मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाल महिला संघ रामधुनीको तीज तथा जितिया बिशेष कार्यक्रम समपन्न

by By: रामधुनी खबर
भदौ ९, २०७९
781

चन्द्रकला चौधरी
झुम्का, भदौ ९ । नेपाल महिला संघ रामधुनी नगर समितिले बिहिवार हरितालिका तीज तथा जितिया बिशेष कार्यक्रम २०७९ को आयोजना गरिएको छ । महिलाहरुको महान् पर्वको अवसरमा शुभकामना आदान प्रदान सहित दरखाने कार्यक्रमको आयोजनागरी सम्पन्न गरेको हो ।
नेपाली काँग्रेस जिल्ला सभापति केदार भण्डारीको प्रमुख आतिथ्यतामा पर्वको महत्व दर्शाउँदै महिलाको अधिकार र नेतृत्वको बारेमा समेत उठानगरी कार्यक्रमको आयोजना गरेको नेपाल महिला संघ रामधुनी नगर समितिले जानकारी दिए । कार्यक्रममा रामधुनी वडा नं. २ शिवनगरटोलकी शितली चौधरीले पौराणिक जितिया गीत गाएर मौलिकता झल्काएको थियो भने विन्दा पोख्रेलले तीजको संगिनी गीत गाएर कार्यक्रमलाई रौनकता बढाएको थियो ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार बर्त बसिन् ।
यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
पर्वको अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति केदार भण्डारीले नेपाली समाज बहुल संस्कृतिले सम्पन्न भएको बताउनु भयो । तीज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व हो । सामाजिक विविधतायुक्त समाजमा यस पर्वको छुट्टै महत्व रहेको भन्दै स्वस्थ्य र दिर्घायुको कामना गर्नु भयो । भण्डारीले महिला अधिकारको सवालमा भन्नु भयो, “आउँदो संघिय र प्रदेश चुनावमा महिलाहरुको प्रतिनिधि बढि भन्दा बढि हुन एकजुटता हुनु पर्छ, जस्ले पनि टिकट पाए बिरोध नगरी समन्व्य भूमिका गरेर जिताउनु पर्छ ।”
महिला संघ जिल्ला सभापति बिजया कट्वालले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तीज तथा जितिया पर्वले विशेष टेवा पु¥याउन मद्दत पु¥याएकोे बताउनुभयो । तीज र जितिया आत्मीयता र सद्भावको पर्व पनि हो भन्दै उहाँले आउँदो चुनावमा पार्टिबाट महिलाहरुको नेतृत्व र उमेदवारमा उच्च कदर हुनुपर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस कार्यवाहक नगर सभापति आशा चौधरीले तीज र जितियाको महत्व र विशेषता सम्बन्धी विचार व्यक्त गर्नुभएको थियो । तीज पर्व श्रिमानको दिर्घायुको कामना गरिन्छ भने जितिया पर्व बालबच्चाकोलागि दिर्घायुको कामना गर्ने धार्मिक परम्परा रहेको बताउनु भयो । उहाँले संविधानले दिएको महिलाहरूको संरक्षित अधिकार सुरक्षित गर्न सशक्तरुपले लाग्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
यसैगरी नेपाली काँग्रेसलाई अहोरात्र सघाउने रत्नकला चौधरी र विन्दा पोख्रेललाई समितिले सम्मान समेत गरेको महिला संघ नगर समितिले जनाएको छ । कार्यक्रमका अतिथि रामधुनी १ नं. वडा अध्यक्ष महेश चौधरी, प्रदेश प्रतिनिधि जानकी चौधरी, जिल्ला सदस्य केशिलाल चौधरी लगायतका बक्ताहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो । महिला संघ नगर सभापति शुसिला अधिकारीको सभापतित्वमा कार्यक्रम सञ्चालन दिलकुमारी चौधरीले गर्नुभएको थियो ।

अगाडिकाे पाेस्ट

झुम्का बजारमा १८ औ ऐतिहासिक,धार्मिक राधाकृष्ण रथयात्रा भब्य रुपले समपन्न

अर्काे पाेस्ट

तीजको अवसरमा रामधुनी नगर महिला समितिको शुभकामना र दरखाने कार्यक्रमको आयोजना

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft