मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

भा.सि.बहुमुखी क्याम्पसको १८ कोठे ३ तल्ले भवन शिलान्यास, बहुप्राविधिक शिक्षामा जोड दिने

by By: रामधुनी खबर
फागुन ६, २०७८
608

सुनिल चौधरी
झुम्का, फागुन ६ । भादगाउँ सिनुवारी बहुमुखी क्याम्पस (भा.सि.)को सुक्रवार भवन शिलान्यास भएको छ । थप गुणस्तरीय शिक्षा प्रदानकालागी रामधुनी वडा नं. ३ पिप्राहामा १० कठ्ठा क्षेत्रफलमा भवन शिलान्यास गर्दै बहुप्राबिधिक शिक्षामा जोड दिने भएको छ ।
क्याम्पसको रु ८ करोड ६३ लाखको लागतमा १८ कोठे तिन तल्ले भवन निर्माण गर्न लागेको व्यवस्थापक समितिका अध्यक्ष फौदसिंह थापाले जानकारी दिए । रामधुनी नगर प्रमुख जयप्रकाश चौधरीले भवन शिलान्यास गरेको अध्यक्ष थापाले बताए । क्याम्पसको नाममा जग्गा दाता पुरुषोत्तम काफले र भिम लुईटेलले १० कठ्ठा जग्गा दानमा उपलब्ध गराएका हुन् । आफनै भवनमा अध्यनअध्यापन गर्न सहज हुने भएकोले बहुप्राविधिक शिक्षा ल्याउने बिद्यालय समितिले जनाएको छ ।
दुई बर्ष भित्र तत्काल १२ कोठा निर्माणगरी क्याम्पसले आफनै भवनबाट सेवा प्रवाह गर्ने ब्यवस्थापन समितिकोे तयारी रहेको छ । क्याम्पस २०६७ सालमा स्थापना भई भासि माध्यमिक बिध्यालयको भवनमा पठनपाठन गर्दै आएको छ । भवन निर्माणकालागि रामधुनी नगरपालिकाले बहुबर्षिय क्रमागत रुपमा बजेट उपलब्ध गराउँने भएको छ । बिश्वबिद्यालय अनुदान आयोगले पनि सुरुमा ५० लाख दिने भएको छ भने भवनकालागि क्रमागत रुपमा बजेट उपलब्ध गराउने भएको क्याम्पस प्रमुख गोविन्द प्रसाद निरौलाले बताए । यसैगरी प्रदेश सरकार,सांसदकोष, जनसहभागिता, आन्तरिक स्रोतबाट बजेट रकम जुटाउने क्याम्पस प्रमुख निरौलाले जानकारी दिए ।
भवन निर्माणमा सहयोग गर्न सहयोगी हाथ बढाउदै रामधुनी नगरपालिका १ नं. वडा सदस्य हरीवंस साह रौनियारले शिलान्यास स्थलमै रु २३ हजार नगद व्यसवस्थापन समितिलाई प्रदान गरिएको छ । ब्यवस्थापन समितिका अध्यक्ष थापालाई रकम हस्तान्तरण गर्दै सबैजना मिलेर जनसहभागीता रकम जुटाउन अभियाननै चलाउनुपर्ने रौनियारले बताए । जनसहभागीता रकम बढे समयमै क्याम्पस निर्माण हुने उन्को धारणा रहेको छ ।
रामधुनी नगर आसपासका बिपन्न बिद्यार्थिहरुलाई सहभागी गराई सहुलियत रुपमा क्याम्पसले उच्च शिक्षाकालागि प्रोत्साहन गरिरहेको छ । क्याम्पसमा अहिले ब्यवस्थापन तर्फको बिबिएस र शिक्षा तर्फको बिएड संचालनमा छ । आगामी दिनमा बहुप्राविधिक शिक्षामा जोड दिनु पर्ने क्याम्पस भवन शिलान्यास कार्यक्रममा बक्ताहरुले सुझाव दिएका छन् । शिलान्यास कार्यक्रममा डेगराज फुयाल, नारायण काफ्ले लगायतका बक्ताले भवन निर्माणको सफलताको शुभकामना राखेका थिए ।

अगाडिकाे पाेस्ट

रामधुनी सुनचाँदी व्यवसायी संघको तेस्रो अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ पुनः सर्वसहमत चयन

अर्काे पाेस्ट

नेपाली काँग्रेसको टोल समिति गठनमा रौनकता,रामधुनी १ नं.वडामा २९ सदस्यीय भादगाउँ टोल समिति गठन

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft