राख संवाददाता
इटहरी,फाल्गुन १३ । मुुसहर सदा समुुदाय संगठितका लागि नेपाल राष्ट्रिय मुुसहर संघ केन्द्रिय समितिको आयोजनामा शनिवार प्रथम भेला समपन्न गरेको छ । मुुसहर सदा समुुदायको हक र अधिकार सुनिश्चितता माग उठान गर्दै इटहरीमा प्रथम भेला समपन्न गरेको हो ।
मुुसहर समुदाय न्याय, समान्ता, अस्तित्व र पहिचानबाट बञ्चित रहेकोले स्थानीय तह देखि प्रदेश, संघिय सरकारले ध्यान दिन जोडदार माग गरेका हुन् । इटहरी नगरमा पाँचहजार सदा समुदाय स्थानीय सरकारबाट प्रत्यक्ष उत्पीडनमा परेको बताए । नगरका ८० प्रतिशत सदा समुदाय गास वास कपासको अभावमा गुर्जिरहेको छ । घरजग्गा विहिन, शिक्षाबाट बञ्चित, स्वस्थ्य पहुचबाट बञ्चित रहेकोले स्थानीय सरकार यसमा ध्यान नदिएको मुुसहर समुदायको संगठनले उठान गरेको छ ।

समुदाय जहिलेपनि छुवाछुतको विभेदमा बाच्नुपरेको जनाए । यस तनावले समुदाय लागुुपदार्थमा फसेर आफनो शरिरलाईनै समाप्त गरिरहेकोले यसमा सबैको पहल हुन आवश्यक रहेको केन्द्रिय अध्यक्ष चन्देश्वर सदाले बताए ।
प्रदेश सांसद रोहित कार्की, सपना परियारको उपस्थिती रहेको कार्यक्रममा देशभरी १२ लाख ६० हजार मुसहर समुदायको हक हितका लागि आयोग गठन हुनुुपर्ने माग गरेको छ । जहिले पनि मुुसहर समुदाय नोकर भएर बाच्नुपर्ने बाध्यतालाई अन्त्यगर्न आयोग गठन हुनुपर्ने माग राखेको छ । भूमिहिनलाई जग्गा दिनुु पर्ने, वसोवास गरेको जग्गाको पूर्जा लगायतका मागहरु राख्दै इटहरी भेला सम्पन्न भएको छ ।
कार्यक्रम उमेस सदाको सभापतित्वमा नगरभरीका सदा समुदायको सहभागीता रहेको थियो । प्रथम भेलाबाट नगर समितिको पूर्णता दिने तदर्थ समितिका सभापति उमेस सदाले जानकारी दिएका हुन् ।