मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाल महिला संघ रामधुनीको तीज तथा जितिया बिशेष कार्यक्रम समपन्न

by By: रामधुनी खबर
भदौ ९, २०७९
761

चन्द्रकला चौधरी
झुम्का, भदौ ९ । नेपाल महिला संघ रामधुनी नगर समितिले बिहिवार हरितालिका तीज तथा जितिया बिशेष कार्यक्रम २०७९ को आयोजना गरिएको छ । महिलाहरुको महान् पर्वको अवसरमा शुभकामना आदान प्रदान सहित दरखाने कार्यक्रमको आयोजनागरी सम्पन्न गरेको हो ।
नेपाली काँग्रेस जिल्ला सभापति केदार भण्डारीको प्रमुख आतिथ्यतामा पर्वको महत्व दर्शाउँदै महिलाको अधिकार र नेतृत्वको बारेमा समेत उठानगरी कार्यक्रमको आयोजना गरेको नेपाल महिला संघ रामधुनी नगर समितिले जानकारी दिए । कार्यक्रममा रामधुनी वडा नं. २ शिवनगरटोलकी शितली चौधरीले पौराणिक जितिया गीत गाएर मौलिकता झल्काएको थियो भने विन्दा पोख्रेलले तीजको संगिनी गीत गाएर कार्यक्रमलाई रौनकता बढाएको थियो ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार बर्त बसिन् ।
यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
पर्वको अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति केदार भण्डारीले नेपाली समाज बहुल संस्कृतिले सम्पन्न भएको बताउनु भयो । तीज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व हो । सामाजिक विविधतायुक्त समाजमा यस पर्वको छुट्टै महत्व रहेको भन्दै स्वस्थ्य र दिर्घायुको कामना गर्नु भयो । भण्डारीले महिला अधिकारको सवालमा भन्नु भयो, “आउँदो संघिय र प्रदेश चुनावमा महिलाहरुको प्रतिनिधि बढि भन्दा बढि हुन एकजुटता हुनु पर्छ, जस्ले पनि टिकट पाए बिरोध नगरी समन्व्य भूमिका गरेर जिताउनु पर्छ ।”
महिला संघ जिल्ला सभापति बिजया कट्वालले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तीज तथा जितिया पर्वले विशेष टेवा पु¥याउन मद्दत पु¥याएकोे बताउनुभयो । तीज र जितिया आत्मीयता र सद्भावको पर्व पनि हो भन्दै उहाँले आउँदो चुनावमा पार्टिबाट महिलाहरुको नेतृत्व र उमेदवारमा उच्च कदर हुनुपर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस कार्यवाहक नगर सभापति आशा चौधरीले तीज र जितियाको महत्व र विशेषता सम्बन्धी विचार व्यक्त गर्नुभएको थियो । तीज पर्व श्रिमानको दिर्घायुको कामना गरिन्छ भने जितिया पर्व बालबच्चाकोलागि दिर्घायुको कामना गर्ने धार्मिक परम्परा रहेको बताउनु भयो । उहाँले संविधानले दिएको महिलाहरूको संरक्षित अधिकार सुरक्षित गर्न सशक्तरुपले लाग्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
यसैगरी नेपाली काँग्रेसलाई अहोरात्र सघाउने रत्नकला चौधरी र विन्दा पोख्रेललाई समितिले सम्मान समेत गरेको महिला संघ नगर समितिले जनाएको छ । कार्यक्रमका अतिथि रामधुनी १ नं. वडा अध्यक्ष महेश चौधरी, प्रदेश प्रतिनिधि जानकी चौधरी, जिल्ला सदस्य केशिलाल चौधरी लगायतका बक्ताहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो । महिला संघ नगर सभापति शुसिला अधिकारीको सभापतित्वमा कार्यक्रम सञ्चालन दिलकुमारी चौधरीले गर्नुभएको थियो ।

अगाडिकाे पाेस्ट

झुम्का बजारमा १८ औ ऐतिहासिक,धार्मिक राधाकृष्ण रथयात्रा भब्य रुपले समपन्न

अर्काे पाेस्ट

तीजको अवसरमा रामधुनी नगर महिला समितिको शुभकामना र दरखाने कार्यक्रमको आयोजना

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft