मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीको अधिवेसन स्थगित

by By: रामधुनी खबर
मंसिर २८, २०७८
698

सुनिल चौधरी
झुम्का, मंसिर २८ । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सुनसरीको तेस्रो अधिवेसन स्थगित भएको छ । सदस्य नविकरण र नयाँ सदस्यता विवादले अधिवेसन हुन नसकेपछि मंगलवार उद्घाटन सत्र सकेर बन्द सत्र सुरुहुनु अगावै जिल्ला अधिवेसन स्थगित भएको हो ।
निर्वाचन संयोजक हर्ष सुब्बा, अध्यक्ष धिरेन्द्र चौधरी, प्रदेश सदस्य प्रदिप चौधरी लगायत निर्वाचन समितिको हस्ताक्षरित निर्णय अनुसार स्थगित भएको जानकारी दिए । सदस्यता बिषयलाई छानविनगरी टुंगो लगाएर मात्र बन्द सत्र सुरु हुनु पर्ने माग गरेपछि निर्वाचन समिति तथा कार्यसमितिले स्थगित गरेको छ । समितिले अर्को निर्णय नआएसम्म स्थगित गरेको छ । मिति भने तोकिएको छैन् । पुरानो सदस्य नविकरणमा छुटेको र नयाँ सदस्यहरुको कागजात नमिलाई छनौट गरेकोले गैर पत्रकार हावि भएको भन्दै सदस्यतामा समितिले नियतवस गरेको भन्दै अधिवेसन सहभागीहरुले गुनासो गरेका छन् । फोनिज सुनसरीमा हालको साधारण सदस्य सार्वजानिक भए अनुसार नविकरण ५४ जना र नयाँ सदस्यता ८१ जना छनौट भएको छ ।
यसैगरी जिल्ला अध्यक्षको नेतृत्व पदमा सर्वसहमती हुने छाटकाट नभएपछि सदस्यता विवाद आएको पनि देखिन्छ । अध्यक्षको तिन उमेदवारको अडानले चुनावी हुने र पक्षिय रुपमा जित्न नसक्ने देखिए पछि बिशेष नयाँ सदस्य नियुक्तिको विवाद उब्जिएको माहोल आएको अनुमान गर्न सकिन्छ । अध्यक्ष पदमा तिन उमेदवार निसान चौधरी, नविन गुरुङ्ग र शिशिर राई छन् । सर्व सहमतकालागी अध्यक्ष पदमा समावेसीता, बर्तमान समितिमा कार्यभार सम्हाल्न सक्ने क्षमता, पद अपग्रेड गर्नेगरी ल्याएको ट्रिक समेत नलाग्दा सहमति सम्म पुग्न नसकेको हो । आदिवासी पत्रकारहरुको सदस्य बढ्नु माग मुद्धामा फोनिज शसक्त हुने उधेश्य समेत रहेको भएता पनि स्वार्थ पुर्ण रुपले आएका गैरपत्रकारहरु मुद्धा कमजोर बनाउन सक्ने भएकोले सदस्यता छानविन हुनु पर्ने जोड गरेको हो । आदिबासी जनजातिको हक अधिकारको वकालत गर्ने, आदिबासी पत्रकारको क्षमता अभिबृद्धि गरी मेनस्ट्रिम मिडियामा प्रतिनिधित्व गराउने, नेपाली मिडियाको कन्टेन्ट समावेशी चरित्रको बनाउन फोनिजले स्थापनाकालदेखि पहल गर्दैआएको छ ।
आदिवासी जनजातीहरुको माग मुद्धा शसक्त उठान गर्न गठित फोनिज महा संघमा आबद्ध पत्रकारहरु पदिय विवादमा नअल्झिएर मुद्धा केन्द्रित संगठित हुनु पर्ने बक्ताहरुले जोड दिएकाछन् । आदिवासीहरुको पहिचान, संस्कृति, भाषा, लिपि राज्यद्धारा दबाएकोले संरक्षण गर्न शसक्त रुपमा कलम चलाउनु पर्ने भन्दै बक्ताहरुले जोड दिएका हुन् । कार्यक्रम फोनिज प्रदेश अध्यक्ष अर्जुन जनमेली राईको प्रमुख आतिथ्यतामा भएको छ । कार्यक्रममा रामधुनी नगर उपप्रमुख सविना चौधरी, अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य अमर खड्का, सुनसरी अध्यक्ष जनक ऋसि राई लगायतका बक्ताहरुले अधिवेसन सफलताको शुभकामना दिएका छन् । अधिवेसन जिल्ला अध्यक्ष धिरेन्द्र चौधरीको सभापतित्वमा भएको छ ।
फोनिज संघीय समितिको बैठकले मंसिर २५ गते एकै दिन सबै शाखाको जिल्ला अधिवेशन सम्पन्न गर्ने, पुस १७ गते एकै दिन प्रदेश कमिटीको महाधिवेशन सम्पन्न गर्ने र आगामी माघ ७ र ८ गते संघीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार जिल्ला शाखाको अधिवेशन सम्पन्न हुँदैछ । फोनिजको संघीय अध्यक्ष अहिले डण्ड गुरुङ रहनुभएको छ ।
आदिबासी जनजाति पत्रकारको छाता संगठन फोनिजमा अहिले देशभर ५६ जिल्ला शाखा छन् । ६ वटा विदेश शाखा छन् । ७ वटा प्रदेश कमिटी रहेको फोनिजमा देशभरबाट चार हजार बढी पत्रकार आवद्ध छन् । फोनिजले ३७ सदस्यीय संघीय समिति, २१ सदस्यीय प्रदेश समिति र १३ सदस्यीय जिल्ला समिति रहने व्यवस्था गरेको छ । त्यस्तै तीन सदस्यीय लेखा समिति पनि संघीय महाधिवेशनबाट निर्वाचित गर्ने वैधानिक व्यवस्था छ । वि.सं. २०५६ साउन २७ गते विधिवत दर्ता भई सञ्चालनमा रहेको फोनिजको शाखा विस्तारको काम जारी रहेको छ । केन्द्रीय महाधिवेशनसम्म करिब ६० जिल्लामा फोनिज विस्तार हुने विश्वास फोनिजको छ ।

अगाडिकाे पाेस्ट

सुनसरीमा महिला र बालिकामा हिंसा बढ्दो, विभिन्न २७६ घटनामा २०७ महिला, ५३ बालिका हिंसा पीडित

अर्काे पाेस्ट

निर्माण मजदुर संगठन क्यूपेक रामधुनीको चौथो अधिवेशन...सुरक्षित कार्यस्थल र मर्यादित रोजगारको माग

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft