मिति : २०८२ जेठ ५ गते (आइतबार)
मौसम : 26.2°C(overcast clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

आज रक्षाबन्धन तथा जनैपूर्णिमा, सुरक्षा,आत्मविश्वास र बलको प्रतीक

by By: रामधुनी खबर
साउन २७, २०७९
516

बद्रीप्रसाद दाहाल
श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज सुक्रबार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । रक्षाबन्धन तथा जनैपूर्णिमालाई सुरक्षा,आत्मविश्वास र बलको प्रतीक मानिन्छ ।
जनैपूर्णिमा, श्रावणी, रक्षाबन्धन, ऋषितर्पणी, ऋषिपूर्णिमा र क्वाँटीपूर्णिमा आदि भिन्न भिन्न नामले पुकारिन्छ जनैपूर्णिमाको महापर्वलाई । ‘जनै’ भनेको उपनयन विधि गरेर ब्राहृमण, क्षत्री वैश्यादिले लगाउने शिखा पारिएको धागो जसलाई ब्रहृमसूत्र वा यज्ञोपवीत भनेर पुकारिन्छ । यही ‘जनै’ पूर्णिमाको पुण्य तिथिमा धारण गरिने हुँदा यो तिथिलाई जनैपूर्णिमाको संज्ञामा सम्मान गरिएको हो । वैदिक कालदेखि मनाइँदै आएको यो सनातन पर्व द्विजगणहरूको (आमाको गर्भबाट र संस्कारमार्फत दुईपटक जन्मने) आत्मशोधनको महान् पर्व हो । यसलाई उपाकर्म पनि भनेर चिनिन्छ ।
यो दिन द्विजजातिहरू कुनै पवित्र नदी, तलाउ वा तीर्थहरूको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिहरूको पूजा गरी शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धिको सम्पादन गर्दछन् । प्रायः श्रवण नक्षत्रले युक्त भएको र श्रावण महिनामा नै यो पर्व पर्ने हुँदा यसलाई श्रावणी अर्थपूर्ण नाम बन्न गयो । सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षाबन्धनको शब्दमा पनि यसलाई पुकारिन्छ ।
रक्षाबन्धन युगौँदेखिको वर्षदेखिको वैदिक सनातन प्रचलन हो । भविष्य पुराणमा बताइएनुसार स्वर्गका राजा इन्द्रलाई उनकी पत्नी सतीशिरोमणि शचीले शत्रुहरूमाथि विजय प्राप्त गराउन भयमुक्तको प्रतीक यो डोरो बाँधिदिएकी थिइन् । जसको कारण इन्द्रासन हल्लाउन कसैको तागत हुँदैनथ्यो । त्यही परम्परा आज सम्म सनातनीहरूको पवित्र पर्व रूपमा नयाँ स्पूmर्ती, आत्मविश्वास र बल भरेर जीवनयात्राको मार्गलाई निष्कण्टक बनाइरहेको छ ।
रक्षाबन्धन पति र पत्नीबीचको सौहाद्र्रता, प्रेम र सौभाग्यको रक्षक हो भने दाजु बहिनी दिदी भाइहरूबीचको हार्दिकता र आत्मीयताको द्योतक पनि हो, त्यसैले त तराईतिर ‘राखीका त्यौहार’ भनेर श्रद्धाभक्तिपूर्वक मनाइन्छ । यसरी दिदीबहिनीहरूले दाजुभाइहरूलाई श्रीमतीले श्रीमान्लाई र कतिपय स्थानमा पुरोहितबाट यजमानलाई रक्षासूत्र बाँध्ने गरिन्छ । यो बाँध्ने बेला यस्तो मन्त्र पढिन्छ, ‘येनबध्दो वलिर्राजा, दानवेन्द्रो महाबलः । तेन त्वं प्रतिबध्नामि, रक्षोमाचलमाचल ।। अर्थात् ‘हे सुरक्षाको बिम्ब बनेको अभिमन्त्रित धागो, जसबाट दानवहरूका ठूला बलशाली राजा बलि पनि बाँधिएका थिए, त्यही सुरक्षा सूत्रले म तिमीलाई बन्धन गर्छु, त्यसैले हे रक्षासूत्र ! तिमी चल्दै नचलिकन स्थीर भएर रक्षा गर ।
यज्ञोपवीत, यज्ञसूत्र, ब्रहृमसूत्र वा तागा, तागाधारीको गहनामात्र नभएर आत्मशुद्धि वा इन्द्रियनिग्रहको भरपर्दो उपकरण हो । किनकि बिहानबेलुका सन्ध्याको समयमा यही जनैलाई नमस्कार मुद्रामा रहेको हातका औँलामा बेरेर गायत्री मन्त्र जप्नुपर्छ । जनैपूर्णिमाको दिन पुरानो जनैलाई विसर्जन गर्दा पनि सम्मान प्रकट गर्दै भनिन्छ–‘सूतके मृतकेचैव गतमास चतुष्टये । नव यज्ञोपवीतानि धृत्वा जीर्णानि सन्त्यजेत् ।। एतावत् दिनपर्यन्तम्, ब्रहृमत्वं धारितम् मया । अशुद्धत्वात् परित्यागो, गच्छ सूत्र यथा सुखम्’ ।।’
अर्थात् परिवारमा कोही सुत्केरी भएर चोखिँदा, कसैको मृत्युपछि शुद्ध हुँदा र हरेक चार महिनामा यो सूत्रलाई फेर्नु पर्छ । अनि अनुरोध गर्दै भन्नुपर्छ कि–यतिन्जेलसम्म ब्रहृमत्वको लागि मैले तिमीलाई धारण गरेँ, अहिले अशुद्ध भएकाले वा चार महिना नाघेकाले तिमीलाई परित्याग गरेको छु त्यसैले हे मन्त्रित धागो तिमीलाई बिदाइ छ सुखपूर्वक जाऊ । त्यसै गरी नयाँ जनैलाई पनि धारण गर्दा सम्मानपूर्वक यस्तो श्लोक पढ्ने गर्दछन् ः ‘यज्ञोपवीतं परमं पवित्रम् । प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्य्र प्रतिमुञ्च शुभ्रम्, यज्ञोपवीतं बलमस्तु तेज ः ।।
यसरी यज्ञोपवीत अत्यन्त शुद्ध, संसारका स्रष्टा विधातासँगै जन्मिएको, आयु, प्रज्ञा, तेज र बल बढाउने बहुमुखी सूत्र भनेर सम्मानसाथ धारण गरिन्छ । जनैलाई दीर्घशंका वा लघुशंका गर्दा अशुद्धताबाट बचाउँन कानमाथि सिउरिने चलन छ । शास्त्रनिर्माताहरू बोल्छन्– ‘आदित्या वसवो रुद्राः, वायुरग्निश्च देवताः ।’ भनेर दाहिने कानमा सबै देवता बस्ने हुँदा त्यसमा शौचको गर्ने बेला सिउरिनु पर्छ भनेका छन् । आयुर्वेद विज्ञानले यसको वैज्ञानिकताबारे रोचक प्रसंग उठाएको छ । मानिसको विशेष नाडी दाहिने कान भएर मलमूत्रद्वारमा पुगेको हुन्छ, यदि दाहिने कानको यो नाडीलाई थोरै गरी हातले दबाब दिँदा व्यक्तिहरूको मूत्र ढोका स्वतः खुल्छ ।
यो नाडीको सम्बन्ध अण्डकोषसित पनि सोझै हुन्छ । त्यसैले पिसाप गर्दा वीर्य स्खलन हुन नपाओस् भनी जनै कानमा राखिएको हो । दीर्घशङ्का वा मल उत्सर्जन गर्दा भने दुवै कानमा ब्रहृमसूत्रलाई बेरिन्छ । किनकि यसमा सूत्र बेर्दा नाडीहरू जागा भएर सचेष्ट हुन्छन् । यसरी हाम्रा मन्त्रद्रष्टा ऋषिहरूले वीर्यको संरक्षण गर्न र मल फ्याँक्न यो वैज्ञानिक उपाय गरेका रहेछन् । आयुर्वेदका शोधकले भनेका छन्–यसरी मलमूत्र उत्सर्जनको बेला जनैलाई कानमा परिवेष्ठित गर्दा मधुमेह, प्रमेह आदि रोगहरू स्वतः निस्तेज बन्दछन् ।
जनै कस्तो हुनुपर्छ भन्ने क्रममा नीतिविद् देवल भन्छन् ‘जनै नौवटा धागोले बनेको हुनुपर्छ । प्रत्येक सूत्रमा तीन तीन डोराहरू हुन्छन् । ती डोराहरूले क्रमशः ब्रहृमज्ञान, तेज, धैर्यता, सर्वप्रियता, स्नेहशीलता, प्रजापालन, बलशाली, प्रकाश र सात्विकता जस्ता अद्भूत तत्वको प्रतिनिधित्व गर्दछन् ।
जनै कस्तो हुनुपर्छ भन्ने क्रममा नीतिविद् देवल भन्छन्–‘यज्ञोपवीतं कुर्वीत सूत्रेण नव तन्तवः’ अर्थात् जनै नौवटा धागोले बनेको हुनुपर्छ । प्रत्येक सूत्रमा तीन तीन डोराहरू हुन्छन् । ती डोराहरूले क्रमशः ब्रहृमज्ञान, तेज, धैर्यता, सर्वप्रियता, स्नेहशीलता, प्रजापालन, बलशाली, प्रकाश र सात्विकता जस्ता अद्भूत तत्वको प्रतिनिधित्व गर्दछन् । जनैको स्वरूप र संरचनाबारे नीति– ‘पृष्ठवंशे च नाध्यां च, धृतं यत् विन्दते कटिम् । तद्धार्य उपवीतं स्यान्नातिलम्वं नचोछि«तम्’ ।। अर्थात् जनै बायाँ काँधदेखि नाभिस्थल स्पर्श गर्दै कम्मरको भागसम्म पुग्ने हुनु पर्दछ । जनैको इतिहासलाई शास्त्रकारले सूत्रात्मक बनाउँदै बोलेका छन्– ब्रहृमणेत्पादितं सूत्रं, विष्णुना त्रिगुणी कृतम् । रुद्रेण दत्तो ग्रन्थिर्वै, सावित्र्याचाभिमन्त्रितम् ।।
यसरी जनैलाई ब्रहृमाले पैदा गरे, विष्णुले तेब्य्राए, रुद्रले गाँठो अर्थात् शिखा बनाए र सावित्रीले अभिमन्त्रित गरिन् । यस्तो चार शक्तिबाट तयार भएको हो जनै । यसैले ब्रहृमविद् जो कोही पुरुष, महिला सबै यसका अधिकारी हुन् । त्यसैगरी हरेक सनातनीहरूको नाडीमा बाँधिने रक्षासूत्रलाई पनि तामाको भाँडामा राखेर जौ, कुश, दुबो, सस्र्युं, चन्दन, अक्षता, गाईको गोबर र दहीसमेत मिलाएर अभिमन्त्रित गर्नुपर्छ । त्यस्तो अंग पुगेको धागो नै रक्षाबन्धनको रूपमा बाँध्दा साँचो रक्षा हुनसक्छ ।
नेपालका विभिन्न तीर्थस्थलहरूमा यो दिन ठूलो मेला लाग्दछ । जनैपूर्णिमा सबै सनातनीहरूको महान् पर्व हो । यो दिन वर्षाको चिसोलाई शरीरबाट निकाल्न दुई दिनअघिदेखि टुसा उमारेका मिश्रित गेडागुडी पकाएर खाने चलन छ जसलाई क्वाँटी भन्छि । यस्ता पर्वहरूलाई केवल झारा तिराइको कर्मकाण्ड बनाउनु हुँदैन । सबैले जनै धारण गरेर विधिपूर्वक स्नान, सन्ध्योपासना, प्राणायाम, पाठपूजा गरेरमात्र भुजा लिने बानी बसाल्नुपर्छ । शरीर र मनलाई पवित्र र निर्मल बनाउन यो पर्व उत्प्रेरक छ मानवमात्रको लागि । त्यसैले सङ्कुचित भएर संप्रदायको घेरामा यसलाई अपव्याख्या गर्न हुँदैन ।
आज हाम्रा हरेक पर्व, चाड र उत्सव अन्धविश्वास वा कुरीतिको बिम्ब भन्ने अल्लारे सोचलाई मेट्न जनैको वैज्ञानिकता, मान्छेको जिउने कला र हाम्रा आवेग र संवेगलाई परिसीमन गर्ने क्षमताका हुन् भन्ने कुरा शोध गर्न जरुरी छ । हाम्रा कर्मेन्द्रिय र ज्ञानेन्द्रियमा आउने असंयमीपन छाडावाद तथा अराजक ल्यागतलाई नियामक र व्यवस्थित बनाउने अद्भूत सूत्र हो जनै । अनि जनैपूर्णिमा राष्ट्रिय एकताको रक्षात्मक सन्देश प्रवाह गर्ने नेपालीहरूको साझा तिथि हो । साभारः हिमालय टाइम्स अनलाइन

अगाडिकाे पाेस्ट

रामधुनीमा ९ सय मेट्रिकटन खपत हुने रासायनिक मल १४० मात्र उपलब्धले किसान चिन्तित्

अर्काे पाेस्ट

बाल दुव्र्व्यवहार, शोषण, उपेक्षा, हिंसा न्युनिकरणगर्न रामधुनीमा स्टिक्स एण्ड स्टोन्स”तालिम

सम्बन्धित अरु

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

समाचार

सेतो गुराँस आधारभूत विद्यालयको अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम

पुष २४, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष १९ । श्री सेतो गुराँस नमुना वालवाटिका आधारभूत विद्यालय इटहरी–८ ले बिहिवार अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम सम्पन्न गरेकोे छ । विपन्न दलित...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft