मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सुनसरीमा महिला र बालिकामा हिंसा बढ्दो, विभिन्न २७६ घटनामा २०७ महिला, ५३ बालिका हिंसा पीडित

by By: रामधुनी खबर
मंसिर २३, २०७८
526

सुनिल चौधरी
झुम्का,मंसिर २३ । सुनसरीमा पछिल्लो घटनाक्रम हेर्दा महिला र बालिका हिंसा बढ्दो देखिएको छ । जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादवको उपस्थितीमा विहिवार मानव अधिकार हनन् तथा उल्लघंनका घटनाहरु सर्वेक्षण गरेको प्रतिवेदन सार्वजानिक अनुसार तुलनात्मक रुपमा महिला र बालिकामा जघन्य अपराध जस्ता हिंसा बढेको देखिएको ह
इन्सेक संस्थाले गरेको पीडित संगको प्रत्यक्ष सर्वेक्षण संकलित अनुसार विभिन्न अपराधिक, मानव अधिकार हनन् तथा उल्लघंनका २७६ घटना देखिएको छ । सो घटना मध्ये २०७ जना महिला पिडित देखिएको छ भने ५३ बालिका हिंसा पिडित सहनु परेको छ । बालिकामा बलात्कार, बलात्कारका प्रयास, बालविवाह, बाल यौन दुरव्यवहार, अपहरण, बेचबिखन, बाल बिज्याईको घटना भएको छ । महिलामा घरेलु हिंसा बढी पाएको छ ।
सुनसरीमा एक बर्ष भित्र २०२१ जनवरी देखी डिसेम्बर ८ सम्म संकलित घटना अनुसार घरेलु हिंसा ९० वटाहुदा सो घटनामा ८९ जना महिला मात्र रहेको छ भने १ पुरुष हिंसामा परेको छ । बलात्कारको ८० घटनाहुदा महिला ६७ र बालिका १३ जना बलात्कृत भएको छ । बलात्कारका प्रयासमा २६ घटना मध्ये महिला १० जना हिंसामा परेकाछन भने बालिका १६ जना रहेको छ । बहुविवाह ३५ वटा भएको छ । १४ बालिकामा यौन दुरव्यवहार भएको छ । हत्याको घटनामा घर झगडामा २ जना महिलाको हत्या भएको छ । यसैगरी हिंसामा एसिड प्रहार, बोक्सी आरोप, बेचबिखन घटना पनि बढ्दो छ । अपराधिक घटना प्रस्तुत गर्नेक्रममा ४ पत्रकारलाई धम्कि आएको घटना समेत उल्लेख रहेको छ । यी घटनाहरु प्रतिनिधिको रुपमा आएको मात्र हुन् । लुकेका र लुकाएका घटना धेरै रहेको उपस्थित अधिकार कर्मिहरुले बताएका छन् ।
बाहिर ल्याएको घटनाको तथ्याङ्क प्रत्येकघटनाको मिति, पीडितको नाम, पीडकको नाम, उमेर, घटनाको प्रकृति, कार्वाही,उपचार, हनन्, उल्लघंन तथा अपराध र मानव अधिकारको बिषय गोप्य राखिएको छ । प्रस्तुत गरेको घटना इन्सेकले मानव अधिकार बर्षपुस्तक २०२२ बाट विवरण सहित प्रकाशन गर्ने जिल्ला प्रतिनिधि जयकृष्ण यादवले जानकारी दिए । प्रकाशन पुर्व घटनाका बिषयहरुका समिक्षा गरेको हो । इन्सेकले प्रत्येक बर्ष सुनसरीमा मानव अधिकार हनन् तथा उल्लघंनका घटनाहरु संकलनगरी घटना न्युनिकरणकालागी सहजीकरण गर्दै आएको छ ।
बिशेष घटनाहुनु र घटना भएपनि पीडितले न्याय नपाउनु र पीडक उन्मुक्ति पाउनुको कारण राजनीतिक अस्थिरता, नीति नियमको फितलो कार्यान्वयन, नैतिकता, इमानदारिता र जवाफदेहिताको अभावले अपराधिक घटना र हिंसा हुने गरेको सहभागीहरुले औल्याएका छन् । इन्सेकमा कार्यरत रहेका तिन जनालाई सम्मन समेत गरेको छ । सम्मानित हुनेमा राजकुमार सर्मा, नुनु साह र शोभा मेहतालाई सम्मान गरेको इन्सेक जिल्लाले जनाएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनीमा करारका कर्मचारी म्यादथपको निर्दैशिका अनुमोदन, निर्दैशिकाले विवाद सामाधन, योजनालाई द्रुतगती मिल्ने

अर्काे पाेस्ट

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीको अधिवेसन स्थगित

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft