मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु साँस्कृतिक पहिचान प्रवद्र्धन गर्न झुम्कामा माघ १ गते “तिला संक्राइत साँस्कृतिक कार्यक्रम २०७९” गर्ने तयारी पुरा

by By: रामधुनी खबर
पुष ३०, २०७९
378

राख संवाददाता
झुम्का, पौष ३० । तिला संक्राइत तथा माघी पर्वको अवसरमा प्रत्येक बर्ष गर्दै आएको कार्यक्रम तथा महोत्सव यस बर्ष पनि झुम्काको जितमहान चोकमा निरन्तरता दिदै मनाउँन तयारी गरेको छ ।
गत बर्षहरुमा आयोजना गरेको कार्यक्रम तथा महोत्सवले रामधुनी नगरपालिकाको झुम्का बजार जितमहान चोकबाट प्रदेश १ मै पर्वको मौलिकता सहित थारु परिकारलाई समेत प्रवद्र्धन गर्न सफल भएका थारु महिला उत्थान समाज रामधुनीले यस बर्ष झुम्कामा तिला संक्राइत माघी साँस्कृतिक कार्यक्रम गर्ने तयारी पुरा भएको आयोजकले जनाएको छ ।
कार्यक्रम मार्फत थारु साँस्कृतिक पहिचान प्रवद्र्धन गर्ने बिशेष उधेश्य रहेकोले कार्यक्रममा सहभागीका लागि उत्थान समाजले अनुरोध गरेको छ । साँस्कृतिक कार्यक्रमलाई थप रौनक बढाउँन मेगा डिजिटल रेकर्डिङ्ग स्टुडियो झुम्काको संयुक्त आयोजना रहने जनाएको छ ।


कार्यक्रम माघ १ गते आइतवारका दिन रामधुनी वडा नं. १ झुम्का बजारको सय मिटर पूर्व जित महान चोकमा भब्यताले कार्यक्रम मनाउँने आयोजकले जानकारी दिए । कार्यक्रम दिउँसो २ बजे देखि सुरु हुने छ । कार्यक्रममा पौराणिक धुम्रानाच, थारु भेष, भुषा, भाषाका गीतमा नृत्य, पर्वको परिकारहरुको प्रदर्शनी रहने छ । त्यसैगरी राष्ट्रिय र स्थानीय नृत्य र गायन क्षेत्रका कलाकारहरुको प्रस्तुतिकरण रहने छन् ।
रामधुनी नगर क्षेत्र थारु बाहुल्य र थारु साँस्कृति थलोको रुपमा पहिचान बनाइसकेकोले थारु महिला उत्थान समाज रामधुनीले थारु समुदायको प्रमुख चाँड तिला संक्राइतमा महत्व उठान हुने साँस्कृतिक कार्यक्रम गर्दै आएको संस्थाकी अध्यक्ष सिता थरुनीले बताउँनु भयो । कार्यक्रमले थारु समुदायको संस्कार मात्र हैन नगरकै पहिचान हुने र पर्यटन प्रवद्र्धनको समेत भूमिका कार्यक्रमको रहदै आएकोले यस बर्ष पनि सोही उधेश्यले आयोजना गरेको धारणा ब्यक्त गर्नुभयो ।


कार्यक्रममा थारु समुदायका कलाकारले साँस्कृतिक पहिचान झल्काउँने खालका बिशेष प्रस्तुति रहने मेगा डिजिटल रेकर्डिङ्ग स्टुडियो झुम्काका प्रवन्धक विशाल चौधरीले बताए । मेगा डिजिटल रेकर्डिङ्ग स्टुडियो झुम्काले थारु मौलिक पर्वहरुको साँस्कृति पक्ष आधारित सांगीतिक गीत भिडियो निर्माण गर्दै आएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाको १३ औं नगरसभा,संशोधित बजेट रु ८९,२१,२६,४८१,दशवटा कार्यविधि निर्दैशिका अनुमोदन

अर्काे पाेस्ट

नयाँ अन्नबालीको परिकार कुल देवतालाई चढाउँने पर्व माघे संक्रान्ति अर्थात तिलासक्राइत पर्व

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft