मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का बजारमा १८ औ ऐतिहासिक,धार्मिक राधाकृष्ण रथयात्रा भब्य रुपले समपन्न

by By: रामधुनी खबर
भदौ ४, २०७९
748

चन्द्रकला चौधरी
झुम्का,भदौ ४ । रामधुनीको झुम्का बजारमा आज सनिवार राधाकृष्ण रथयात्रा परिक्रमागरी सम्पन्न गरेको छ । श्री कृष्ण जन्मअष्टमीको अवसरमा प्रत्येक बर्ष झै यस बर्ष पनि झुम्का उद्योग बाणिज्य संघको आयोजनामा झुम्का बजार परिक्रमागरी १८ औं संस्करणको राधाकृष्ण रथयात्रा समपन्न गरेको हो ।
ऐतिहासिक तथा धार्मिक रथयात्रा झुम्केश्वर शिवालय मन्दिरमा विधिपूर्वक पूजाअर्जना गरेर रथयात्रा निकालिएको बाणिज्य संघको अध्यक्ष धमेन्द्र साहले जानकारी दिनुभयो । झुम्केश्वर शिवालय मन्दिरबाट रथयात्रा सुरु गरिएको हो । झुम्का बजारको लगुना चोक, शिव चोकगरी रथयात्रा परिक्रमागरी कृष्ण जन्मअष्टमी मनाएको छ ।
झुम्का उद्योग बाणिज्य संघको आयोजनामा प्रत्येक बर्ष हुने झुम्काको रथयात्रा रामधुनी नगरकै पहिचान बनेको छ । रथयात्रामा विभिन्न जातजाति समुदाय लगायत धार्मिक भेषभुषामा झाँकी प्रर्दशनी सहित सहभागी भएका छन् । रथयात्रामा आज दिउँसो विभिन्न वडाको गाउँ–गाउँबाट श्रद्धालु भक्तजनहरु सहभागी भएका थिए । रथयात्रामा नेवा दय दबु रामधुनी नगर समितिबाट लाखे नाच सहितको झाँकी प्रदर्शनी र सहभागीले थप रथयात्राको रौनक बढेको छ ।
रथयात्रालाई लक्षितगरेर इलाका प्रहरी पकलीबाट सुरक्षा दिएको थियो । सवारी साधन व्यवस्थितकालागि ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।

अगाडिकाे पाेस्ट

बाल दुव्र्व्यवहार, शोषण, उपेक्षा, हिंसा न्युनिकरणगर्न रामधुनीमा स्टिक्स एण्ड स्टोन्स”तालिम

अर्काे पाेस्ट

नेपाल महिला संघ रामधुनीको तीज तथा जितिया बिशेष कार्यक्रम समपन्न

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft