चन्द्रकला चौधरी
झुम्का, फागुन ७ । नेपाली काँग्रेस प्रतिको आस्था बढ्दै टोल समितिको गठनमा रौनकता देखिएको छ । स्थानीय देखी लिएर केन्द्रिय सम्म विकासको योजना तथा अवधारणामा अब्बल र लोकतन्त्रकोलागि लड्दै आएको पार्टी नेपाली काँग्रेस प्रति बिश्वास बढ्दै टोल समितिमा बृहत उपस्थितीले टोल समिति निर्माण भै रहेको छ ।
नेपाली काँग्रेस रामधुनी १ नं. वडा कार्य समितिले टोल समिति निर्माण गरिरहदा शनिवार भादगाउँ टोलमा २९ सदस्यीयको टोल समिति गठन भएको छ । टोल समुदायको प्रत्यक्ष उपस्थितीमा महेश्वर चौधरीको अध्यक्षतामा समिति गठन भएको नेपाली काँग्रेस वडा समिति अध्यक्ष रन्जित चौधरीले जानकारी दिए । नेपाली काँग्रेस भादगाउँ टोल समितिको दुई उपाध्यक्षमा रेखा पञ्जियार र महेश कुमार चौधरी कान्छा चयन भएका छन् । सचिवमा चन्द्रकला चौधरी र बिसाल चौधरी सर्वसहमत चयन भएका छन् । सहसचिवमा पुनम चौधरी र सतिश चौधरी, कोषध्यक्षमा सिर्जना चौधरी लगायत सदस्यहरु चयन भएको वडा उपाध्यक्ष अनिश चौधरीले बताए ।
नेपाली काँग्रेसको जनता प्रति प्रष्टधारणा र योजना रहेकोले आफु स्वइच्छाले समितिमा आएको नव निर्वाचित टोल समिति अध्यक्ष महेश्वर चौधरीले बताए । टोल समिति गठनमा जिल्ला सदस्य नरेश चौधरी, हरीवंश साह, रामकुमारी चौधरी लगायतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । वडा समितिले वडा अन्तर्गत नेपाली काँग्रेस डुमैरिया, सैनिमैनि टोलमा दुई पुर्व र पश्चिम टोल समिति गठन भएको बताए । यसैगरी सिंगापुर, मोहनपुर टोलमा समिति गठन सम्पन्न गरिसकेको छ । सिनुवारी र शिव चौक टोल समिति गठन गर्ने तयारी रहेको वडा समितिले जानकारी दिए । टोल समिति गठनको पुर्णता लगतै रामधुनी १ नं. वडाको पार्टि कार्यालय उद्धघाटन गर्ने वडा समिति अध्यक्ष चौधरीले बताए ।




