राख संवाददाता
झुम्का,असार ३२ । सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरमा पौडी खेल्ने क्रममा बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् । रामधुनी नगरपालिका–१ झुम्काकी १३ बर्षिय बालिका आज शनिवार नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी हुन् ।
झुम्का स्थित नहरको डिलमा घर भई बस्दै आएकी बालिका घर नजिकै दिनको १२ः१५ बजेतिर नुहाउन गएकी बालिका पौडी खेल्ने क्रममा नहरले बगाएर डुब्न पुगेको कारण बेपत्ता भएको इलाका प्रहरी पकलीले जानकारी दिए । घटना लगत्तै इलाका प्रहरी पकलीका प्रहरी र सस्त्र प्रहरीको गोताखोर समुहले समेत नहरले बगाएको बालिकाको निरन्तर खोजीकार्य गरिरहेको तर फेला पार्न नसकेको इलाका प्रहरी पकलीका प्रमुख रविन्द्र थापाले बताए ।
इलाका प्रहरी पकलीका प्रमुख थापाका अनुसार घटनाबारे प्रहरीमा खबर आएलगत्तै इलाका प्रहरी पकलीको प्रहरी टोलीले घटनास्थलमा गएर खोजीकार्य गर्दा नभेटिदा अन्य ठाउँमा खोजी कार्य जारी राखेको तर चार घण्टा सम्म खोजी गर्दा सम्म पनि फेला पार्न नसकिएको प्रहरी प्रमुख थापाले बताए । नहरमा पानीको बहाब रहेकोले खोजीमा समस्या देखिएको हुदा नहरको इन्जिनियरलाई तत्काल नहर बन्द गर्नपर्ने जानकारी गराएकोहुदा बहाब कम भएर आजै भेट्ने अपेक्षा गरेको प्रमुख थापाले जानकारी दिएका हुन् ।
