चन्द्रकला चौधरी
झुम्का, फागुन ९ । थारु महिला सभा इटहरी उपमहानगर समितिको आइतवार भएको पुनरगठनले सुनिता चौधरी सभापतिमा चयन भएका छन् । समितिमा ११ सदस्य रहनेगरी महिला सभा इटहरी उपमहानगर समिति पुनरगठन गर्दै सभापतिमा चौधरी सहित कार्य समितिका पदाधिकारीहरु सर्वसहमत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा अनिता चौधरी माझी, सचिवमा लक्ष्मी चौधरी, सह सचिवमा जिवन कुमारी चौधरी, कोषाध्यक्षमा अनिता चौधरी चयन भएको छ। निर्वाचन समितिको संयोजक थारु कल्याणकारिणी सभा(थाकस) केन्द्रिय सदस्य उर्मिला चौधरी, सदस्य थारु महिला सभा केन्द्रिय सचिव सुशिला चौधरी, थारु महिला सभा जिल्ला अध्यक्ष सुशिला लेखी, सहसचिव ममता चौधरी, थाकस इटहरी उपमहानगर समिति अध्यक्ष रामरोहन चौधरीको उपस्थितीमा समिति गठन भएको हो।
थारु समुदायको बसघरा निर्माण, ग्रामथान संरक्षण, थारु महिला अधिकार स्थापित, लोप हुन लागेका थारु लोक कला तथा गीत, संविधानमा अस्पष्ट अधिकारकालागी समिति अगाडी बढ्ने नव निर्वाचित अध्यक्षले प्रतिबद्धता गरे । थारु समुदायका चाँड पर्वहरुको प्रवद्र्धन गर्ने खालका कार्यक्रमहरु स्थानीयतह लगायत थारु संघ संगठनको समन्वयमा गर्ने अध्यक्ष चौधरीले बताए ।

