाट दुग्ध बिक्री बितरण तथा दुग्धबाट बन्ने परिकारहरु उत्पादन गर्ने जनाएको छ ।
कार्यक्रममा सत्यनारायण चौधरी, आशोक रेग्मी, प्रकाश चौधरी लगायतका बक्ताहरुले साधारण सभा सफलताको कामना गर्दै संस्था प्रगतीको शुभकामना दिएका थिए ।
झुम्का छठघाट प्राङ्गणमा राती दुई युवा समुह बीच कुटाकुट र हानाहानले ६ युवा घाइते
रामधुनी खबर संवाददाताझुम्का, कार्तिक २३ । झुम्का छठघाटमा दुई युवा समुह बीच कुटाकुट भएको छ । मादक पदार्थ सेवन गरेर आएका युवाहरु छठपर्वको भिडभाडमा विवाद भएपछि हानाहाना भएको हो ।कुटाकुट...