मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाद्धारा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

by By: रामधुनी खबर
असार १४, २०७९
859

राख संवाददाता
झुम्का,असार १४ । रामधुनी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण गरेको छ । कृषि क्षेत्रलाई आधुनिक व्यवसायिक एवं प्रतिस्पर्धि बनाई खाद्य तथा पोषण सुरक्षाको प्रत्यभूति दिलाउन कृषि शाखाले पावर टिलर र डिजिटल काँटा बितरण गरेको शाखा प्रमुख तुलसी चौधरीले जानकारी दिएको हो ।
नगरपालिकाको आ.ब. २०७८÷७९ मा स्वीकृत बार्षिक कार्यक्रम अनुसार नगरको आन्तरीक तथा उत्पादन प्रवद्र्धन कार्यक्रम तर्फ ५० प्रतिशत मुल्य अनुदानमा पावर टिलर गरेको छ । २० एचपी क्षमता भएको पावर टिलरको मुल्य रु २,४०,००० मा कार्यालयले रु १,२०,००० र किसानले रु १,२०,००० व्यहोरेको छ । पावर टिलर २५ वटा बितरण गरेको हो ।
त्यसैगरी धान उत्पादन प्रवद्र्धन कार्यक्रम अनुसार बजारीकरणमा किसानलाई सजह र सहयोगकालागि डिजिटल काँटा कृषक समुह, सहकारी संस्था, निजि र्फहरुलाई वितरण गरेको छ । १०० केजि क्षमता भएको रु १०,४१६ पर्ने काँटा किसानले ५० प्रतिशत अनुदानमा ४८ जना कृषकले प्राप्त गरेको रामधुनी कृषि शाखा कार्यालयले जनाएको छ । कृषिमा युवा जनशक्तिलाई अकर्षितगरी स्वरोजगार सिर्जना र उत्पादन बृद्धिगरी आत्म निर्भर प्रोत्साहन गर्न नगर प्रमुख संकरलाल चौधरी र नगरउप प्रमुख तारा थापाले वितरण गरेको हो ।
रामधुनी नगरपालिकाको १२ औ नगर सभाले कृषिमा आत्मनिर्भर बनाउन कृषि प्राथमिक्ताको बजेट सार्वजानिक गरिसकेको छ । नगरमा मुख्य कृषि पेशामा अबद्ध रहेकाले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन नीति तथा कार्यक्रम र बजेट प्राथमिक्तामा राखेर रु १ करोड ९५ लाख २० हजार विनियोजन गरेको छ । पर्यटन र पुर्वाधार, समृद्ध रामधुनीको आधार भन्ने दिर्घकालिन सोचलाई सार्थक बनाउन कृषि पुर्वाधार र व्यवसायलाई आधुनिकीकरण तथा यान्त्रिकरण सहित उत्पादन बृद्धिगरी आत्मनिर्भर बनाउने नीति लिएको छ ।
कृषि उत्पादन तथा उत्पादकत्वमा अभिबृद्धि तथा कृषि क्षेत्रमा युवा परिचालन गर्ने प्रमुख प्राथमिक्तामा राखेको छ । स्थापना भएको धान बाली,माछा,मकै पकेट विकास कार्यक्रममा क्रमश रु ६ लाख, रु ७ लाख, रु १२ लाख विनियोजन गरेको छ । किसान सुचिकरण,खाद्यान्न बालीको उन्नत बिउँ उपयोग अनुदान,धान बाली प्रवद्र्धन कार्यक्रम,उन्नत बिउँ वितरकलाई प्रोत्साहनको बजेट सहित लक्ष्य लिएको छ ।
रामधुनी ६ ढेरीगाउँ, बक्लौरी, वडा नं. ८ र ९ को डुम्राहामा कृषि बजार निर्माण गर्न रु ६० लाख बजेट सहितको योजना रहेको छ । अनुदानमा मकैको बिउँ वितरण,कौशी तरकारी खेती विस्तार,७५ प्रतिशत अनुदानमा इलेक्ट्रोनिक मोटर सहित बोरिङ्ग जडान,५० प्रतिशत अनुदानमा पावर टिलर वितरण, ७५ प्रतिशत अनुदानमा बर्खे फलफुल वितरण, ७५ प्रतिशत अनुदानमा नाप तौलका सामाग्री वितरण गर्ने बजेट सहितको योजना ल्याएको छ ।
प्शुपन्छी क्षेत्रकालागि वडा तथा नगरपालिका स्तरीय विभिन्न योजना तथा कार्यक्रमकालागि रु ७६ लाख ५० हजार बजेट विनियोजन गरेको छ । जस्मा गुणस्तरीय स्वच्छ र दिगो पशुपन्छी जन्य उत्पादन, सुरक्षा सहितको खाद्य सम्प्रभुता, कुपोषणको समस्या न्युनिकरण, स्वच्छ एवं गुणस्तरीय पशुपन्छीजन्य उत्पादनका माध्यमबाट रामधुनीलाई आर्थिक, खाद्य तथा पोषणमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरमा कृषि उत्पादनमा आत्मनिर्भर बनाउन नीति, कार्यक्रम र बजेट प्राथमिक्तामा

अर्काे पाेस्ट

रामधुनी १ झुम्का स्थित नहरमा पौडी खेल्ने क्रममा एक बालिका बेपत्ता,खोज्ने क्रमजारी

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft