मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सदभाव र एकताको शन्देस दिदै मिथिला एकता समाज रामधुनीको होली मिलन कार्यक्रम

by By: रामधुनी खबर
फागुन २२, २०७९
367

राख संवाददाता
झुम्का,फागुन २२ । रंग र अबिरको पर्व होलीको अवसरमा मिथिला एकता समाज रामधुनी नगर समितिले सोमवार होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । पर्वको प्रमुख विशेषता मानिने सदभाव र एकताले उन्नत समाज निर्माणमा सहयोग पुुग्ने उधेश्य सहित मिथिला एकता समाजले होली मिलन कार्यक्रम आयोजना गरेको नगर समिति अध्यक्ष भोला प्रसाद रौनियारले जानकारी दिनुुभयो ।
विभिन्न रंगका रंग र अबिर जस्तै नेपाली समाजमा समुदाय विविधता रहेकोले विविधतामा एकता र सदभाव कायमको निरन्तरतामा थप बल पुर्याउँन बिगत तिन बर्ष देखि समितिले होलि मिलन कार्यक्रम गर्दै आएको समितिले जनाए ।
यस बर्षको कार्यक्रम नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा रंग र अबिर लगाई एक आपसमा सुुभकामना आदान प्रदान गरेको छ ।
एकता र सदभावले संस्कार, संस्कृति र लोकपरम्परा संरक्षण हुने भएकोले पर्वको अवसरमा आयोजना गरेको कार्यक्रम सार्थक रहेको नगर उपप्रमुख थापाले बताउँनुु भयो । कार्यक्रममा बोल्दै उपप्रमुुख थापाले मिथिला समाजका समुदायहरु रामधुनी नगर विकासमा अथक भूमिका रहेको भन्दै नगर उपप्रमुख थापाले आफनो धारणा ब्यक्त गर्नुभयो ।


नगरमा मिथिला समुदाय १० हजारको जनसंख्यामा रहेको भएपनि राजनीतिक अधिकारमा पहुच पुुर्याउँन नसकेको उठान गर्नुभयो । यसका कारण दल तथा पार्टीमा एक जातिय सोच धारणा भएकोले मिथिला समुुदायलाई बाइपास गर्ने गरेको नगर समितिका अध्यक्ष रौनियारले कार्यक्रम मार्फत मिथिला समुदायको अवस्था बारे जानकारी दिनुुभयो ।


होलिका जस्तो गर्ने नाकारात्म सोचहरु समाजबाट दहन हुनुु पर्ने कार्यक्रममा बक्ताहरुले उठान गरेका छन् । आफुु गर्न नसक्ने तर अरुको बारेमा नभएका नाकारात्मक कुरा फैलाउने होलीका, पुतना जस्ता बिचार भएकाहरुलाई समाजबाट बहिष्कारगरी दहन गर्नुपर्ने बक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा जितेन्द्र नायक, श्यामकुुमारी साह, सुदिप अधिकारी, सुुरेश साह, पुर्णबहादुर श्रेष्ठ, चित्रबहादुर कार्की, इश्वर घिमिरे, राजकुमार साह, सिता थरुनी, रामकरण खड्गा, सोहन साहले आफनो धारणा राखेका थिए ।
कार्यक्रममा सभापतित्व मिथिला समाजका जेष्ठनागरिक घुरण ठाकुुरले गर्नु भएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष धमेन्द्र साहले गर्नुभयो भने कार्यक्रममा उद्घोषण राजु साहले गर्नुभएको थियो ।

अगाडिकाे पाेस्ट

महिला नेतृत्व क्षमता अभबिृद्धिका लागि रामधुनी ९ नं. वडा महिला समितिको उद्घोषण तालिम

अर्काे पाेस्ट

महिला सशक्तिकरणमा प्रोत्साहन गर्दै रामधुनी नगरमा मनाए ११३ औं अन्तराष्ट्रिय नारी दिवस

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft