मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सूचनाको अटेर, झुम्कामा मापदण्ड विपरीतका संरचना र फुटपाथ पसल हटाउँन अनुगमन र सचेत हुन आग्रह

by By: रामधुनी खबर
पुष २१, २०७९
394


राख संवाददाता
झुम्का,पुष २१ । झुम्का बजार क्षेत्रमा राजमार्ग छेउमै मापदण्ड विपरीतका संरचना र फुटपाथ पसल हटाउँन सूचना गरेपनि अटेर हुँदा रामधुनी नगरपालिकाबाट बिहिवार अनुगमन गरेको छ । कार्यपालिकाको बैठक २०७९ मंसिर २७ गतेको निर्णय अनुसार १५ दिने सूचना निकाल्दै पुष १५ गते सम्ममा हटाउँन माइकिङ्ग सुचना सहित पूर्व जानकारी गराएपनि बेवास्ता भएको थियो । पूर्व सूचना र प्रत्यक्ष अनुगमन र अनुरोध पछि पुनः बेवास्ता भए कार्वाही गरिने सचेत गराएको छ ।
राजमार्ग सडकको दायाँ वायाँ ८२ फिट भित्र रहेको मापदण्ड विपरीतका संरचना र फुटपाथ पसल हटाउँन नगरपालिकाको आग्रह रहेको छ । तथापी पनि सूचनाको अटेर र बेवास्ताले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, झुम्का उद्योग बाणिज्य संघ, सम्बन्धित वडा अध्यक्ष लगायत प्रहरी, ट्राफिक संयुक्त रुपले पसल–पसल गएर अनुरोध गर्न बाध्य भएको छ ।
संयुक्त अनुगमनले अवागमन अबरुद्ध हुनेगरी बजार क्षेत्रमा फलफुल पसल, चटपटे ठेला, मासु पसल, निर्माण सामाग्री, पसलका सामान बाहिर सम्म राखेको पाएको छ । यसैगरी ग्यारेज, हार्डवेयरका सामान सडक छेउमै छरपस्टल राखेको भेटिएको छ ।
फुटपाथमा रहेका पसल राख्न सटरहरु छन्, कृषि बजार छन्, नहरको डिलमा राख्न सकिने बिकल्पहरु छन् राजमार्ग छेउमै राखेर आवागमनलाई असहज बनाउँन नहुने प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर थापाले बताउँनु भयो । अधिकृत थापाका अनुसार १५ दिने सूचाना गरेका छौ, बेवास्ता भएपछि प्रत्यक्ष अनुरोध पनि ग¥यौ, पुनः बेवास्ता भयो भने स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम बाध्यतात्मक कारवाही गर्नु पर्ने अधिकृत थापाले जानकारी दिनु भयो ।
झुम्का बजार क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित तथा आवागमनलाई सहज बनाउँन सबैको दायित्व रहेकोले यस अभियानमा सहयोगका लागि मेयर शंकरलाल चौधरीले अनुरोध गर्नु भयो । फुटपाथ पसलले बजार क्षेत्रमा सम्भावित दुर्घटना बढाएको र यहा फोहोर समेत बढाएकोले हटाउँन आयश्यक रहेको उपमेयर तरा थापाले बताउँनु भयो ।
झुम्का बजारको मुख्य क्षेत्र राजमार्ग सडकको दायाँ वायाँ संरचना र फुटपाथ पसलका कारण अवागमन असहजले दुर्घटनाको सम्भावना, बजार अव्यवस्थित, बजारमा फोहोर बढ्दै गएको छ । बजार अब्यवस्थित र फोहोर बढ्दै गएको गुनासो पछि नगरपालिकाले अभियान थालेको हो ।

अगाडिकाे पाेस्ट

जल उपभोक्ता समिति एस.एस.जे.झुम्काको १२ औ साधारण सभा सम्पन्न

अर्काे पाेस्ट

‘ऐलै पावैन माघी’………थारु सांगीतिक गीत सार्वजानिकले थारु समुदायमा उमंग र उत्साह

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft