मिति : २०८३ असार ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नयाँ अन्नबालीको परिकार कुल देवतालाई चढाउँने पर्व माघे संक्रान्ति अर्थात तिलासक्राइत पर्व

by By: रामधुनी खबर
माघ १, २०७९
346

सुनिल चौधरी
झुम्का, माघ १ । आज माघे संक्रान्ति अर्थात तिलासंक्राइत पर्व हर्षोल्लासका साथ मनाइँदै छ । माघ महिनाको पहिलो दिन मनाइने तिलासंक्राइतलाई मकर संक्रान्ति, माघे संक्रान्ति, माघी तथा खिचरीको नामले मनाउँने गर्छन् ।
पूर्व झापा, मोरङ्ग, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा बसोबास गर्ने थारु समुदायले तिलासंक्राइत, मध्य चितवनका थारु समुदायले खिचरा, नवलपरासी रुपन्देहीका थारु समुदायले खिचरीर खिचडी तथा दाङ, सुर्खेत, बर्दिया, कैलाली, कन्चनपुर लगायतका थारु समुदाय माघ पर्वको रुपमा मनाउँने गरेका छन् ।


तिलासंक्राइत पर्व पूर्वमा थारु समुदायले प्रमुख चाँडकै रुपमा मनाउने गरिन्छ । माघ १ गतेका दिन नयाँ अन्नबालीको सख्खर मिश्रित परिकारहरु बनाएर कुल देवतालाई चढाई प्रसादको रुपमा ग्रहन गर्ने धार्मिक मान्यता रहेको छ । खेतमा उब्जा भएका बिशेष तिल तिलको लड्डु (तिल्वा लड्डु), र धानको उल्वा चामलको भुजाको लड्डु (मुरहीके लड्डु) परिकार बनाएर कुल देवतालाई विधिवत चढाउँने परम्परा रहेको छ । पर्वमा नयाँ अन्नबालीको परिकाका साथै अन्दी चामलको चिचरीभात, माछा, घिउ, चाकु, तरुल, तिल खिचडीभात खाई मनाइन्छ ।
तिलासंक्राइतलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । अहिले सबै जातजातीले यो पर्व विधिपुर्वकनै मनाउने गरेको छ । विशेष गरी २०५९ सालमा सरकारले माघे संक्रान्ति अर्थात तिलासंक्राइतमा सार्वजनिक बिदाको व्यवस्था गरेपछी सबै जातजातिले मनाउँन थालेको हो ।
तिलासंक्राइत पर्व सम्पूर्ण नेपालीले मनाउँदै आएता पनि थारु समुदायले अन्य समुदायकोे भन्दा फरक तरिकाले मनाउँने गरेकाले थारु समुदायमा बिशेष मौलिकता र महत्व बोकेको पाइन्छ् । पर्व मनाउँने थारु समुदायमा मौलिक संस्कार अनुसार तिला संक्राइतको एक दिन अगावै तिललाई भिजाएर वाफी फेरी घाममा सुकाई ढिकीमा कुटेर त्यसको कालो भुस सबै निकाली र चामललाई उल्वा गरी उल्वा भन्नाले वाफीने प्रकृया, सोही उल्वा चामल तयारगरी एकाविहानै भुटेर तथा उल्वा चामललाई भुटेर भुजा बनाई सख्खरमा मिश्रणगरी लड्डु बनाई जस्लाई तिल्वा लरु, मुरहीकेलाई भन्ने गरिन्छ यस लड्डुलाईृ सबभन्दा पहिले कुल देवतालाई चाढाईन्छ । तत्पश्चात घरको स–परिवार नदी, तलाउ, पोखरी, जलाशयमा स्नानगरी परसादीको रुपमा खाने गरिन्छ ।


तिलासंक्राइतको धार्मकि, साँस्कृतिक, बैज्ञानिक महत्व रहेको छ । पर्वमा खाइने तिल, भुजा, तरुल, चिचरीभात, माछा, कन्दमुल, बिरम्ला, तिलखिचडी आदी परिकार खाँदा शरीरलाई अत्यन्त पौष्टिक हुन्छ । जाडोमा शरीरलाई आवश्यक पर्ने तापक्रम बनाई राख्ने हुन्छ ।
ज्योतिष शास्त्र अनुसार सौर मासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भन्ने गरिन्छ । ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशिबाट मकर राशिमा संक्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सक्रान्ति रहन गएको हो ।

सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रुपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले यस दिनको छुट्टै खगोलिय महत्व छ ।
त्यसैले कृषि पेशामा रहेका थारु समुदाय अवको दिन लामा हुने र खेतीपातीमा दिनभरिमा धेरै काम हुनेहँुदा थारु कृषकहरु हर्षोल्लासका साथ यो पर्व मनाउँने गरिन्छ ।

अगाडिकाे पाेस्ट

थारु साँस्कृतिक पहिचान प्रवद्र्धन गर्न झुम्कामा माघ १ गते “तिला संक्राइत साँस्कृतिक कार्यक्रम २०७९” गर्ने तयारी पुरा

अर्काे पाेस्ट

तिलासंक्राइत माघी पर्वको अवसरमा थारु महिला सभा गढी–१ मधैलीको सांस्कृतिक कार्यक्रम सम्पन्न

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft