संवाददाता चन्द्रकला चौधरी
झुुम्का,जेष्ठ १६ । अशोज कार्तिक महिना लागेपछि प्राय महोत्सव तथा मेला आयोजना गर्ने गरिन्छ । जेष्ठ असार लागे बर्षा, गर्मी, हावाहुरीको समयमा आट कमैले गरिन्छ । तथापी पनि रामधुनी नगरको पहिचानका लागि मौसमलाई चुनौती दिदै झुम्का बजारमा रामधुनी महोत्सव २०८० आयोजना गर्ने तयारी गरेको छ ।
रामधुनी युवा क्लवले जेष्ठ १९ गते देखि असार ५ गते सम्म रु ५० लाख खर्चको अनुुमान गर्दै महोत्सव आयोजना गर्न लागेको क्लवले पत्रकार सम्मेलनगरी सार्वजानिक गरेको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै महोत्सवमा बिभिन्न स्थानीय उत्पादन, व्यापारिक प्रवद्र्धन, प्राविधिक टेक्नोलोजि, जातिय परिकारहरुको स्टलहरु राखिने जनाएको छ ।
महोत्सवको आकर्षण बढाउँन प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाएको छ । महोत्सव बृहतरुपले गर्ने जनाउँदै दैनिक तिन हजार दर्शक तथा अनुुगमनका लागि सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।
महोत्सवले युवा नेतृत्व विकास, रामधुनी नगरको साँस्कृतिक पहिचान, पर्यटन प्रवद्र्धन, नगरको व्यवसायिक प्रवद्र्धन, रामधुनी मन्दिरको धार्मिक प्रवद्र्धन गर्न महोत्सवको मुख्य उधेश्य रहेको क्लवको अध्यक्ष होमकाजी राईले जानकारी दिए ।
रामधुनी नगरमा पनि रामधुनी क्लवको अस्तित्व रहेको र युवा नेतृत्व रहेको क्लव सहकार्य गरी नगर विकासमा भूमिका खेल्न सक्ने भएकोले झुम्कामा क्लवबाट प्रथम रामधुनी महोत्सव गर्न लागेको कल्वका लेखनाथ खतिवडाले जानकारी दिए ।
महोत्सवले रामधुनी नगरको विकास लगायत नगरका व्यापारीहरुमा व्यवसाय प्रवद्र्धन गर्न अवसर हुनेभएकोले यसमा स्थानीय सरकार, व्यापारी, राजनीतिज्ञ, बुद्धिजिवि, युवा, जेष्ठनागरिक, संघ संगठनहरुबाट सहयोगको अपेक्ष गरिएको सचिव रमेश घिमिरेले बताए । महोत्सवमा दर्शकहरुमा सहजताका लागि कडा सुुरक्षाको व्यवस्थापन गरेको महोत्सव संयोजक विनोद चौधरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
महोत्सव रामधुनी १ नं. वडा कार्यालयको छेउ बुधवार शनिवार लाग्ने साप्ताहिक हटिया नजिकै रहने छ भने सहकार्यमा रामधुनी नगरपालिका र व्यवस्थापनमा गौतम बुद्ध अमुजमेन्टको रहने आयोजकले जनाएको छ ।
सेतो गुराँस आधारभूत विद्यालयको अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम
रामधुनी खबर संवाददाताझुम्का,पौष १९ । श्री सेतो गुराँस नमुना वालवाटिका आधारभूत विद्यालय इटहरी–८ ले बिहिवार अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम सम्पन्न गरेकोे छ । विपन्न दलित...