मिति : २०८३ असोज ६ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

था.क.स.रामधुनी नगर कार्य समितिको जेष्ठ ५ गते प्रथम नगर अधिवेशनको तयारी

by By: रामधुनी खबर
जेठ ३, २०८०
446

राख संवाददाता
झुुम्का,जेष्ठ ३ । थारु समुदायको हकहितमा कार्य गर्ने संगठन थारु कल्याणकारिणी सभा (था.क.स.) रामधुनी नगर कार्य समितिको प्रथम नगर अधिवेशन हुने भएको छ । जानकी चौधरीको संयोजक्त्वमा गठन भएको तदर्थ समितिले यहि जेष्ठ ५ गते अधिवेशनका लागि तयारी पुरा भएको मंगलवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
साविक भासि, डुम्राहा, बक्लौरी र सिंगिया गाविस समन्वयगरी रामधुनी नगरपालिका भए अनुसार साविक गाविस स्तरीय समिति विगठन गरी थारु कल्याणकारिणी सभा नगर नयाँ कार्य समिति पुर्णताका लागि अधिवेशन गर्न लागेको तदर्थ समितिकी संयोजक जानकी चौधरीले जानकारी दिइन् ।


अधिवेशनमा ९ वटै वडा इकाई समितिबाट ४५ प्रतिनिधि, १८ पर्यवेक्षक सहभागी हुनेछन् । वडा इकाई समितिबाट आएको ४५ प्रतिनिधि र तदर्थ समितिको १२ सदस्यको मतदान अधिकार रहने जनाएको छ । अधिवेशनको खुल्ला सत्र पछि सोहि दिन नयाँ समिति गठनका लागि प्रकृया गर्ने समेत आयोजकले जानकारी दिएको छ । कार्यसमितिको कार्यअवधि ४ बर्षको हुने संशोधित विधानमा उल्लेख रहेको छ ।
राज्यको विभेदपूर्ण नीतिका कारण विभेदमा परेको थारु समुदाय अधिकारका लागि निरन्तर आन्दोलन गरिरहेकोले सो को लागि अडिग रह्न र नेतृत्व गर्न सक्ने सभापति सर्वसहमतिले चयनको प्रयास गर्ने संयोजक चौधरीले बताइन् ।
नगर अधिवेशनका लागि प्रत्येक वडामा वडा इकाई समिति गठन गरेको छ । सवैको सहकार्यमा सर्वसहमतिले थाकस वडा इकाई कार्य समिति गठन गरेको संयोजक चौधरीले जानकारी दिइन् ।
अधिवेशन जेष्ठ ५ गते रामधुनी वडा नं. ५ स्थित कलश ब्याक्युुट पार्टी प्यालेसमा हुने जनाएको छ । अधिवेशन भब्यता प्रदान गर्न प्रत्येक वडाबाट थारु पहिचानको झाँकी सहितको सहभागी रहने आयोजकले जाकारी दिएको छ ।


संगठनले सामाजिक सुधार, आर्थिक सुधार, शैक्षिक सुधार, सांस्कृतिक विकासमा प्रमुुख उधेश्य रहेको छ । नेपालको बहुुसंख्यक मूलवासीको रुपमा मेची देखि महाकाली सम्म फैलिएको थारु समाजमा रहेको कुुप्रथा, अज्ञान्ता, रुढि र सामाजिक विसंगतिहरु हटाउँन सामाजिक, आर्थिक, बौद्धिक चेतना जगाई राष्ट्रिय निर्माणमा समुचित भूमिका खेल्न सकोस भन्ने अभिप्रायले २००५ सालमा गठन भएको हो ।
पत्रकार सम्मेलनमा पूूर्व केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरी, पूर्व केन्द्रिय पार्षद केशीलाल चौधरी, जिल्ला कोषाध्यक्ष तारा चौधरीले थारु समुदायको पहिचान र अधिकारको सवालमा बोल्दै विधान अनुसार लोकतान्त्रिक विधिले नगर समिति गठन गर्ने भन्दै आफनो धारणा ब्यक्त गरेका हुन् ।
पत्रकार सम्मेलनमा स्वागत मन्तव्य पुर्णलाल चौधरीले गरेका थिए भने कार्यक्रम संचालन सह संयोजक सनम चौधरीले गरेकी थिइन् ।

अगाडिकाे पाेस्ट

‘थारु समुदायको राजनीतिक,आर्थिक,सामाजिक र शैक्षिक हैसियत कानूनमा लेखेर जान्छु’ : मेयर पौडेल

अर्काे पाेस्ट

लाल आयोग प्रतिवेदन सार्वजानिकको माग गर्दै झुम्कामा मसाल जुलूस प्रदर्शन

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft