राख संवाददाता
झुम्का, जेष्ठ ११ । रामधुनी नगर अन्तर्गत बालबिकास केन्द्रहरुमा शैक्षिक स्तर थप सुधारका लागि ‘प्रि–प्राइमरी टिचर्स तालिम’ दिएको छ । एजुकेशन द चिल्ड्रेन ई.टि.सी.नेपालको सहयोगमा सेभ द अर्थ सुनसरीले बालबिकासका शिक्षिकाहरुमा ‘प्रि–प्राइमरी टिचर्स तालिम’ दिएको हो ।
बालबालिकाहरुमा सिकाई उन्नती गर्दै शैक्षिक गुुणस्तरीय प्रदान गर्न १८ बालबिकास केन्द्रहरुका शिक्षिकाहरुमा चार दिन तालिम दिएको छ । रामधुनी नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा बुुधवार तालिम समापन गरिएको छ । सेभ द अर्थ सुनसरीको अध्यक्ष पुुष्प भट्टराईको सभापतित्वमा भएको समापन कार्यक्रममा सहभागीहरुले तालिम प्रदानले आ–आफनो वालविकास केन्द्रलाई शैक्षिक क्षेत्रमा उत्कृष्ट रुपले नमुनाको रुपमा विकास गर्ने बताएका छन् ।
सहभागी प्रशिक्षार्थी अम्बिका तामाङ्गले तालिममा खेल सामाग्री मार्फत बालबालिकाहरुमा पढ्न बानी विकास गर्न खेलौना बनाउँने, चित्रद्धारा कक्षा सजावट गर्ने, संगीतद्धारा अध्ययन अध्यापन गराउँने सिप प्राप्त गरेको बताइन् । यसले वालवालिकाहरुमा रमाउँदै खेल्दै पढ्न सक्ने र पढ्न रुचाउँने भएकोले शिक्षामा विकास हुने धारणा राखिन् ।
सहभागी शिक्षिका मन्जुु कार्कीले तालिमबाट सिकेका विधिहरु व्यवहारिक रुपले लागुुगरी वालविकास केन्द्रमा शैक्षिक सुधार गर्ने बताइन् । बालबालिकाहरु रमाउँदै खेल्दै शिक्षा प्रदान गर्नुु पर्ने हामी शिक्षिकाहरुमा सिप विकास भएकोले सोही अनुसार पठन पाठनगरी शिक्षा क्षेत्रमा परिवर्तन गर्ने शिक्षिका कार्कीले प्रतिबद्धता गरिन् ।
तालिम प्राप्तगरी थोरैमात्र प्रयास गर्ने हो भने वालविकास केन्द्रमा शैक्षिक स्तर बढ्ने ईटिसी नेपालका शिक्षा निर्दैशक लक्ष्मि भक्त वासुुकलाले तालिममा सहभागीहरुलाई सुुझाव प्रदान गरे । तालिममा चार दिन हिरा माया थामीले सहजिकरण गरेको सेभ द अर्थ सुनसरीका एकिकृत सामुुदायिक कार्यक्रम प्रमुख गोबिन्द कुमार चौधरीले जानकारी दिए । तालिममा शिक्षिकाहरु सकृय रुपले सहभागी भई चासोका साथ तालिम लिएको र सहभागीहरुलाई समापनमा शैक्षिक सामाग्री समेत उपलब्ध गराएको सामाजिक परिचालिका राधा चौधरीले जानकारी दिइन् ।
