मिति : २०८३ असार २१ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सामाजिक उत्थानका महत्वपूर्ण ऐतिहासिक कार्यगर्दै थारु महिला उत्थान समाजको छैठौं साधारण सभा

by By: रामधुनी खबर
फागुन ७, २०७९
388

राख संवाददाता
झुम्का, फागुन ७ । थारु महिला उत्थान समाज रामधुनी सुनसरीको शनिवार साधारण सभा सम्पन्न भएको छ । नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा छैठौं साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाबाट आ.ब.२०७८÷०७९को अध्यक्ष प्रगती प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन अनुमोदन गर्दै कार्यसमिति पुनरगठन गरेको छ । प्रगती प्रतिवेदन अध्यक्ष सिता थरुनी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गयावती चौधरीले प्रस्तुत गुर्नुभएकाे थियाे।
तिन बर्ष कार्यअवधि रहेको संस्थाको साधारण सभाबाट कार्यसमितिको पुनरगठन गर्दै अध्यक्षमा सर्वसहमत निर्विरोध आशा कुमारी चौधरी चयन हुनुुभएको छ । उपाध्यक्षमा सनम चौधरी चयन भएको छ भने सचिवमा भगवती चौधरी, कोषाध्यक्षमा मन्जुु चौधरी सहसचिवमा हिरा चौधरी सर्वसहमत चयन भएको छ । सदस्यहरुमा यशोदा, चन्द्रकला, पिंकी, रेखा, आशा चौधरी चयन भएको निर्वाचन संयोजक केशीलाल चौधरीले जानकारी दिनुुभयो ।


साधारण सभाबाट तिन जना पत्रकार सहित संगठन प्रतिको योगदान गरेका समाजसेवि बुद्धिजीवीहरुलाई संस्थाले सम्मान गरेको छ । पत्रकार सुनिल चौधरी, प्रकाश बन्जारा, कुलदिप चौधरीलाई आगामि दिनमा पत्रकारिता मार्फत समाज र संस्कृति र अधिकारका लागि भूमिकाकाे निरन्तरताकाे कामना गर्दै दोसल्लाह ओढाई सम्मान गरेको छ । नेतृत्व कर्तालाई सहयोगगरी भूमिका खेल्नुहुने कार्यसमितिका सदस्य तथा साधारण सदस्यहरुमा समेत सम्मान गरेको छ ।
सुनसरीमा महिला सशक्तिकरण तथा प्रदेश स्तरमै थारु मौलिक संस्कार, संस्कृति, परिकार प्रवद्र्धनमा अग्रसर हुँदै रामधुनी नगरपालिकाको पहिचान र पर्यटन प्रवर्द्वनमा सहयाेग गर्दै संस्था छैठौ बर्ष पारगरेको अवसरमा मेयर शंकरलाल चौधरीले निवर्तमान अध्यक्ष सिता थरुनी सहितको कार्यसमितिलाई सम्मान ब्यक्त गर्दै पुनरगठित कार्यसमितिलाई कार्यसफलताको शुुभकामना दिनुुभयो ।
६ बर्षको अवधिमा अध्यक्ष पदमा दुुई कार्यकाल बिताएकी सिता थरुनी र कार्यसमिति परिवारको अगाडि धेरै समस्या र चुनौतिहरु आइपरेपनि निडर निर्भिक संघर्षले आफनो लक्ष्यमा सफल प्राप्त गरेको र यसले थारु महिलाहरुमा नेतृत्वगर्न आत्मबल बढेको मेयर चौधरीले बताउँनुु भयो । आगामि दिनहरुमा महिलाहरु पनि नेतृत्वगरी विकास, निर्माण, सामाजिक क्षेत्रमा सफलता प्राप्त गर्न सक्छन् भन्ने थरुनीको नेतृत्व कार्यसमिति समाजको लागि मार्गदर्शन र उदाहरणीय बनेको धारणा ब्यक्त गर्नु भयो ।
साधारण सभामा बर्तमान उपपेयर तरा थापा, निवर्तमान उपमेयर सविना चौधरी, सल्लाहकार केशीलाल चौधरीले उत्थान समाज ६ बर्षको अन्तरालमा समाजमा उत्थान गर्ने खालका महत्वुर्ण सचेतना, जर्गेना, संरक्षण, प्रवद्र्धन गर्ने कार्यक्रमगरी समाजमा स्थापित भएको बताउँनुुुभयो ।


संस्थाले ६ बर्षको कार्य अवधिमा ‘तिला संक्राइत प्रवद्र्धन कार्यक्रम २०७७’ मौलिकता उठानहुने बक्तृत्वकला प्रतियोगिता, रविन मेडिकल झुम्काको समन्वयमा निशुल्क स्वस्थ्य शिविर, जितिया बिशेष नीतिगत संरक्षण कार्यक्रम, माघी तिला संक्राइत प्रवद्र्धन कार्यक्रम २०७८, माननिय प्रदेश सांसद नवोदिता चौधरीको संसदिय कोषको सहयोगमा पाँच दिवसिय मान्युट लेखन तथा उद्घोषण तालिम, रामधुनी नगरपालिकाको समन्वयमा १५ दिने थारु पौराणिक साँस्कृतिक कला धमा, मना, ढकीया बुनाई तालिम सम्पन्नगरी सामाजिक उत्थानका कार्यहरु गरेका छन् ।
यसैगरी गत बर्षहरुमा पनि संस्थाले महत्वपूर्ण समाजिक कार्यहरु गरेको छ । लायन्स क्लव आफ रामधुनीको संयुक्त आयोजनामा एक दिने आखाँ तथा कान जाँच सेवाकालागी निशुल्क शिविर, भासि उच्च माबिमा बिद्यार्थी लगायतका सर्वसाधारणका लागी एक दिने मोतिया बिन्द तथा आखाँ र कानको जाँच तथा उपचार सेवाको निशुल्क शिविर, “तिज बिशेष सांस्कृतिक कार्यक्रम २०७४” सम्पन्न गरेको छ ।
“जितिया बिशेष सांस्कृतिक तथा बक्तृत्वकला कार्यक्रम”,बि.पि कोइराला प्रतिष्ठानको प्राबिधिक सहयोगमा सर्वसाधारणकालागी एक दिने दाँत तथा छालाको निशुल्क एक दिने निशुल्क शिविर, समा चखेवा पर्व मनाउदै समाच चखेवा खेल्ने कार्यक्रम, महिला हक हितकालागी छलफल तथा अभिमुखिकरण कार्यक्रम,“तेस्रो माघि तथा तिलासंक्राइत महोत्सव २०७४ कार्यक्रम” सम्पन्न गरेको छ । २०७५ सालको नयाँ बर्ष तथा शिरुवा पर्वको अवसरमा “शुभकामना आदान प्रदान तथा सिरुवाको पौराणिक मान्यता र महत्वको बारेमा उठानगर्दै संरक्षणको योजना सहितको कार्यक्रम २०७५”, कोरोना महामारीमा सर्वसाधारण तथा प्रहरीहरुमा खाद्यान्न सामाग्री वितरण, रामधुनी वडा नं. ९ को सहयोगमा बढ्दो हिंसा र अपराध न्युनिकरण गर्न एक दिवसिय “साइबर क्राइम सम्बन्धि सचेतना मुलक कार्यक्रम”आयोजना गरेको छ ।
मौलिक कला तथा साँस्कृतिक कार्यक्रमबाट महिला जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई अािर्थक सहयोग तथा सम्मान, राामधुनी नगरपालिका १ नं. महिला विकास वडा स्तरीय समितिको समन्व्यमा महिला उद्यमी प्रोत्साहनकालागी एक हप्ते “बुटिक भरिएको सुर्केथैली शिप विकास कार्यक्रम” रामधुनी वडा नं. ७ को सहयोगमा बढ्दो हिंसा र अपराध न्युनिकरण गर्न एक दिवसिय “साइबर क्राइम सम्बन्धि सचेतना मुलक कार्यक्रम” लगायत सिप, कला, ज्ञान, सचेतना, स्वास्थ्य, शिक्षा, संस्कृति कला संरक्षणका कार्यक्रम सम्पन्न गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रम आयोजनाले संस्था विभिन्न उपलब्धिहरु प्राप्त गरेको छ । महिलाहरु संस्थागत रुपले संगठित भएर सामाजिक कार्यमा अगाडि बढेको छ । सामाजिक अधिकार, थारु कला, संस्कृति, संस्कार संरक्षणमा नेतृत्व लिन सक्षम भएको निवर्तमान अध्यक्ष थरुनीले बताउँनु भयो । थरुनीले प्रगती प्रतिवेदन माफर्तत कार्यक्रमहरु आयोजनाले थारु मौलिक संस्कारहरु पुुस्तान्तरण भएको जनाएको छ । उहाँले भन्नुभयो, ‘समाजमा लुकेका र देखेका बिकृति बिंगती बारेमा जानकारहुँदै सचेत भएका छौँ । महिलाहरु उद्यमी बन्नुु पर्छ भन्ने सोचका साथ जिम्मेवार भएका छौँ । सार्वजानिक उद्घोषणमा बोल्ने कला, अग्रज तथा अधिकारीक ब्यक्तिहरु संग माग मुद्धाका बारेमा धारणाहरु स्पष्ट रुपले राख्न समक्ष भएका छौँ । स्थानीय पालिका, प्रदेशमा नीति, नियम, कार्यक्रम, योजना, बजेट खोजी गर्न सक्षम भएका छौँ । महिला अधिकारका सवाल र सामाजिक समस्याहरु बुुझ्दै न्युनिकरणका लागि उठान गर्न प्रोत्साहन पाएका छौ । इमानदारिता पूर्वक समुदायमा प्रभावकारी ढंगले कार्यक्रम गर्दा समुदायको बिश्वास जित्न सकिन्छ तसर्थ थारु महिलाको आवश्यक्ता र भूमिका खोजिरहेको पाएका छौँ । रामधुनी नगरपालिकाको पहिचान संगै प्रदेश १ मै थारु साँस्कृतिकको धनि रामधुनी नगर रहेको ऐतिहासिक पहिचान गर्न अग्रसर रहेका छौँ । यहाँ रहेका समुदायलाई सामाजिक कार्यले उत्थान हुने सम्भव रहेको बिश्वास दिलाएका छौँ’ भन्दै आगामि दिनहरुमा पनि संस्थाले उपलब्धि मुलक कार्यहरु निरन्तरता दिने निवर्तमान अध्यक्ष थरुनीले जानकारी दिनुुभयो ।

अगाडिकाे पाेस्ट

लर्डबुद्ध इन्टरनेशनल स्कुलमा विज्ञान,कला,मौलिक परिकार प्रदर्शनीले बिद्यार्थीमा व्यवहारिक ज्ञानको अब्बलतामा प्रोत्साहन

अर्काे पाेस्ट

नेशनल लाईफ इन्स्योरेन्सको ३६ औं वार्षिकोत्सव प्रदेश १ अन्तर्गत मानवसेवामा सहयोगी कार्यगरी सम्पन्न

सम्बन्धित अरु

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरीझुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै १५...

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft