मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

जल उपभोक्ता समिति एस.एस.जे.झुम्काको १२ औ साधारण सभा सम्पन्न

by By: रामधुनी खबर
पुष १५, २०७९
461

राख संवाददाता
झुम्का,पौष १५ । सुनसरी मोरङ्ग सिंचाई आयोजना अन्तर्गत कृषकहरुलाई सिंचाई सुविधा उपलब्ध गराउँन गठन भएको जल उपभोक्ता समिति एस.एस.जे.झुम्का शाखाको १२ औ साधारण सभा सुक्रवार सम्पन्न भएको छ । सुनसरी क्षेत्र नं. २ ख का प्रदेश सभा सदस्य तथा मूल उपभोक्ता समितिको अध्यक्ष समेत रहेका माननिय रामप्रसाद मेहताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो
साधारण सभालाई सम्बोधन गर्नु हुदै प्रदेश सभाको सदस्यमा निर्वाचित गराउँन जल उपभोक्ता समितिको ठुलो मेहनत रहेको प्रदेश सभा सदस्य मेहताले बताउँनु भयो । निर्वाञ्चनमा जल उपभोक्ता समितिका कृषकहरु अथक प्रयास गरेकोमा धन्यवाद समेत ब्यक्त गर्नुभयो ।
सिंचाई आयोजनाको मूल स्रोतमा कोशी स्थित अपोजितट उदयपुर तर्फ गहिरिएर गएकोले नहरमा भरिएको पानी आउँन समस्या भएको प्रदेश सभा सदस्य मेहताले उठान गर्नुभयो । कृषकको यस समस्यालाई मध्यनजरगरी यसलाई बेडमार्ग बनाएर सामाधान गर्ने मूल समितिको निर्णय भएको र सधारण सभाबाट पासगरी प्रतिवेदन सहित सम्बन्धित ठाउँमा पेश गरिसकेको बताउँनु भयो ।
यसै शन्दर्भमा प्रदेश सभासद मेहताले बोल्दै सिंचाई शुल्क सबै कृषक इमान्दारीताका साथ बुझाउँनु पर्ने आग्रह गर्नुभयो । सिंचाई शुल्क ८० प्रतिशत उपभोक्तालेनै नहर मर्मत, सरसफाईमा खर्च गर्ने रहेको र बाँकी २० प्रतिशत मात्रै सरकारले लिने भएकोले कृषकहरुले समयमा शुल्क बुझाउँनु पर्ने अनुरोध गर्नुभयो । सयै शन्दर्भमा बोल्दै पञ्चायत कालमा सिंचाई शुल्क उठाउँन नसक्दा २०४९ साल तिर उपभोक्ता समिति गठन गरेर शंकलन गर्न सम्भव भएको धारणा समेत प्रदेश सभा सदस्य मेहताले राख्नु भयो ।
सिंचाई क्षेत्रका समाज शास्त्री रवि साहले यस शाखाबाट सिंचाई दस्तुर संकलनमा सन्तोषजनक नभएको बताउँनु भयो । आर्थिक प्रतिवेदनमा सिंचाई शुल्क संकलन कम भएको भन्दै शाखाले संकलनमा ध्यान दिन आवश्यक रहेको सुझाव दिनुभयो ।
एस.एस.जे.झुम्का शाखाका अध्यक्ष डुनारायण चौधरीले आ.ब. २०७७÷०७८ को प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो । कृषकहरुको सहज सिंचाईका लागि शाखा अन्तर्गत रहेको क्षेत्र टि फाइभ तथा एस.एस.जे. मूल नह सर्भिस रोड ग्राभेल मर्मत तथा टि फोर डब्यलु वन, आरडब्यलु फोर वाटर कोर्ष लाईनिङ्ग गरिएको छ । टिवन,टिटु,टिथ्री,टीफोर,टिफाइभ को टर्सरी सरसफाई कार्य, सिंचाई शुल्क रकम अशुल, शखाबाट कार्यालय भवन निर्माण कार्य गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
शखाले पानी पोतबाट रु ६८,५२६ रुपैया ४० पैसा शंकलन गरेको छ । गत बर्षमा भने ५५,००५ रुपैया ७१ पैसा रकम अशुल गरेको थियो । शाखाले सो आर्थिक बर्षमा सुनसरी मोरङ्ग सिंचाई आयोजनाबाट मूल नहर लाईनिङ्ग निर्माण मर्मत सम्भारका लागि अनुदान प्राप्त गरेको छ ।
यस जल उपभोक्ता समिति एस.एस.जे.झुम्का शाखाको सिंचित क्षेत्र ८९१ हेक्टर रहेको छ । पाँच टर्सरी, ३४ वाटर कोर्ष रहेको छ ।
साधारण सभामा सिंगिया माइनरका अध्यक्ष राजकुमार चौधरीले आफनो धारणा राखेका थिए भने उपाध्यक्ष बिरेन्द्र सरदारले स्वागत मन्तब्य राखेको थिए । साधारण सभा जल उपभोक्ता समिति एस.एस.जे.झुम्का शाखाको रामधुनी वडा नं. १ भादगाउँमा रहेको कार्यालयको सभाहलमा सम्पन्न भएको आयोजकले जानकारी दिए।

अगाडिकाे पाेस्ट

भासि स्वास्थ्य चौकीमा प्रत्येक दिन थप निशुल्क आँखा, कान जाँच तथा उपचार सेवा विस्तार

अर्काे पाेस्ट

सूचनाको अटेर, झुम्कामा मापदण्ड विपरीतका संरचना र फुटपाथ पसल हटाउँन अनुगमन र सचेत हुन आग्रह

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft