मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु साँस्कृतिक पहिचान झल्काउँदै झुम्काको जितमहान चोकमा भब्य तिलासंक्राइत माघी कार्यक्रम

by By: रामधुनी खबर
माघ ४, २०७९
481

राख संवाददाता
झुम्का, माघ ४ । थारु साँस्कृतिक पहिचान झल्काउँदै रामधुनी नगरपालिका झुम्काको जितमहान चोकमा माघ १ गते आइतवार भब्य तिलासंक्राइत माघी कार्यक्रम सम्पन्न गरेको छ । मौलिक पर्व तिलासंक्राइत माघीको अवसरमा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियान्ताहरुको सुझात्मक सल्लाह लगायत थारु कलाकारहरुको साँस्कृतिक प्रस्तुती सहित तिलासंक्राइत माघी सांस्कृतिक कार्यक्रम २०७९ सम्पन्न गरेको हो ।


तिलासंक्राइत माघी पर्वमा मिठा–मिठा परिकार, नयाँ अन्नबालीबाट बनाएका परिकार, जाडो समय रहेकाले शरीरमा तापक्रम सन्तुलन राख्ने परिकारहरु खाएर उत्सवको रुपमा मनाउँदै आएको छ । यस दिन देखि सूर्य उत्तरायण लाग्ने भएकाले पनि खगोलिय दृष्टिले शुभमान्ने अवसरकोदिन रहेकोले थारु समुदाय ऐतिहासिक कालखण्ड देखिनै यस दिन पर्व मौलिक रुपमा मनाउँदै आएको छ । नयाँ कृषि उत्पादन भएको तिल धार्मिक दृष्टिकोण र मानव जिवनमा बिशेष महत्व रहेकोले सख्खर मिश्रित तिलको लड्ड र भूजाको लाय पर्वको प्रमुख परिकार मान्दै पर्वलाई तिलासंक्राइत, माघी, खिचरीको नामले मनाउँदै आएको छ । तिले–तिले दिन लामा र गर्मि हुँदै जाने भएकोले पनि यस पर्वलाई बिशेष तिलासंक्राइत पर्वको नामले मनाउँदै आएको पाइन्छ ।
थारु महिला उत्थान समाज रामधुनी र मेगा डिजिटल रेकर्डिङ्ग स्टुडियो झुम्काद्धारा आयोजित सो कार्यक्रममा अतिथी तथा सामाजिक अभियान्ताहरुले नयाँपुस्ताका लागि सामाजिक विकासका बिचार तथा धारणा, सुझावहरु ब्यक्त गरेका छन् भने थारु कलाकार, गायकहरुले आफनो कला प्रस्तुत गर्दै थारु साँस्कृतिक पहिचान झल्काएका छन् । कलाकारहरु थारु भेषभुषामा थारु भाषाका पर्व तथा अधिकारका गीतसंगीतमा नृत्यगरी थारु साँस्कृतिक पहिचान झल्काएका हुन् ।
कार्यक्रमका प्रमुखअतिथी नगरप्रमुख शंकरलाल चौधरीले महिलाहरुको अगुवाईमा आयोजित कार्यक्रम भब्यरुपले आयोजना गरेको बताउँनुभयो । कार्यक्रममा बोल्दै नयाँपुस्ताको बृहत उपस्थितीमा पर्वको उत्थान गर्ने बैचारिक धारणा, साँस्कृतिक नृत्य प्रदर्श प्रस्तुतीले भब्यता र सान्दर्भिक कार्यक्रम को आयोजना भएको भन्दै शुभकामना ब्यक्त गर्नुभयो । थारु समुदायका नयाँपुस्ता बिद्यार्थी जिवनबाटै राजनीतिक क्षेत्र बनाउँदै आउँनु पर्ने उल्लेख गर्नुभयो । इटहरी जनता क्याम्पसमा बिद्यार्थी संगठन स्वब्यु को सभापतिमा थारु महिला बिजय भएको भन्दै यसकालागि थारु बिद्यार्थीको अहमभूमिका रहेको स्मरण गराउँनुभयो । यसरी नेतृत्वपंत्तिमा आउँन आगामि दिनमा पनि संगठित हुनुपर्ने नगरप्रमुख चौधरीले धारणा राख्दै सुझाव ब्यक्त गर्नुभयो ।


थारु समुदाय आफनो संस्कार जर्गेनागर्न जागरुक रहेको नगरउपप्रमुख तारा थापा ले बताउँनुभयो । थारु समुदायमा हरेक मौलिक पर्वको अवसरमा रामधुनी नगर अन्तर्गत संस्कार संस्कृति उठान गर्ने खालका कार्यक्रमहरु गर्दै आएकोले जागरुकता संगै अपनत्व रहेको भन्दै आगामि दिनमा पनि निरन्तरता दिनु पर्ने उठान गर्नुभयो । पर्वहरुले नेपालीमा एकताको शन्देस दिने महत्व बोकेकोले थारु समुदाय कार्यक्रमको आयोजनागरी सो महत्व दर्शाउँदै आएको धारणा राख्नुभयो ।
यसैगरी थारु कानून व्यवसायी सभा केन्द्र अध्यक्ष रामराज चौधरीले रामधुनी नगरपालिकाका जनप्रतिनिधिहरु थारु राष्ट्रियता स्विकार गर्न नसकेकोमा गुनासो ब्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै चौधरीले रामधुनीमा थारु पहिलो बसोवास र बाहुल्य रहेकोले यहाँ पहिलो नागरिक घोषणा, थारु भाषामा पठन पाठन, ग्रामथान संरक्षण नीति, थारु समुदायमा आर्थिक सबलताका लागि प्राथमिक्तामा राख्न कन्जुस्याइ गरेको भन्दै अधिवक्ता चौधरीले गुनासो गरेका हुन् ।
थारु महिला उत्थान समाज रामधुनीकी अध्यक्ष सिता चौधरीले कार्यक्रम समापन गर्दै थारु संस्कार, संस्कृतिको संरक्षण सहितको रामधुनी नगर पहिचान, पर्यटन प्रवद्र्धन, महिला नेतृत्वको विकासका लागि आयोजना गरेको कार्यक्रमको उधेश्य बारेमा बताउँनुभयो ।
उत्थान समाजकी अध्यक्ष चौधरीको सभापतित्व र स्टुडियोका प्रबन्धक विशाल चौधरीको संयोजकत्वमा आयोजित कार्यक्रममा रामधुनी १ नं. वडा अध्यक्ष महेश चौधरी, वरिष्ठ पत्रकार धनकुटाका सन्जय सन्तोषी राई, थाकस पूर्व जिल्ला अध्यक्ष मिलिराम चौधरी, थारु महिला सभा जिल्ला अध्यक्ष सुशिला लेखी, कलाकार पर्शुराम चौधरी, रेनु चौधरी को उपस्थिती रहेको थियो । कार्यक्रममा कलाकार तथा गायक कुलदिप चौधरी, सुनिल चौधरी, लालबहादुर चौधरी, बिक्रम चौधरी, जगत चौधरी लगायतका कलाकारहरुले प्रस्तुती गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उत्थान समाजकी उपाध्यक्ष आशा चौधरीले स्वागत गर्नुभयो भने कार्यक्रम संचालन संस्थाकी सचिव सनम चौधरी र साँस्कृतिक कार्यक्रम अन्जली चौधरीले संचालन गर्नुभयो।

अगाडिकाे पाेस्ट

तिलासंक्राइत माघी पर्वको अवसरमा थारु महिला सभा गढी–१ मधैलीको सांस्कृतिक कार्यक्रम सम्पन्न

अर्काे पाेस्ट

रामधुनी मा.बि.लालपुरको ५० औं बर्ष, इतिहासलाई सम्मान गर्दै बिद्यालयको स्वर्णमहोत्सव

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft