राख संवाददाता
झुम्का, फागुन १ । रामधुनी सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुर्ण बहादुर श्रेष्ठ पुनः सर्वसहमत चयन भएका छन् । आइतवार छैठौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट पुनरगठन गर्दै श्रेष्ठको अध्यक्षतामा एघार कार्यसमिति चयन भएको हो ।
छैठौँ बार्षिक साधारण सभा रामधुनी नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । धार्मिक तथा औषधि जन्य कार्यमा प्रयोग हुने सानो तर मुल्यवान बस्तु सुन चाँदीको व्यवसाय सुरक्षामा चुनौती रहेको भन्दै नगर प्रहरी, प्रहरी व्यवस्थापन र भवितब्य हुने जोखिमबाट क्षति न्युनिकरण गर्न बारुण यन्त्रको चाडै व्यवस्थापन हुने नगर प्रमुख चौधरीले बताए ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष प्रकाश चन्द विश्वकर्मा, उपाध्यक्षमा मनोज श्रेष्ठ, सचिवमा अच्युत कृष्ण चौलागाई, कोषाध्यक्ष हरिबहादुर कार्की, सह—कोषाध्यक्षमा डिल्लीराम राई सर्वसहमत चयन भएका हुन् । सदस्यहरुमा सुदिप श्रेष्ठ, अनिल साह, रुपेश रोसन सोनी र आनन्द सोनी छन् । बिशेष सल्लाहकार रोहित श्रेष्ठ, सल्लाहकारमा विमला श्रेष्ठ, हरेराम चौधरी र गोपाल कार्कीलाई मनोनित गरेका छन् । प्रथम उपाध्यक्ष प्रकाश चन्द विश्वकर्माको संयोजकत्वमा सुन वितरक सिफारिस समिति समेत गठन गरेका छन् ।
नव निर्वाचित अध्यक्ष श्रेष्ठले संघको जग्गा खरिदगरी भवन निर्माण गर्ने भावि योजना रहेको जानकारी दिए । व्यवसायीक सुरक्षा, सुन कोटा सहज बनाउने र व्यवसाय प्रवद्र्धन गर्ने खालका प्रवद्र्धनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता गरेका छन् । संघले कार्यकालमा धार्मिक पर्यटन क्षेत्रको सम्भावना बोकेको रामधुनी मन्दिर सरसफाई, महामारीमा स्वास्थ्य सामाग्री बितरण, जेष्ठनागरिकहरुमा फलफुल वितरण गरेको अध्यक्षले जानकारी दिए ।
कार्यक्रममा संघको प्रदेश सचिव कुमार श्रेष्ठले बैंकबाट उपलब्ध हुने २५ किलो सुन महामारीले कटौती भई १० किलोमा झारेकोले सुनकोटामा उपलब्धता असहज भएको बताए । प्रदेश सचिव श्रेष्ठले सुनचाँदी व्यवसायी हितकालागी तिन वटै तहमा संरक्षण नीति बन्नु पर्ने उठान गरे । यसैगरी संघको केन्द्रिय सदस्य रामधुनी निवासी राकेश कुमार सोनीको उपस्थिती रहेको थियो भने पुर्व प्रहरी रामधुनीका अध्यक्ष चित्र बहादुर कार्की, व्यवसायी डिल्लीराम राईले व्यवसायी हितकालागी धारणा राखेका थिए । रामधुनी सुनचाँदी व्यवसायी संघमा १० जना नयाँ सदस्य थप भई ४२ जना सदस्य रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


