मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्कामा व्यवसायिक प्रवद्र्धन गर्न जेष्ठ १९ गते देखि रामधुनी महोत्सव २०८० आयोजना गर्ने तयारी

by By: रामधुनी खबर
जेठ १६, २०८०
455

संवाददाता चन्द्रकला चौधरी
झुुम्का,जेष्ठ १६ । अशोज कार्तिक महिना लागेपछि प्राय महोत्सव तथा मेला आयोजना गर्ने गरिन्छ । जेष्ठ असार लागे बर्षा, गर्मी, हावाहुरीको समयमा आट कमैले गरिन्छ । तथापी पनि रामधुनी नगरको पहिचानका लागि मौसमलाई चुनौती दिदै झुम्का बजारमा रामधुनी महोत्सव २०८० आयोजना गर्ने तयारी गरेको छ ।
रामधुनी युवा क्लवले जेष्ठ १९ गते देखि असार ५ गते सम्म रु ५० लाख खर्चको अनुुमान गर्दै महोत्सव आयोजना गर्न लागेको क्लवले पत्रकार सम्मेलनगरी सार्वजानिक गरेको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै महोत्सवमा बिभिन्न स्थानीय उत्पादन, व्यापारिक प्रवद्र्धन, प्राविधिक टेक्नोलोजि, जातिय परिकारहरुको स्टलहरु राखिने जनाएको छ ।
महोत्सवको आकर्षण बढाउँन प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाएको छ । महोत्सव बृहतरुपले गर्ने जनाउँदै दैनिक तिन हजार दर्शक तथा अनुुगमनका लागि सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।
महोत्सवले युवा नेतृत्व विकास, रामधुनी नगरको साँस्कृतिक पहिचान, पर्यटन प्रवद्र्धन, नगरको व्यवसायिक प्रवद्र्धन, रामधुनी मन्दिरको धार्मिक प्रवद्र्धन गर्न महोत्सवको मुख्य उधेश्य रहेको क्लवको अध्यक्ष होमकाजी राईले जानकारी दिए ।
रामधुनी नगरमा पनि रामधुनी क्लवको अस्तित्व रहेको र युवा नेतृत्व रहेको क्लव सहकार्य गरी नगर विकासमा भूमिका खेल्न सक्ने भएकोले झुम्कामा क्लवबाट प्रथम रामधुनी महोत्सव गर्न लागेको कल्वका लेखनाथ खतिवडाले जानकारी दिए ।
महोत्सवले रामधुनी नगरको विकास लगायत नगरका व्यापारीहरुमा व्यवसाय प्रवद्र्धन गर्न अवसर हुनेभएकोले यसमा स्थानीय सरकार, व्यापारी, राजनीतिज्ञ, बुद्धिजिवि, युवा, जेष्ठनागरिक, संघ संगठनहरुबाट सहयोगको अपेक्ष गरिएको सचिव रमेश घिमिरेले बताए । महोत्सवमा दर्शकहरुमा सहजताका लागि कडा सुुरक्षाको व्यवस्थापन गरेको महोत्सव संयोजक विनोद चौधरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
महोत्सव रामधुनी १ नं. वडा कार्यालयको छेउ बुधवार शनिवार लाग्ने साप्ताहिक हटिया नजिकै रहने छ भने सहकार्यमा रामधुनी नगरपालिका र व्यवस्थापनमा गौतम बुद्ध अमुजमेन्टको रहने आयोजकले जनाएको छ ।

अगाडिकाे पाेस्ट

बालबिकास केन्द्रका शिक्षिकाहरुमा ‘प्रि–प्राइमरी टिचर्स ट्रेनिङ्ग’

अर्काे पाेस्ट

था.क.स.रामधुनी नगर समितिको नव निर्वाचित पदाधिकारीहरुलाई सपथ तथा पदस्थापन

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft