मिति : २०८३ असोज ६ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

भूगोल बाहिरका फर्जी ठेगाना मतदाता भएको चुनाव तिन अध्यक्ष उमेदवार सहितको प्यानलद्धारा बहिष्कार

by By: रामधुनी खबर
चैत्र २०, २०७९
404

राख संवाददाता
झुम्का, चैत्र २० । झुम्का उद्योग बाणिज्य संघको आज चैत्र २० गते सोमवार हुने चुनाव तिन अध्यक्ष उमेदवार सहितको प्यानलद्धारा बहिष्कार गरेको छ । रामधुनी नगरको भूूगोल बाहिरको मतदाताको फर्जी ठेगाना लेखाएर गरिएको चुनाव धाँधली भएको र व्यापारी माथी राजनीतिकरण गर्न खोजिएको भन्दै पत्रकार सम्मेलनगरी बहिष्कार गरेका हुुन् ।
चुनावमा पाँच अध्यक्ष उमेदवार रहेकोमा तिन अध्यक्ष उमेदवार भरत कार्की, दुुर्गा फुुयाल र सन्दीप गौतम सहितको प्यानलले चुनाव बहिष्कार गर्दै चुनाव धाँधली र व्यापारी माथी राजनीतिकरण गरेको बताए ।


तिन अध्यक्ष उमेदवार सहितको हस्ताक्षर भएको प्रेश बिज्ञप्तीमा झुम्का उद्योग बाणिज्य संघको निर्वाचन गर्ने एक पक्षिय योजना भएकोले २०७९ चैत्र २० गते हुने भनिएको निर्वाचनमा भाग नलिने र सबै स्वाभिमानी न्यायका पक्षधर उद्योगी ब्यापारीहरुले सहभागी नहुन अनुरोध गरिएको छ ।
बिज्ञप्तीमा रामधुनी नगर बाहेकका बाहिरी ब्यापारीलाई पनि मतदाताको फर्जी ठेगाना लेखाएर मान्यता दिएकोले निर्वाचनमा धाँधली गरेको आरोेप रहेको छ । सम्मानित अदालतले निर्णय दिएको मितिले २४ घण्टा समय समेत नदिई एकलौटी घोषणा गरेको भन्दै बहिष्कार गरेको छ ।
निर्वाचन समिति प्रमुुख डिल्ली कार्कीले उमेदवारहरु संगको समन्वयमा समय निर्धारण गर्न अनुरोध गर्दा समेत हुकुुमी शैलीमा कुनै एक प्यानललाई जिताउँन दुरासायले निर्वाचन समय तोकिएकोले बहिष्कार गर्नु परेको बिज्ञप्तीमा उल्लेख रहेको छ ।
यसैगरी सबै अध्यक्ष उमेदवारहरुको सहमतिले निर्वाचन मिति तयगरी संचालन गर्न निर्वाचन समितिलाई निवेदन समेत दिएको छ ।
संघको चुनाव आज सोमवार मध्यान्ह १२ः१५ बजे देखि बेलुुका ०६ः१५ बजे सम्म हुने निर्वाचन समितिले सूूचना जारी गरिएको थियो । निर्वाचन कार्यतालिका अनुसार चैत्र १९ गते नै रहेको थियो ।
रामधुनी नगरको भूूगोल बाहिरका फर्जी ठेगाना भएका मतदाता रहेकोले धाँधली भएको भन्दै उच्च अदालत बिराटनगरमा रिट पर्दा निर्वाचन स्थगीत गर्न आदेश आएको थियो भने चैत्र १९ गते पेशी अनुसार रिटमा सुनुुवाई भएको थियो ।

अगाडिकाे पाेस्ट

झुुम्का उद्योग बाणिज्य संघको गरिमा र व्यापारिक पेशा सुरक्षाकालागि अध्यक्ष भरत कार्कीको प्यानल

अर्काे पाेस्ट

स्थानीय स्वास्थ्य प्रणालीलाई सुुदृढका लागि सुुनसरीका आठ पालिकामा विश्वास परियोजना संचालन

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft