मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सनेश कृषि सहकारीको निशुल्क औषधी सहयोगले तिन सय बाख्रा पालक किसान लाभान्वित

by By: रामधुनी खबर
जेठ २७, २०८०
401

राख संवाददाता
झुम्का, जेष्ठ २७ । सनेश कृषि सहकारी संस्था लि.ले शनिवार खसीबाख्राका लागि निशुल्क जुका नाम्ले र किर्नाको औषधी सहयोग गरेका छन् । प्राविधिक सहितको उपस्थितीमा खसीबाख्रामा लाग्ने रोग बिरुद्ध औषधी लगाउँदा तिन सय किसान लाभान्वित र उत्साहित भएका हुन् ।
किसानहरुमा उत्पादकत्व बृद्धि गर्न इटहरी उपमहानगरपालिको सहयोगमा बाख्रामा लाग्ने रोग बिरुद्ध औषधी बितरण गरेको सहकारीका अध्यक्ष राजदेव चौधरीले जानकारी दिए । औषधी लगाउँन इटहरी उपमहानगर वडा नं. १८ बडहरा गाउँका तिन सय बाख्रा पालक किसानले सेवा लिएका छन् । एकजना किसानले ५ वटा बाख्रामा औषधि लगाउँदा पन्ध्र सय खसीबाख्रामा औषधी सेवा पाएको अध्यक्ष चौधरीले जानकारी दिए ।
सो वडाका बाख्रापालन फर्मका किसानले समेत बाख्राहरुमा निशुल्क औषधी लगाएका छन् । २५ वटा बाख्रा पानल गर्दै आएका गोबिन्द चौधरीले बाख्रामा निशुल्क औषधी लगाउँन पाउँदा लागतमा बचत भएको बताए । किसानका समबन्धित सारोकार राख्ने संस्था सनेश कृषि सहकारीकोे सहयोगले किसानलाई प्रोत्साहन मिलेको भन्दै बाख्रा पालनमा आकर्षित हुने किसान चौधरीले बताए ।
बाख्रामा औषधी लगाउँन प्राविधिक मनिष कुमार कर्ण र सुरेन्द्र चौधरी रहेका थिए । बाख्राहरुमा औषधी लगाएपछि उत्पादन बढ्ने र किसानले फाइदा लिई आत्मनिर्भर बन्न सक्ने प्राविधिक कर्णले बताए ।
प्राविधिक कर्णका अनुसार बाख्राको उत्पादन क्षमतामा जीवाणु विषाणु बाहेक परजीवि जनित रोग व्याधीको अत्याधिक प्रभाव पर्दछ । परजीवी जनित रोग व्याधीहरु मध्ये खसीबाख्राको पेटमा पाइने जुका नाम्लेका कारण भोक कम लाग्ने, एनीमियाँ, पोषक तत्वको कमीले गर्दा उत्पादनमा कमी प्रजनन क्षमतामा ह्रास एवं समायानुसार उपचार नपाए मृत्यु समेत हुने गर्दछ । जसको कारण खसीबाख्रा पालकहरुलाई क्षति हुने गरेको प्राविधिक कर्णले बताए । तसर्थ खसीबाख्रामा भित्रि परजीवि नाम्ले जुका र बाहिर परजीवि किर्ना नासका लागि समयमा औषधि लगाउँनुपर्ने भएको सकहकारीले निशुल्क औषधि सहयोग गरेको बताए ।

अगाडिकाे पाेस्ट

प्रथम रामधुनी महोत्सवमा आज शनिवार स्वरकी धनी चर्चित गायिका अनुु चौधरीको प्रस्तुती रहने

अर्काे पाेस्ट

था.क.स.रामधुनी नगर समितिको नेतृत्वमा झुम्का बजार सरसफाई

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft