मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी सुनचाँदी व्यवसायी संघको तेस्रो अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ पुनः सर्वसहमत चयन

by By: रामधुनी खबर
फागुन १, २०७८
706

राख संवाददाता
झुम्का, फागुन १ । रामधुनी सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुर्ण बहादुर श्रेष्ठ पुनः सर्वसहमत चयन भएका छन् । आइतवार छैठौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट पुनरगठन गर्दै श्रेष्ठको अध्यक्षतामा एघार कार्यसमिति चयन भएको हो ।
छैठौँ बार्षिक साधारण सभा रामधुनी नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । धार्मिक तथा औषधि जन्य कार्यमा प्रयोग हुने सानो तर मुल्यवान बस्तु सुन चाँदीको व्यवसाय सुरक्षामा चुनौती रहेको भन्दै नगर प्रहरी, प्रहरी व्यवस्थापन र भवितब्य हुने जोखिमबाट क्षति न्युनिकरण गर्न बारुण यन्त्रको चाडै व्यवस्थापन हुने नगर प्रमुख चौधरीले बताए ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष प्रकाश चन्द विश्वकर्मा, उपाध्यक्षमा मनोज श्रेष्ठ, सचिवमा अच्युत कृष्ण चौलागाई, कोषाध्यक्ष हरिबहादुर कार्की, सह—कोषाध्यक्षमा डिल्लीराम राई सर्वसहमत चयन भएका हुन् । सदस्यहरुमा सुदिप श्रेष्ठ, अनिल साह, रुपेश रोसन सोनी र आनन्द सोनी छन् । बिशेष सल्लाहकार रोहित श्रेष्ठ, सल्लाहकारमा विमला श्रेष्ठ, हरेराम चौधरी र गोपाल कार्कीलाई मनोनित गरेका छन् । प्रथम उपाध्यक्ष प्रकाश चन्द विश्वकर्माको संयोजकत्वमा सुन वितरक सिफारिस समिति समेत गठन गरेका छन् ।
नव निर्वाचित अध्यक्ष श्रेष्ठले संघको जग्गा खरिदगरी भवन निर्माण गर्ने भावि योजना रहेको जानकारी दिए । व्यवसायीक सुरक्षा, सुन कोटा सहज बनाउने र व्यवसाय प्रवद्र्धन गर्ने खालका प्रवद्र्धनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता गरेका छन् । संघले कार्यकालमा धार्मिक पर्यटन क्षेत्रको सम्भावना बोकेको रामधुनी मन्दिर सरसफाई, महामारीमा स्वास्थ्य सामाग्री बितरण, जेष्ठनागरिकहरुमा फलफुल वितरण गरेको अध्यक्षले जानकारी दिए ।
कार्यक्रममा संघको प्रदेश सचिव कुमार श्रेष्ठले बैंकबाट उपलब्ध हुने २५ किलो सुन महामारीले कटौती भई १० किलोमा झारेकोले सुनकोटामा उपलब्धता असहज भएको बताए । प्रदेश सचिव श्रेष्ठले सुनचाँदी व्यवसायी हितकालागी तिन वटै तहमा संरक्षण नीति बन्नु पर्ने उठान गरे । यसैगरी संघको केन्द्रिय सदस्य रामधुनी निवासी राकेश कुमार सोनीको उपस्थिती रहेको थियो भने पुर्व प्रहरी रामधुनीका अध्यक्ष चित्र बहादुर कार्की, व्यवसायी डिल्लीराम राईले व्यवसायी हितकालागी धारणा राखेका थिए । रामधुनी सुनचाँदी व्यवसायी संघमा १० जना नयाँ सदस्य थप भई ४२ जना सदस्य रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

रामधुनी बोर्डिङ्ग १ बिगाहा २ कठ्ठा क्षेत्रफलमा भवन शिलान्यास,कलेजको रुपमा बिस्तार गर्ने

अर्काे पाेस्ट

भा.सि.बहुमुखी क्याम्पसको १८ कोठे ३ तल्ले भवन शिलान्यास, बहुप्राविधिक शिक्षामा जोड दिने

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft