मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सनेश कृषि सहकारीको निशुल्क औषधी सहयोगले तिन सय बाख्रा पालक किसान लाभान्वित

by By: रामधुनी खबर
जेठ २७, २०८०
397

राख संवाददाता
झुम्का, जेष्ठ २७ । सनेश कृषि सहकारी संस्था लि.ले शनिवार खसीबाख्राका लागि निशुल्क जुका नाम्ले र किर्नाको औषधी सहयोग गरेका छन् । प्राविधिक सहितको उपस्थितीमा खसीबाख्रामा लाग्ने रोग बिरुद्ध औषधी लगाउँदा तिन सय किसान लाभान्वित र उत्साहित भएका हुन् ।
किसानहरुमा उत्पादकत्व बृद्धि गर्न इटहरी उपमहानगरपालिको सहयोगमा बाख्रामा लाग्ने रोग बिरुद्ध औषधी बितरण गरेको सहकारीका अध्यक्ष राजदेव चौधरीले जानकारी दिए । औषधी लगाउँन इटहरी उपमहानगर वडा नं. १८ बडहरा गाउँका तिन सय बाख्रा पालक किसानले सेवा लिएका छन् । एकजना किसानले ५ वटा बाख्रामा औषधि लगाउँदा पन्ध्र सय खसीबाख्रामा औषधी सेवा पाएको अध्यक्ष चौधरीले जानकारी दिए ।
सो वडाका बाख्रापालन फर्मका किसानले समेत बाख्राहरुमा निशुल्क औषधी लगाएका छन् । २५ वटा बाख्रा पानल गर्दै आएका गोबिन्द चौधरीले बाख्रामा निशुल्क औषधी लगाउँन पाउँदा लागतमा बचत भएको बताए । किसानका समबन्धित सारोकार राख्ने संस्था सनेश कृषि सहकारीकोे सहयोगले किसानलाई प्रोत्साहन मिलेको भन्दै बाख्रा पालनमा आकर्षित हुने किसान चौधरीले बताए ।
बाख्रामा औषधी लगाउँन प्राविधिक मनिष कुमार कर्ण र सुरेन्द्र चौधरी रहेका थिए । बाख्राहरुमा औषधी लगाएपछि उत्पादन बढ्ने र किसानले फाइदा लिई आत्मनिर्भर बन्न सक्ने प्राविधिक कर्णले बताए ।
प्राविधिक कर्णका अनुसार बाख्राको उत्पादन क्षमतामा जीवाणु विषाणु बाहेक परजीवि जनित रोग व्याधीको अत्याधिक प्रभाव पर्दछ । परजीवी जनित रोग व्याधीहरु मध्ये खसीबाख्राको पेटमा पाइने जुका नाम्लेका कारण भोक कम लाग्ने, एनीमियाँ, पोषक तत्वको कमीले गर्दा उत्पादनमा कमी प्रजनन क्षमतामा ह्रास एवं समायानुसार उपचार नपाए मृत्यु समेत हुने गर्दछ । जसको कारण खसीबाख्रा पालकहरुलाई क्षति हुने गरेको प्राविधिक कर्णले बताए । तसर्थ खसीबाख्रामा भित्रि परजीवि नाम्ले जुका र बाहिर परजीवि किर्ना नासका लागि समयमा औषधि लगाउँनुपर्ने भएको सकहकारीले निशुल्क औषधि सहयोग गरेको बताए ।

अगाडिकाे पाेस्ट

प्रथम रामधुनी महोत्सवमा आज शनिवार स्वरकी धनी चर्चित गायिका अनुु चौधरीको प्रस्तुती रहने

अर्काे पाेस्ट

था.क.स.रामधुनी नगर समितिको नेतृत्वमा झुम्का बजार सरसफाई

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft