राख संवाददाता झुम्का

पुष २३ । सुनसरी मोरङ्ग सिंचाई आयोजना अन्तर्गत रहेको जल उपभोक्ता समन्वय समिति (एस.एस.जे.) झुम्का शाखाको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । जल उपभोक्ता समितिको केन्द्रिय अध्यक्ष रामप्रसाद मेहताको प्रमुख आतिथ्यतामा समितिको प्रगति र आर्थिक प्रतिवेदन पार्दशिता गर्दै ११ औँ साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा अध्यक्ष डुनारायण चौधरीले प्रगती प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रस्तुत प्रतिवेदन अनुसार शाखाले क्षेत्र अन्तर्गतका किसानहरुलाई सहज सेवा प्रदान गदै आएको बताए । थप सेवाकालागी आफनै भवन निर्माण गरेको जानकारी दिए । किसानको प्रत्यक्ष समस्या निदानकालागि रामधुनी वडा नं. १ मा भवन निर्माण गरेको छ । ११ औँ साधारण सभा समेत आफनै भवनमा समपन्न गरेको छ । भवन निर्माणमा थप सहयोगकालागी उपभोक्ता मुल समितिबाट रु १ लाख सहयोग गर्ने मुल उपभोक्ता समितिका अध्यक्ष मेहताले उद्यघोष गरेका छन् । आर्थिक प्रतिवेदन तर्फ पानीपोत रु ५५ हजार असुली गरेको छ । रु ८७ लाख ५७ हजार १ सय ७६ रुपैया प्राप्तगरी नहर सरसफाई तथा मर्मत गरेको लगायतका कार्यहरु गर्दै जम्मा रु ९२ लाख ८ हजारको आर्थिक गतिविधि रहेको प्रतिवेदनमा उल्लेख छ ।
किसानको खेतमा सहज सिंचाईकालागि शाखाले नहरनहरी, वाटर कोर्स, मायनर, टि फाइभ, फोर, थ्रि, टु, वन, को टर्सरी सरसफाई, मर्मत सम्भार, लाइनिङ्ग कार्यगरी किसानलाई सिंचाई गर्न सुलभ गर्ने कार्य गरेको प्रस्तुत प्रगती प्रतिवेदनमा छ । शाखाको आयोजनामा सदस्य, उपभोक्ताहरुमा तालिम, गोष्ठि तथा अन्तरक्रियागरी क्षमता विकास गर्ने कार्यहरु गरेका छन् । निरिक्षण अनुगमन र सुरक्षामा सहज पहुचकालागी सर्भिस रोडमा ग्रावेल मर्मत सम्भार गरेको छ । संस्था संचालनमा भए गरेका असल अभ्यास सिकाईकालागी र समस्या संग परिचित हुन लगायत अनुकरणिय कार्यहरुलाई अनुसरण गर्न अन्तर संस्था अध्ययन अवलोकन भ्रमण कार्य गरेको प्रतिवेदन प्रस्तुत गर्ने क्रम्मा अध्यक्ष चौधरीले जानकारी दिए ।
शाखा नहरलाई चुस्त दुरुस्त राख्न नहर नहरीलाई क्षति पू¥याउनेलाई कार्वाही गर्ने, नहरको डिलमा ब्यक्तिले अव्यवस्थित रुपमा बोटबिरुवा, दाल, गाईवस्तु लगाउन र राख्न रोक लगाउने, टर्सरी र वाटरकोर्सले अधिकरण गरेको जग्गाको सिमांकन गरिदिनकोलागि सिंचाई योजना संग माग गर्ने कार्यहरु सशक्त रुपमा अगाडी बढाउने शाखाको प्रतिबद्धता रहेको छ । शाखा अध्यक्ष डुनारायण चौधरीको सभापतित्वमा आयोजित सभामा रामधुनी १ नं. वडा अध्यक्ष महेश चौधरी, सिंगिया माइनर अध्यक्ष राजकुमार चौधरी, बिश्रामपुर माइनर अध्यक्ष भगीरथ चौधरीले साधारण सभाको सफलताको कामना सहित किसानको हकहितमा आफ्नो धारणा राखेका थिए ।
शाखाबाट ८९१ हेक्टर क्षेत्रफलको सिंचाई सुविधामा सहयोग गर्दै आएको छ । शाखा अन्तर्गत टर्सरी पाँच, वाटर कोर्स ३४ वटा रहेको छ । कार्यक्षेत्र रामधुनी नगरपालिका वडा नं. १को केहीभाग, इनरुवा नगरपालिकाको वडा नं. ६ र ७ को केही भाग र इटहरीको वडा नं. १५ को केहीभाग क्षेत्र अधिकार रहेको छ । कार्यक्रम समितिका सचिव झलक खड्काले संचालन गरेका थिए ।


