मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु मौलिक र परम्परागत बाद्यबाद्यन तथा पौराणिक गीत गायनका लागि पुस्तान्तरण तालिम उद्धघाटन

by By: रामधुनी खबर
जेठ २५, २०८०
345

राख संवाददाता
झुम्का, जेष्ठ २५ । आदिवासी थारु समुदायको मौलिक र परमपरागत रुपमा रहेको बाद्यबाद्यन झाइल, मृदंग तथा पौराणिक गीत गायनका लागि बिहिवार तालिम उद्धघाटन गरेकोे छ । सौनधामी ग्रामथान व्यवस्थापन समिति रामधुनी वडा नं. ३ को आयोजना तथा द राइजिङ्ग म्युजिकल एण्ड डान्स क्लवको समन्वयमा १५ दिने पुुस्तान्तरण तालिम उद्धघाटन गरेको हो ।
तालिम उद्धघाटन गर्दै रामधुनी नगरप्रमुख शंकरलाल चौधरीले मृदंग बजाएर प्रशिक्षार्थीमा हौसला प्रदान गर्नुभयो । मौलिक र परमपरागत साँस्कृतिक पक्षलाई उजागर गर्नका लागि नगरबाट नीति नियम र बजेट बिनियोजन गर्ने मेयर चौधरीले प्रतिबद्धता गर्नु भयो ।
इटहरी उपमहानगरपालिकाका उपमेयर संगिता चौधरीको समेत उपस्थिती रहेको थियो । उहाँले पौरणिक साँस्कृति कला अहिलेको पुस्ताले ग्रहण नगरे थारु समुदायको पहिचान हराएर जाने बताउँनुभयो । यसका लागि स्थानीय तहबाट सहयोग गर्ने र समुदाय समेत जुट्नुपर्ने इटहरी उपमहानगरका उपमेयर चौधरीले सुझाव ब्यक्त गर्नु भयो ।
रामधुनी नगर उपप्रमुख तारा थापाले थारु समुदायकै बस्तिमा हुुर्केको, पढे खेलेकोले संस्कार संस्कृतिबारे नजिकबाट परिचित रहेको भन्दै संरक्षण प्रवद्र्धनका लागि नगरपालिकाबाट साथ सहयोग रहने बताउँनु भयो । थारु समुदाय संस्कार प्रति जागरुक हुँदै गएको भन्दै यहाका कला संस्कृति नगरको सम्पतिको रुपमा समेत रहेकोले संरक्षणको दायित्व नगरपालिकाको रहेको उपमेयर थापाले धारणा ब्यक्त गर्नुभयो ।


थारु समुदायमा धार्मिक कार्य तथा शुभ कार्यमा मौलिक र परम्परागत बाद्यबाद्यन बजाउँने ऐतिहासिकता रहेको छ । बाद्यबाद्यन र पौराणिक गीत भने पश्चिमी संस्कारको प्रभावले अहिले लोप हुने अवस्था रहेको छ । समुदायको पहिचान समेत रहेको पौराणिक कला लोप हुने अवस्थाले चिन्तित भएर जागरुक थारु युवाहरु तालिम संचालन गरेको हो ।
तालिममा मौलिक र परमपरागत रुपमा रहेको बाद्यबाद्यन झाइल र मृदंग बजाउँन, झुमैर, चाचैर, बिरहैन, पराती गाउँन अभ्यास गराइने कार्यक्रम संयोजक सुनिल चौधरीले जानकारी दिए ।
तालिम उद्धघाटन कार्यक्रममा तालिमको उधेश्य बारेमा प्रस्ट्याउँदै थारु समुदायको जन्म देखि मृत्युसम्मको संस्कारमा प्रयोग हुने मौलिक र परमपरागत बाद्यबाद्यन लगायत पौराणिक गीत गाउँन छोडी सकेकोले नयाँ पुस्ताले भार थाम्नका लागि तालिम राखेको थारु महिला उत्थान समाजकी संस्थापक अध्यक्ष तथा ग्रामथान संरक्षण समितिकी सदस्य सिता थरुनीले जानकारी दिएकी हुन् ।

सौनधामि ग्रामथान ब्यवस्थापन समितिका अध्यक्ष वसन्त चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा थारु कल्याण कारिणी सभा (थाकस) जिल्ला कोषाध्यक्ष तारा चौधरी, पत्रकार धिरेन्द्र चौधरी, थाकस रामधुनी नगर सभापति राजकुमार चौधरी, थारु महिला उत्थान समाजकी अध्यक्ष आशा चौधरी, थारु महिला सभा रामधुनी नगर अध्सभापति लिलि चौधरी, थाकस रामधुनी १ नं. वडा सभापति सुनिता चौधरीले साँस्कृतिक पक्ष मौलिक रुपमै संरक्षण हुनुु पर्ने धारणा ब्यक्त गरेका थिए ।
तालिम घोङ्गही बगिया थारु भिलेज झुम्कामा भै रहेको आयोजकले जानकारी दिए भने तालिम १५ दिन बिहान ८ बजे देखि सुुरु हुने जनाएको छ ।

अगाडिकाे पाेस्ट

प्रथम रामधुनी महोत्सव संगीतमय बनाउँन सुक्रवार गायक शिव परियारले दर्जनौ चर्चित गीत प्रस्तुत गर्ने

अर्काे पाेस्ट

प्रथम रामधुनी महोत्सवमा आज शनिवार स्वरकी धनी चर्चित गायिका अनुु चौधरीको प्रस्तुती रहने

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft