राख संवाददाता
झुम्का,फागुन १२ । नेपालको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्सले बुधवार ३६ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले देशभर मानवसेवामा सहयोगी हाथ बढाउँदै रचनात्मक कार्यहरुगरी मनाएको हो ।
इन्स्योरेन्स कम्पनीको प्रदेश नं. १ अन्तर्गतका कार्यालयहरुले रक्तदान कार्यक्रम तथा निसहाय बालबालिकामा सहयोग गरेको छ । ईटहरी शाखा कार्यलयले रक्तदान तथा वृद्धा आश्रम, अनाथ आश्रममा खाना खुवाई सहयोग गरेको इन्स्योरेन्स कम्पनीले जानकारी दिए । ईटहरी शाखाबाट रक्तदान कार्यक्रमगरी ४१ पिण्ट रगत संकलन तथा निसहाय बालबालिका आश्रममा खाना खुवाई सहयोग गरेको हो ।

वार्षिकोत्सवकै अवसरमा बिराटनगर शाखाबाट रक्तदान कार्यक्रमबाट १५ पिण्ट रगत संकलन गरेको छ । गाईघाट कार्यालयले जिल्ला अस्पतालको विरामीहरुलाई फलफुल वितरण गरेको छ । धरान तथा धनकुटाले विश्रान्ती मन्दिर, वृद्धाआश्रममा फलफुल वितरण गरेको छ ।
दमक शाखा कार्यालयले हाम्रो बाल आश्रम, बिर्तामोडले परोपकार तथा अनुसन्धान केन्द्र, ताप्लेजुङ्गले अपाङ्ग बालबालिका आवास गृह कटारीले कमला खोज बाल गृहमा फलफुल वितरणगरी मानवसेवाका कार्य गरेको इन्स्योरेन्स कम्पनी प्रदेश प्रमुख नरेद्र कुमार राईले जानकारी दिनुुभयो ।
यस अवसरमा कम्पनीले व्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियतालाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।